NEPAL

বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ
गैर–व्यावसायिक रोजगार (ई–9) हैसियत भएका विदेशी कामदारहरुलाई काममा लगाउन
कार्य रोजगार केन्द्रले तल उल्लेखित सबै आवश्यकताहरु (विदेशी कामदारको रोजगार ऐन‚ आदि को धारा 8 (3) र विदेशी कामदारको रोजगार ऐन‚ आदि को कार्यान्वयन आज्ञाको धारा 13.4) पूरा गरे मात्रै कुनै रोजगार केन्द्रले गैर–व्यावसायिक रोजगार (ई–9) हैसियत भएका कुनै विदेशी कामदारलाई रोजगारमा राख्न ईच्छुक रोजगारदातालाई कुनै विदेशी कामदार सिफारिश गर्न पाउनेछ:
1. विदेशी जनशक्ति नीति समितीले निर्धारण गरे अनुसार विदेशी कामदार ल्याउन मिल्ने कुनै व्यवसाय अन्तर्गत वा कुनै व्यवसाय वा कार्यस्थल अन्तर्गत पर्ने पद सम्बन्धी;
2. रोजगार सुरक्षा केन्द्रको सन्दर्भमा‚ रोजगारदाताले कोरियाली नागरिकलाई काममा राख्न कम्तिमा एउटा बाध्यकारी अवधीसम्म (विदेशि कामदारको रोजगार ऐन‚ आदिको कार्यान्वयन नियमको धारा 5.2) प्रयास गरे पनि सबै वा केही स्थानमा मात्रै कोरियाली नागरिकलाई काममा राख्न सफल भए । यद्यपि‚ बिना उचित कारण‚ कुनै रोजगार सुरक्षा केन्द्रले परिचय गराएका कोरियाली नागरिकहरुलाई दुई वा सोभन्दा बढी पटक काममा लगाउन अस्विकार गरेका रोजगारदाताहरुलाई यो लागु हुने छैन ।;
3. रोजगार अनुमति जारी गर्न कोरियाली नागरिकहरुको सिफारिश पाउन आवेदन दिएको कम्तिमा दुई महिना अघिको आरम्भ दौरान रोजगार समायोजन अन्तर्गत कुनै कोरियाली नागरिक कामदारलाई कामबाट बर्खास्त नगिरएमा;
4. रोजगार अनुमति जारी गर्न कोरियाली नागरिकहरुको सिफारिश पाउन आवेदन दिएको कम्तिमा दुई महिना अघि नै पारिश्रमिक दिन रोजगारदाता असक्षम नभएमा;
5. रोजगार बीमा ऐन र औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा ऐन अन्तर्गत कुनै व्यावसायिक वा कार्यस्थलको मामिलामा रोजगारदाता रोजगार बीमा र औद्योगिक दुर्घटना बीमा योजनाको ग्राहक भएमा; र
6. यदि‚ विदेशी कामदार राखेर कुनै व्यवसाय वा कार्यस्थल सञ्चालन गर्ने‚ रोजगारदाताले डिपार्चर ग्यारेन्टी ईन्सुरेन्स वा ट्रस्ट र ओभरडिउ वेज पेमेन्ट ग्यारेन्टी ईन्सुरेन्सबाट ती विदेशी कामदारहरुका लागि भुक्तान सुरक्षित गरेमा । यद्यपि‚ यो व्यवस्था ग्यारेन्टी बीमाको ग्राहक बन्न बाध्य रोजगारदातालाई मात्रै लागु हुनेछ ।.