NEPAL

বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ
कोरियाली भाषा दक्षता परिक्षण (ईपीएस–केएलटी)
परिक्षामा सहभागी हुनुपर्ने आवश्यक व्यक्तिहरु
- गैर–व्यवसायिक रोजगार (ई–9) अन्तर्गत गणतन्त्र कोरियाको रोजगारमा ईच्छुक विदेशी कामदारले सम्बन्धित व्यक्तिको स्वदेशमा सञ्चालन गरिएको कोरियाली भाषा दक्षता परिक्षण उत्तिर्ण गर्नुपर्नेछ (विदेशी कामदारको रोजगार ऐनको धारा 7 (2)‚ आदि)
- वर्किङ भिजिट (एच–2) हैसियतका विदेशी कामदारहरु जलाई विशेष रोजगारका लागि अनुमित दिईएको छ‚ उनीहरुले कोरियाली भाषा दक्षता परिक्षा उत्तिर्ण गर्नुपर्दैन ।
- तीन वर्षे रोजगार अवधी समाप्त भएपछि गणतन्त्र कोरिया छाडेका तर 6 महिनापछि फेरी देशमा रोजगारका लागि आउन चाहने विदेशी कामदारहरुले कोरियाली भाषा दक्षता परिक्षामा फेरी उत्तिर्ण हुनुपर्नेछ ।
परिक्षा लिनलाई योग्यता
- कोरयाली भाषा दक्षता परिक्षामा सहभागी हुनलाई निम्न लिखित शर्तहरु पूरा गर्नुपर्नेछ ।:
√ परिक्षामा सहभागी हुने व्यक्तिको उमेर 18 देखि 39 वर्ष सम्म हुनुपर्नेछ;
√ बाध्यकारी श्रमरिहत जेल सजाय वा अन्य कुनै पनि कडा आपराधिक सजाय कहिले पनि नपाएका सम्बन्धित व्यक्तिले ;
√ गणतन्त्र कोरियाबाट कहिले पनि देश निकाला नगरिएका वा देश छाड्न आदेश नदिईएका व्यक्ति; र
√ स्वदेश छाड्न सम्बन्धित व्यक्तिलाई कुनै प्रकारको बन्देज हुनु हुँदैन (अयोग्य हुने परिस्थितीहरु)
कोरियाली भाषा दक्षता परिक्षाको सञ्चालन
- कोरयाली भाषा दक्षता परिक्षा कम्तिमा वर्षको एक पटक सञ्चालन गर्नुपर्नेछ । सिद्धान्तत: परिक्षा लिखित बहु–वैकल्पिक प्रश्नावलीका आधारमा लिईनेछ‚ तर छोटा लिखित प्रश्नहरु समावेन हुनसक्छन् (विदेशी कामदारको रोजगार ऐनको कार्यान्वयन आज्ञाको धारा 13 (3)‚ आदि)
※ थप विवरणका लागि‚ मानव संशाधन विकास सेवा‚ कोरियाको वेबपेजको विदेशी जनशक्ति रोजगार खण्ड हेर्नुहोस् (http://www.hrdkorea.or.kr).