NEPAL

सराइ
मुभिङ गर्ने प्रक्रिया र खर्च निर्धारण गर्ने
मुभिङ गर्ने प्रक्रिया
- विशिष्ट विधिहरूले साधारण मुभिङ, प्याकिङ र मुभिङ र भण्डारण र मुभिङ समावेश गर्छ। (भाडामा मानकिकृत सम्झौताको धारा 2 (2))

प्रकार

विशेषताहरू

साधारण सार्नु

सामानहरूको प्याकिङ र व्यवस्था मिलाउने उत्तरदायित्व ग्राहकले लिन्छ जबकी मुभिङ कम्पनीले तिनीहरूलाई पुर्‍याउने काम मात्र गर्छ।

प्याकिङ गर्ने र सार्ने

ग्राहकले मुभिङ कम्पनीलाई पूरै प्रक्रिया प्याकिङ देखि पुर्याउने सम्म र अन्तिममा उसको/उनको सामानहरूको व्यवस्था मिलाउने सम्मको शुल्क तिर्छ।

भण्डारण गर्ने र सार्ने

माथिका दुवै प्रकारहरूका मुभिङमा, मुभिङ कम्पनीले ग्राहकको अनुरोधमा सामानहरू पुर्याउनभन्दा पहिले केही समयको लागि राख्न सक्छ।