NEPAL

भिसा, पासपोर्ट
गणतन्त्र कोरियाको पासपोर्टको अवधारणा
पासपोर्ट भनेको के हो?
- “पासपोर्ट” शब्द भनेको धारक बिदेशमा हुँदा धारकसँग कोरियालीराष्ट्रियता छ भनी प्रमाणित गर्ने एकमात्र पहिचान कार्ड हो 2008 देखि, धारकको फोटो, नाम र अन्य जानकारी हुने अन्तर-निर्मित विद्युतीय चिपहरूभएको इ-पासपोर्टहरू परिष्कृत सुरक्षाका लागि जारी गरिएको छ (स्रोत: पराष्ट्रमन्त्रालय (MOFA) को पासपोर्टसम्बन्धी जानकारी- समाचार-पासपोर्ट कथाहरू हेर्नुहोस्)।
यात्राको प्रमाणपत्र
- "यात्राको प्रमाणपत्र" भनेको निम्नलिखित मध्ये कुनै पनि कोटिमा पर्ने व्यक्तिलाई पासपोर्टको सट्टामा जारी गरिएको गन्तव्य स्थान उल्लिखित कागजात हो (पासपोर्ट ऐनको धारा 14(1); पासपोर्ट ऐनको प्रवर्तन विधानको धारा 16)।
· प्रस्थान गर्ने व्यक्तिसँग कुनै पनि देशको नागरिकता छैन
· विदेशमा धर्मपुत्र/धर्मपुत्रीको रूपमा ग्रहण गरिएको व्यक्ति
· अन्तर-कोरिया आदान-प्रदान तथा सहयोग ऐनको धारा 10 अन्तर्गत यात्राको प्रमाणपत्र धारण गर्नुपर्ने तथा विदेश मामिला तथा व्यापार मन्त्रालयले यात्राको प्रमाणपत्र जारी गर्न आवश्यक ठानेको व्यक्ति
· विदेशमा रहेका वा विदेश निवासीहरू मध्ये उनीहरूको जारी गरिएको राहदानीलाई अस्वीकार गरिएको वा प्रतिबन्ध लगाइएको हुनाले वा वैदेशिक राष्ट्रबाट बलपूर्वक निकालिएको हुनाले आफ्नो घर फर्कनका लागि यात्राको प्रमाणपत्र जारी गर्न आवश्यक भएका व्यक्तिहरू
· अध्यागमन नियन्त्रण ऐनको धारा 46 अन्तर्गत गणतन्त्र कोरियाबाट स्वदेश फिर्ता पठाउन अनिवार्य भएको र निजको मूल देशको पासपोर्ट वा पासपोर्ट सरह अन्य कागजात प्राप्त गर्न नसकिने विदेशी नागरिक
· माथि उल्लिखित जस्तै अवस्थामा भएको व्यक्ति जसलाई विदेश मामिला तथा व्यापार मन्त्रालयले तुरुन्त यात्राको प्रमाणपत्र जारी गर्न आवश्यक ठान्छ
- यात्राको प्रमाणपत्रको वैधता अवधि 1 वर्ष भन्दा कम हुन्छ। यस प्रमाणपत्र जारी गर्नुको उद्देश्य पूरा भएपछि यो अमान्य हुनेछ (पासपोर्ट ऐनको धारा 14(2))
- यात्राको प्रमाणपत्र जारी गर्ने प्रक्रिया तथा यसको प्रभाव पासपोर्टको जस्तै हुनेछ (पासपोर्ट ऐनको धारा 14(3), धारा 7 देखि 10, धारा 12, धारा 13 र धारा 16 देखि 18)।
पासपोर्ट र यात्राको प्रमाणपत्रको नाप र गाता
- गणतन्त्र कोरियाको नाम र पासपोर्टको वर्ग प्रत्येक पासपोर्ट र यात्राप्रमाणपत्रको शीर्ष दायाँ र तल्लो भागमा कोरियाली र रोमन अक्षरमा लेखिन्छ।इ-पासपोर्टको अवस्थामा, अन्तराष्ट्रिय नागरिक विमान संगठनद्वारा निर्धारण गरिएकामानकहरूका अनुसार जानकारी विद्युतीय माध्यमबाट समावेश गरिएको छ भनी सङ्केत गरेरयसको कभरको दायाँ तल्लो भागमा एउटा चिन्ह थपिनेछ (राहदानी ऐनको प्रवर्तननिर्णयको धारा 2(2))।
- पासपोर्ट र यात्राको प्रमाणपत्रको नाप 8.8 सेन्टिमिटर चौडो र 12.5 सेन्टिमिटर लामो हुनेछ (पासपोर्ट ऐनको प्रवर्तन विधानको धारा 2(1)।)
- यात्रा प्रमाणपत्र को आवरण कालो छ र 12 पानाहरु (पासपोर्ट ऐनको प्रवर्तन विधानको धारा 2 (3)-5)।
पासपोर्टमा समावेश जानकारी र समावेश गर्ने विधि (इ-पासपोर्ट)
- पासपोर्टको व्यक्तिगत जानकारी पृष्ठ निम्न जानकारी मुद्रण गरिनेछ तथा विद्युतीय तरिकाले समावेश गरिनेछ (पासपोर्ट ऐनको धारा 7; पासपोर्ट ऐनको प्रवर्तन विधानको धारा 3(1))।
· पासपोर्टको प्रकार, जारी गर्ने राज्य, पासपोर्ट नम्बर, जारी गरेको मिति, म्याद सकिने मिति, र जारी गर्ने अधिकारी
· पासपोर्ट धारकको नाम, राष्ट्रियता, लिङ्ग,जन्म मिति र फोटो