NEPAL

भिसा, पासपोर्ट
भिसाको स्थितिको परिवर्तनका आधारभूत सिद्धान्तहरू
भिसाको स्थितिको परिवर्तनको अनुमति
- गणतन्त्र कोरियामा अस्थायी बसोबास गर्दै आइरहेको विदेशी नागरिकले आफ्नो आवासको स्थिति अनुसार पाएको अनुमति भन्दा फरक किसिमका गतिविधिहरूमा संलग्न हुन चाहन्छ भने निजले कानुन मन्त्रालयबाट भिसाको स्थितिको परिवर्तनका लागि पूर्व अनुमति लिनुपर्छ (अध्यागमन नियन्त्रण ऐनको धारा 24(1))।
- निम्नमध्ये कुनै पनि व्यक्तिले आफ्नो स्थितिमा आएको परिवर्तनको कारणले आफ्नो आवासको स्थिति परिवर्तन गर्न चाहन्छ भने निजले आफ्नो स्थितिमा आएको परिवर्तनको 30 दिन भित्रमा कानुन मन्त्रालयबाट आफ्नो आवासको स्थितिको परिवर्तनका लागि अनुमति माग्नु पर्दछ (अध्यागमन नियन्त्रण ऐनको धारा 24(2), धारा 31(1); अध्यागमन नियन्त्रण ऐनको प्रवर्तन नियमको धारा 45(1))।
· गणतन्त्र कोरियामा रहेका विदेश कूटनीतिक मिसन (राजदूतावास र वाणिज्य दूतावास सहित) र अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत कर्मचारीहरू तथा तिनका परिवारहरू
· गणतन्त्र कोरियाको सरकारसँग गरिएको सम्झौता अन्तर्गत रहेर ती कूटनीतिज्ञ वा राजदूतहरू सरह विशेषाधिकार तथा अधिकारको प्रयोग गर्ने विदेशी नागरिकहरू
· गणतन्त्र कोरिया सरकारद्वारा निमन्त्रित व्यक्ति र निजको परिवार, जो महत्त्वपूर्ण कूटनीतिक, औद्योगिक र/या रक्षा कार्यहरूसँग सम्बन्धित छ, या कुनै अन्य व्यक्ति जसलाई न्याय मन्त्रीद्वारा विदेशी पंजीकरणको प्रावधानबाट छुट दिइएको छ ।