NEPAL

বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ
विदेशी कामदारको रोजगार‚ आदि अन्तर्गत विदेशी कामदारको रोजगार
गैर–व्यावसायिक रोजगार (ई–9) हैसियत भएका विदेशी कामदारहरुका लागि रोजगार अनुमति प्रणाली
- यो रोजगार अनुमति प्रणालीले आवश्यक कामदार आन्तरिक रुपमा राख्न असफल कोरियाली कम्पनीहरुलाई गैर–व्यावसायिक रोजगार (ई–9) भिसा भएका विदेशी कामदारहरुलाई सरकारबाट सम्बन्धित अनुमति लिएपछि (विदेशी कामदारको रोजगार‚ आदि ऐनको धारा 8) काममा राख्ने अनुमति दिन्छ ।
- गणतन्त्र कोरियासँग कामदार पठाउने सम्झौतामा हस्ताक्षर गरेको देशका विदेशी कामदारहरुले देशमा रोजगारका लागि योग्य हुन गर्नुपर्ने : (1) कोरियाली भाषा दक्षता परिक्षा उत्तिर्ण गर्ने; (2) रोजगार खोजीरहेका विदेशीहरुको सूचीमा पञ्जीकृत हुने; (3) रोजगार सम्झौतामा हस्ताक्षर गर्ने; (4) भिसा जारी गरिएको हुनुपर्ने; (5) देश प्रवेश गर्ने; (6) विदेशी पञ्जीकरण पूरा गर्ने; र (7) विदेशीहरुका लागि व्यावसायिक तालिम पूरा गर्ने आदि
वर्किङ भिजिट (ए–2) हैसियत भएका कामदारहरुलाई असाधारण अनुमति रोजगार प्रमाणिकरण प्रणाली
- घरेलु कामदार पाउन असफद्य कोरियाली कम्पनीहरुले (निर्माण‚ सेवा‚ उत्पादन‚ कृषि‚ वा मत्स्यपालन उद्योगमा निश्चित आकार भएका कम्पनीमा सिमीत)‚ तीन वर्षका लागि‚ उपलब्ध कोटा अन्तर्गत (विदेशी कामदारहरुको रोजगार‚ आदिको धारा 12) विदेशी नागरिकता र वर्किङ भिजिट (एच–2) हैसियत भएका कोरियाली जातियताहरुलाई काममा राख्न सरकार समक्ष असाधारण अनुमति रोजगार प्रमाणिकरण प्रणालीका लागि आवेदन दिन सक्नेछन् ।
- वर्किङ भिजिट (एच–2) हैसियत भएका विदेशी कामदारहरुले (1) विदेशी कामदारहरुका लागि व्यावसायिक तालिम पूरा गरेपछि; (2) रोजगारको खोजीका लागि निवेदन दिने; (3) रोजगारको खोजीमा रहेका विदेशीहरुको सूचीमा पञ्जीकरण गर्ने; र (4) रोजगार सम्झौतामा हस्ताक्षर गर्ने प्रकृया पूरा गरी गणतन्त्र कोरियामा रोजगारी दिन सकिन्छ ।