NEPAL

भिसा, पासपोर्ट
नागरिकहरू प्रस्थान गर्दा आवश्यक पर्ने कुराहरू
प्रस्थान जाँच
- गणतन्त्र कोरियाबाट गणतन्त्र कोरिया बाहिर रहेको कुनै पनि क्षेत्रमा जान चाहने नागरिकले अध्यागमन नियन्त्रण अधिकारीलाई आफ्नो वैध पासपोर्ट देखाउनुपर्नेछ र प्रवेशद्वार र प्रस्थान द्वारमा प्रस्थान जाँच गराउनु तथा अधिकारीहरूले सोधेका प्रश्नहरूको जवाफ दिनुपर्नेछ (अध्यागमन नियन्त्रण ऐनको धारा 3(1) को मुख्य पाठ्याङ्श; अध्यागमन नियन्त्रण ऐनको प्रवर्तन विधानको धारा 1(1))।
- अपरिहार्य कारणहरूले गर्दा प्रवेश तथा प्रस्थान द्वारबाट प्रस्थान गर्न असम्भव भएको खण्डमा, सम्बन्धित स्थानीय अध्यागमन नियन्त्रण कार्यालय वा विदेशी नागरिक सम्बन्धी मामिला हेर्ने सरकारी कार्यालयको प्रमुखको अनुमतिमा उहाँ अध्यागमन नियन्त्रण अधिकारीले प्रवेश तथा प्रस्थान द्वारमा नभई अन्य छुट्टै स्थानमा प्रस्थान जाँच गरेपछि आफ्नो गन्तव्य मा प्रस्थान गर्न सक्नुहुन्छ (अध्यागम नियन्त्रण ऐनको धारा 3(1) को प्रावधान)।
उल्लङ्घन गर्दा हुने सजाय
- प्रस्थान जाँच छलेर जान खोज्ने व्यक्तिलाई 3 वर्षसम्मको कैद सजाय सुनाइन वा KRW 20 मिलियन सम्मको जरिवाना लगाइन सक्छ (अध्यागमन नियन्त्रण ऐनको धारा 94(1))।