NEPAL

सराइ
बिक्री तथा खरिद
बाँकी रकमको भुक्तानी
- सामान्यतया, नयाँ घरमा सर्नुभन्दा पहिले, खरिदकर्ताले सम्पूर्ण बाँकी रकम भुक्तानी गर्नुपर्छ भने बिक्रेताले घर जग्गा सम्बन्धीको स्वामित्व हस्तान्तरणको लागि आवश्यक हुने सबै कागजातहरू खरिदकर्तालाई उपलब्ध गराउनुपर्छ। (नागरिक ऐनको धारा 568 र घर जग्गा सम्बन्धी रजिस्ट्रेसन ऐनको धारा 23 (1))
- बाँकी रकमको हिसाब-मिलान नगरिएको बेला
· खरिदकर्ता निश्चित मितिमा बाँकी रकमको हिसाब-मिलान गर्दैन भने, बिक्रेताले घर जग्गा सम्बन्धी बिक्री सम्झौता निष्प्रभाव गरी पहिले नै प्राप्त गरेको सम्झौताको रकम जरिवाना स्वरूप आफै राख्न सक्छ। (नागरिक ऐनको धारा 565 (1))
· खरिदकर्ता बाँकी रकमको हिसाब मिलाउन नसक्नाले बिक्रेतालाई क्षति पुर्‍याउँछ भने, यसका लागि खरिदकर्ता जिम्मेवार ठहरिन्छ, र यस सम्भावनाको बारेमा सजग हुनुपर्छ। (नागरिक ऐनको धारा 551)
रकम ऋण दिँदा धितो राख्ने
- घर खरिद गर्दा लाग्ने रकम बैंकबाट ऋण लिदा धितो राखिन्छ, र यो धितो राख्ने व्यक्तिसँग धितो सुरक्षित पाउने अधिकार हुन्छ।
- “धितो सुरक्षाको अधिकार” भनेको भविष्यमा समाधानको समयमा स्थिर व्यवहारमा उत्पन्न हुने अनिर्दिष्ट धेरै बण्डहरूको अधिकतम रकम सुरक्षित गर्न स्थापित गरिएको धितो हो। (नागरिक ऐनको धारा 357) निवेदक वा उसको/उनको प्रतिनिधिले उपयुक्त जानकारी र संलग्नताहरू रजिस्ट्री कार्यालयमा व्यक्तिगत रूपमा वा इन्टरनेट रजिस्ट्री मार्फत पेश गरी रजिस्ट्रेसनको लागि आवेदन दिन सक्छन्। (घर जग्गा रजिस्ट्रेसन सम्बन्धी ऐनको धारा 24 (1))
- धितो सुरक्षाको अधिकारको लागि पेश गर्नुपर्ने कागजातहरू
· रजिस्ट्रेसनको लागि पञ्जीकरण( क्रेडिटर, बैङ्क) को अधिकार वाहकको निवासी पञ्जीकरणको प्रतिलिपि (संक्षिप्त) वा संयुक्त पञ्जीकरणको प्रमाणपत्र र जिम्मेवार पक्षको सिल प्रभावको प्रमाणपत्र (खरिदकर्ता) (घर जग्गा सम्बन्धी ऐनको रजिष्ट्रेशनको धारा 48 (2))
· रजिस्ट्रेसन गरिएको अनुमतिप्राप्त कर पूरा गरेको रसिद (स्थानीय कर ऐनको धारा 25 (1)-17)
· धितो सुरक्षा स्थापना गर्नको लागि सम्झौता (घर जग्गा रजिस्ट्रेसन सम्बन्धी ऐनको धारा 75)
· पञ्जीकरण पूरा भएको बारेमा जानकारी वा पूरा भएको पञ्जीकरणको बारेमा जनाकारीको सूचना (घर जग्गा रजिस्ट्रेसन सम्बन्धी ऐनको धारा 50 (2))
· डेलिगेसनको पत्र (यो वाहक वा जीम्मेवार पक्षले स्वयमंले रजिस्ट्रेसन गर्दा अन्य पक्षबाट डेलिगेसनको पत्र प्राप्त गर्दा आवश्यक हुन्छ।)