NEPAL

सराइ
तपाईंको नयाँ घरलाई चलायमान गर्नु अगाडि यसलाई मर्मत गर्दै
घर विस्तार र परिवर्तन
- विस्तार” भनेको विद्यमान साइटममा निर्माण क्षेत्र, जम्मा फ्लोर क्षेत्र, फ्लोरहरूको संख्या वा भवनको उचाइ बढाउनु हो। “परिवर्तन” भनेको विद्यमान भवनलाई यसको साइटमा पहिलेको घरको जत्तिकै नापमा भवनलाई पुन: निर्माण गर्न पूर्ण रूपमा वा आंशिक रूपमा विखण्डन गर्नु हो। (भवन ऐनको प्रवर्तन व्यवस्थाको धारा2-2,2-3 र2-16)
- अनुमति प्राप्त गर्दै
· तपाईंले महानगरीय स्वतन्त्र सहरको मेयर, विशेष स्वशासनीय प्रान्तको शासक वा Si (सहर)/Gun (काउन्टी)/Gu (जिल्ला) को प्रमुखबाट अनुमति प्राप्त गरेर विद्यमान भवनलाई बढाउन वा परिवर्तन गर्न सक्नुहुन्छ, जहाँ तलका मध्ये कुनै एउटा अवस्था हुन्छ। (भवन ऐनको धाराहरू 6 र 11 (1) को मुख्य पाठ; भवन ऐनको प्रवर्तन व्यवस्थाको धारा 6.2 (1) र (2); भवन ऐनको प्रवर्तन नियमनको धारा 3]।
√ जहाँ शहरी/Gun (काउण्टी) व्यवस्थापन योजना निर्धारण गरिन्छ वा संशोधन गरिन्छ वा जिल्ला अधिकारी परिवर्तन गरिन्छ;
√ जहाँ शहरी/Gun (काउण्टी) प्लानिङ सुविधाहरू स्थापना गरिन्छन्, शहरी विकासको परियोजना सम्पादन हुन्छन् वा सडक बनाइन्छ;
√ जहाँ भवन निरीक्षण प्रमाणपत्र प्राप्त गर्ने बारेमा वा भवन प्रयोग गर्नको लागि स्वीकृतिको बारेमा तथ्यहरू भवन लेजरमा व्यक्त गरिन्छ;
√ जहाँ निवास वातावरण सुधार परियोजनासँग सम्बन्धित कार्य समापन प्रमाणपत्र प्राप्त गरिन्छ;
√ जहाँ भवन विभाजित भएको छ;
√ जहाँ भूमिको भागको स्वामित्वको पहिचान पश्चात स्वावित्व स्थानान्तरको रजिस्ट्रेसनलाई पूरा गरिएको छ।
√ जहाँ काडस्टर्ल पुन: सर्वेक्षण कार्यक्रमलाई पालना गर्दै नयाँ काडस्टर्ल रेकर्ड निकालिन्छ;
√ जहाँ बढाउन वा परिवर्तन गर्नु पर्ने भागहरू भवन ऐनसँग सम्बन्धित स्थितिहरूसँग अनुपालना हुनुपर्छ।
√ विद्यमान भवन रहेको क्षेत्र, सम्बन्धित स्थानीय सरकारद्वारा निर्धारित क्षेत्रमा पर्छ किनभने सहरी/गुन (काउण्टी) योजना सुविधास्थल वा सडक निर्माण र त्यस्ता विद्यमान भवनलाई यसको भुइँ क्षेत्रको सीमितताको आधारमा विस्तार र परिवर्तन गरिन्छ; 
√ विद्यमान भवन भवनदेखि भुइँको अनुपात वा भुइँ क्षेत्रको अनुपात कायम गर्न असफल हुन्छ, किनभने, सहरी/गुन (काउण्टी) योजना सुविधास्थल वा सडक ऐन अन्तर्गतका सडक निर्माण र त्यस्ता विद्यमान भवनलाई यसको भुइँ क्षेत्रको सीमितताको आधारमा विस्तार गरिन्छ, जस्तै भवनको प्रकार्यलाई कायम राख्न यसलाई आराम कक्ष, सिंढी र इलेभेटर स्थापना गरिन्छ;
√ सम्बन्धित स्थानीय सरकारको कानून लागू हुने दिनभन्दा पहिले निर्माण गरिएको विद्यमान भवनको भवन हाताबाटको दुरी, पहिले परिवर्तन गरिएको र छिमेकी साइटहरूको बाउण्ड्री त्यस्ता कानूनमा उल्लेख गरेभन्दा छोटो दुरीमा पर्छन् र त्यस्ता विद्यमान भवन निर्माण गरिएको समयमा भएको लागू भएको वैधानिक कानूनको पालना गरी ठाडो रूपमा विस्तार गरिन्छन्;
√ जहाँ विद्यमान ह्यानक परिवर्तन गरिएको हुन्छ;
√ जहाँ प्राकृतिक प्रकोप जोखिमहरू र त्यहाँको विद्यमान भवन व्यवस्थापन गर्न छुट्टाइएको क्षेत्रमा साइटको सबै वा केही भाग पर्छ, जसको लागि प्रयोगको लागि अनुमति प्रदान गरेपछिको 20 वर्ष पछि त्यो यसलाई प्रकोपहरूबाट बचाउनको लागि यसको फ्लोर क्षेत्रको सिमाभित्र परिवर्तन गरिन्छ।
मल्टि-फेमिली हाउजिङको पुन: मोडलिङ
- “मल्टि-फेमिली हाउजिङ” भनेको हाउजिङ संरचना हो जसकारण भवनको सबै वा केही पर्खालहरू, दलानहरू, सिंढीहरू वा अन्य सुविधाहरू साझा गर्ने परिवार एउटा घरमा स्वतन्त्र रुपमा निवास गर्न सक्छन्। यसले अपार्टमेन्ट घरहरू, नगरका घरहरू र बहु- पारिवारिक घरहरू समावेश गर्छ। (हाउजिङ ऐनको धारा 2-3; हाउजिङ ऐनको प्रवर्तन व्यवस्थाको धारा 3)
- पुन:निर्माण गर्ने” भनेको भवनको अवनति बचाउन वा त्यहाँको कार्य सुधार गर्न तलका कुनै सञ्चालन गर्नु हो। ① मर्मत, ② पूर्व-प्रयोग निरीक्षण वा स्वीकृतिको मिति 15 वर्ष वा सोभन्दा अगावै (वा स्थानीय सरकारको कानूनले 15 र 20 वर्ष भनी तोकेको) 30% सरोकार हाउस भएको विद्यमान बहु-परिवार हाउजिङको हरेक एकाईमा विशेष आवासीय क्षेत्रको विस्तार वा ③ विद्यमान घरपरिवारको संख्यामा 15% ले वृद्धि हुन्छ जुन आकार प्रत्येक घरपरिवारको आकारको दायरालाई ननाघ्नेगरी घरपरिवारको संख्यालाई बढाउँछ। (he हाउजिङ ऐन) को धारा 2-25)
- हाउजिङ पुन: निर्माण गर्ने संघ वा निवासीको सम्बन्धित परिषदले Si (सहर)/Gun (काउन्टी)/Gu (जिल्ला) को प्रमुखबाट अनुमति प्राप्त गरेपछि पुन: निर्माण गर्ने परियोजना संशोधन गर्ने सक्छन्। ( हाउजिङ ऐन) को धारा 66 (1)}
प्रक्रिया अन्य मर्मत
- बाल्कोनी एक्सटेन्सन
· “बाल्कोनी” भनेको एउटा बफर खाली ठाउँ हो जसले सौन्दर्य तथा आराम गर्ने उद्देश्यहरूको लागि भवनको भित्री भागलाई बाहिरी भागमा जोड्छ र जसलाई घरको बाहिरी पर्खालसँगै स्थापना गरिन्छ। (हाउजिङ ऐनको प्रवर्तन व्यवस्थाको धारा 2-14)