चार वैधानिक सामाजिक बीमा योजनाको ग्राहक बन्ने सम्बन्धमा (औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा‚ राष्ट्रिय स्वास्थ्य बीमा‚ रोजगार बीमा‚ र राष्ट्रिय पेन्शन)
औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा (स्वत: लागु हुने)
- औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा कोरियाली वा विदेशी कामदारलाई रोजगार दिने सबै व्यवसाय वा कार्यस्थलको हमा लागु हुनेछ । यद्यपि‚ तल उल्लिखित कुनै पनि व्यवसायमा उक्त व्यवस्था कार्यान्वयन हुने छैन (औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा ऐनको धारा 6 र औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा ऐनको कार्यान्वयन आज्ञाको धारा 2):
1. नामपत्रको उद्देश्य प्रकोप क्षतिपूर्ति नागरिक सेवा दुर्घटना क्षतिपूर्ति ऐन वा सैनिक क्षतिपूर्ति ऐन अन्तर्गत कार्यान्वयन गरिएको (बाँचेकाहरूको फाइदाहरूसँग सम्बन्धित नियमहरू वा बचेकाहरूको लागि खतरनाक पेशागत लाभहरू आवेदन गर्दै केसहरू समावेश गर्दैन जो कर्तव्यको समयमा मरेका थिए)l
2.समुद्री जहाज ऐन मछुवा र माछा मार्ने दुर्घटना क्षतिपूर्ति बीमामा ऐन वा "निजी विद्यालय शिक्षक र कर्मचारी लागि निवृत्तिभरण ऐन" अन्तर्गत दैविक आपतकालिन क्षतिपूर्ति।
3. घरेलु काम गर्ने रोजगार
4. কৃষি, বনায়ন (গাছ কাটা বাদে), মৎস্যচাষ অথবা শিকারের ব্যবসা পরিচালনাকারী কোনো ব্যক্তি যিনি কোনো কর্পোরেশন নন এবং যেখানে 5 জনের কম নিয়মিত কর্মী কাজ করে।
राष्ट्रिय स्वास्थ्य बीमा (स्वत: लागु हुने)
- अध्यागमन ऐन अनुसार विदेशी पञ्जीकरण पूरा गरेका गैर–व्यावसायिक रोजगार (ई–9) वा वर्किङ भिजिट (एच–2) हैसियत भएका विदेशी कामदारहरु राष्ट्रिय स्वास्थ्य बीमा ऐन अधिनस्थ हुनेछन् (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 109 (2)‚ राष्ट्रिय स्वास्थ्य बीमा ऐनको कार्यान्वयन आज्ञाको धारा 76.2 (2) र विदेशी कामदारहरुको रोजगारको धारा 14)
- सोही अनुसार‚ विदेशी कामदारले रोजगार शुरु भएको चौध दिनभित्र रोजगारदाताले बीमित व्यक्तिको योग्यता पाएको तथ्य राष्ट्रिय स्वास्थ्य बीमा संस्थानलाई सूचित गराउनुपर्नेछ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 8 (2))
रोजगार बीमा (ऐच्छिक ग्राहक)
- राष्ट्रिय स्वास्थ्य बीमा ऐन अनुसारको रोजगार बीमा कामदारलाई रोजगारी दिने सबै व्यवसाय वा कार्यस्थललाई लागु हुनेछ । यद्यपि‚ तल उल्लेखित कुनै पनि व्यवसाय सो को कार्यान्वयनबाट बन्चित गरिनेछ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 8 (1) र रोजगार बीमा अधिनियम को प्रवर्तन डिक्री को धारा 2):
1. चार वा सोभन्दा कम कामदार लगाएर एक व्यक्तिले सञ्चालन गरेको कृषि‚ वन वा मत्स्य व्यवसाय;
2. निर्माण व्यवसायी‚ आवास बिल्डर‚ बिल्डर‚ सूचना र सञ्चार बिल्डर‚ अग्नि नियन्त्रक प्रणाली सञ्चालक वा साँस्कृतिक सम्पदा मर्मत गर्ने जो निम्न अनर्तगर्त पर्दछन् : (1) 2 करोड कोरियाली वोन भन्दा कम लागतमा काम गर्ने वा (2) कुल क्षेत्रफल 100 वर्ग मिटरभन्दा बढी नहुने भवनको निमार्ण वा कुल क्षेत्रफल 200 वर्ग मिटरभन्दा बढी नहुने ठूलो परिमाणको भवनको पुनर्संरचना; वा
3. अन्यथा वर्गीकरण नगरिएका घरेलु काम वा स्वयं उपभोग वा उत्पादन गतिविधीभित्र पर्ने रोजगार गतिविधी जसलाई;
- गैर–व्यावसायिक रोजगार (ई–9) वा वर्किङ भिजि6 (एच–2) हैसियत भएका विदेशी कामदारहरु उनीहरुको आवेदनको आधारमा रोजगार बीमा ऐन अन्तर्गत बीमित हुन्छन् । त्यसैले‚ रोजगार बीमा गराउन चाहने विदेशी कामदारहरुका रोजगारदाताले आफ्नो व्यवसायमाथि विशेषाधिकार भएको सम्बन्धित रोजगार सुरक्षा केन्द्रका प्रमुख समक्ष रोजगार बीमाको ग्राहक बन्नलाई एउटा आवेदन दिनेछन् (रोजगार बीमा ऐनको धारा 10–2 खण्ड 1‚ रोजगार बीमा ऐनको कार्यान्वयन आज्ञाको धारा 3 (3)– उपखण्ड 2 को (ख) र रोजगार बीमा ऐनको कार्यान्वयन नियमको धारा 2 (1))
- विदेशी कामदारको रोजगार शुरु भएको महिनाको पन्ध्र दिन ननाघ्ने गरी (योग्यता ग्रहण गरेको मिति) तुरुन्तै विदेशी कामदार बीमित भएको तथ्य सम्बन्धित क्षेत्रिय रोजगार र श्रम कार्यालको प्रमुखलाई रोजगारदाताले सूचित गराउनु पर्नेछ (रोजगार बीमा ऐनको धारा 15 (1) र रोजगार बीमा ऐनको कार्यान्वयन आज्ञाको धारा 7 (1)
राष्ट्रिय पेन्शन (परस्परको सिद्धान्त)
- परस्परको सिद्धान्त अनुसार‚ राष्ट्रिय पेन्शन ऐन अन्तर्गतको राष्ट्रिय पेन्शन कोरियाली नागरिकको पेन्शन समान कुनै विदेशी कामदारको देशमा कोरियाली नागरिकलाई लागु हुने सन्दर्भको हदसम्म मात्रै लागु हुनेछ (राष्ट्रिय पेन्शन ऐनको धारा 126 (1) को व्यवस्था अनुसार)
- सिद्धान्त अनुसार‚ राष्ट्रिय पेन्शन ऐन अन्तर्गत एकमुष्ट पुनर्भुक्तानी पनि परस्परको सिद्धान्त अनुसार लागु हुनुपर्दछ । यद्यपि‚ त्यस्तो एकमुष्ट पुनर्भुक्तानी कोरियाली कामदारलाई उनीहरुको देशको कानुन अन्तर्गत समान सुविधा भुक्तान गरे वा नगरे पनि‚ एकमुष्ट पुनर्भुक्तानी सम्बन्धी यस्को व्यवस्था गैर–आवासिय रोजगार (ई–9) वा वर्किङ भिजिट (एच–2) भिसा वाहक विदेशी कामदारहरुको हकमा लागु हुनेछ (राष्ट्रिय पेन्शन ऐनको धारा 126 (4)–2)
विदेशी कामदारको रोजगार ऐन‚ आदि अन्तर्गत बीमाको ग्राहक बन्ने सम्बन्धमा (डिपार्चर ग्यारेन्टी ईन्सुरेन्स/ट्रष्ट र ओभरडिउ वेज पेमेन्ट ग्यारेन्टी ईन्सुरेन्स)
डिपार्चर ग्यारेन्टी ईन्सुरेन्स/ट्रष्ट
- यो विदेशी कामदारको [गैर–व्यावसायिक रोजगार (ई–9) वा वर्किङ भिजिट हैसियत] रोजगारदाताले लिनुपर्ने बीमा वा ट्रष्ट योजनासँग सम्बन्धित छ । विदेशी कामदार लाभान्वित वा बीमित मनोनित हुनेछ‚ र योजनाले विदेशी कामदारको देशबाट प्रस्थान लगायतका घटनामा अवकाश लाभहरुको भुक्तान सुनिश्चित गर्नेछ । डिपार्चर ग्यारेन्टी ईन्सुरेन्स‚ आदिको ग्राहक बनेका रोजगारदाताले सम्बन्धित विदेशी कामदारलाई भिन्दै अवकाश लाभ दिन आवश्यक छैन (विदेशी कामदारको रोजगार ऐनको धारा 13 (2)‚ आदि) । यद्यपि‚ यदि डिपार्चर ग्यारेन्टी ईन्सुरेन्स योजना‚ आदि अन्तर्गत भुक्तान गरिएको एकमुष्ट रकम ईम्प्ल्वाई बेनिफिट सेक्युरिटी ऐन अन्तर्गतको अवकाश लाभको रकमभन्दा कम भए‚ फरक पर्ने रकम सम्बन्धित विदेशी कामदारलाई भुक्तान गर्नुपर्नेछ (विदेशी कामदारको रोजगार ऐनको कार्यान्वयन आज्ञाको धारा 21 (3)‚ आदि)
- रोजगार अवधी एक वर्ष वा बढी बाँकी भएका पाँच वा बढी विदेशी कामदारलाई रोजगारी दिएर व्यवसाय वा व्यावसायिक स्थल सञ्चालन गर्ने कुनै रोजगारदाताले विदेशी कामदार बीमित वा लाभान्वित भएको कुनै बीमा योना वा ट्रष्ट डिड खरिद गर्नुपर्नेछ । वर्किङ भिजि6 (एच–2) भिसा भएका विदेशी कामदारलाई रोजगारी दिएर निर्माण व्यवसाय सञ्चालन गर्ने कुनै रोजगारदाता यो योजनामा पर्ने छैनन् (विदेशी कामदारको रोजगार ऐनको धारा 13 (1) आदि र विदेशी कामदारको रोजगार ऐनको कार्यान्वयन आज्ञाको धारा 21 (1)
- गणतन्त्र कोरियामा कम्तिमा एक वर्ष निरन्तर सेवा गरेको‚ बीमित (अस्थायी रूपमा कोरिया छोड्ने बाहेक) कोरिया छोडेमा, मृत्यु भएमा वा उसको/उनको अस्थायी निवासको स्थिति परिवर्तन भएमा आदि वा सम्बन्धित व्यक्तिको प्रवास हैसियत परिवर्तन भए‚ डिपार्चर ग्यारेन्टी‚ आदिको बीमा नीति व्यवस्थापन गर्ने आर्थिक संस्था विरुद्ध जम्मा भएको रकम यद्यपि एकमुष्ट दाबी गर्न सकिनेछ । (विदेशी कामदारको रोजगार ऐनको कार्यान्वयन आज्ञाको धारा 21 (2)–2 को मुख्य अंश)
- यद्यपि‚ बीमित व्यक्ति‚ आदि को सेवा अवधी एक वर्षभन्दा कम भए‚ एकमुष्ट भुक्तानी रोजगारदातालाई फर्काईनेछ (विदेशी कामदारको रोजगार ऐनको कार्यान्वयन आज्ञाको धारा 21 (2)–2 को व्यवस्था)
※ डिपार्चर ग्यारेन्टी ईन्सुरेन्स/ट्रष्टको ग्राहक नबन्ने रोजगारदातालाई सजाय वापत 50 लाख कोरियाली वोनसम्मको जरिवाना गरिनेछ (विदेशी कामदारको रोजगार ऐनको धारा 30–1)
ओभरडिउ वेज पेमेन्ट ग्यारेन्टी ईन्सुरेन्स
- यो कुनै विदेशी कामदारलाई [गैर–व्यावसायिक रोजगार (ई–9) वा वर्किङ भिजिट (एच–2) हैसियत भएकाहरु] बीमित बनाई गरिने बीमा योजनासँग सम्बन्धित 5 ।
- (1) वेज क्लेम ग्यारेन्टी एक्ट वा (2) 300 जना नियमित कामदारभन्दा कम कर्मचारी भएको कुनै व्यवसाय वा कार्यस्थल सञ्चालन गरिरहेका रोजगारदाताले यो बीमा गराउनु पर्नेछ । यद्यपि‚ वर्किङ भिजिट (एच–2) हैसियतका विदेशी कामदारलाई निर्माण उद्योगका कुनै पनि रोजगारदाताले यसो गर्नुपर्दैन (विदेशी कामदारको रोजगार ऐनको धारा 23 (1)‚ आदि र विदेशी कामदारको रोजगार ऐनको कार्यान्वयन आज्ञाको धारन 27 (1)‚ आदि) ।
※ कुन व्यवसाय वा कार्यस्थललाई वेज क्लेम ग्यारेन्टी एक्ट लागु हुँदैन? (वेज क्लेम ग्यारेन्टी एक्टको धाराना 3 को व्यवस्था‚ औद्योगकि दुर्घटना क्षतिपूर्ति बीमा ऐनको धारा 6 र औद्योगकि दुर्घटना क्षतिपूर्ति बीमा ऐनको कार्यान्वयन आज्ञाको धारा 2 (1) :
1. सरकारी अधिकारीको दुर्घटना क्षतिपूर्ति ऐन वा मिलिटरि कर्मचारीको दुर्घटना क्षतिपूर्ति ऐनको अनुरूप दुर्घटना क्षतिपूर्ती परियोजना अन्तर्गत समाविष्ट हुनको लागि योग्य यद्यपि, (बाँचेकाहरूको फाइदाहरूसँग सम्बन्धित नियमहरू वा बचेकाहरूको लागि खतरनाक पेशागत लाभहरू आवेदन गर्दै केसहरू समावेश गर्दैन जो कर्तव्यको समयमा मरेका थिए)l
2. नाविक ऐन‚ माछा मार्ने जहाज र तिनका क्रयु सदस्यहरुको दुर्घटना क्षतिपूर्ति बीमा सम्बन्धी ऐन‚ वा नीजि विद्यालयका शिक्षक र स्टाफ पेन्शन ऐन;
3. घरभित्र रोजगार गतिविधिहरु;
4. निगम नभएको कुनै व्यक्तिले सञ्चालन गरेको कृषि‚ वन (काठ काट्ने बाहेकका उद्योग)‚ मत्स्य‚ वा शिकार व्यवसाय जहाँ पाँच नियमित कामदारभन्दा थोरै कर्मचारी कार्यरत छन् ।
- कुनै रोजगारदाताले पारश्रमिक भुक्तानी नगरे ‚ सम्बन्धित विदेशी कामदारले बीमाको ग्यारेन्टी गर्ने बीमा गर्ने व्यक्ति वा संस्थालाई बीमा सुविधा भुक्तान गर्न अनुरोध गर्न सक्नेछ (विदेशी कामदारको रोजगार ऐनको कार्यान्वयन आज्ञाको धारा 27 (2)–3‚ आदि) ।
※ बीमा ग्यारेन्टी नगर्ने रोजगारदातालाई 50 लाख कोरियाली वोनको जरिवाना गराईनेछ (विदेशी कामदारको रोजगार ऐनको कार्यान्वयन आज्ञाको धारा 30–2) ।