NEPAL

सराइ
नवनिर्मित घरको खरिद वा लीलामीमा बिक्री
निजी निर्माणकर्ताद्वारा निर्मित घर/अपार्टमेन्ट खरिद
- “निजी निर्माणकर्ताद्वारा निर्मित घरको खरिद” ले त्यस्तो घरलाई जनाउँछ जुन सरकारी संस्था वा प्रचलित निर्माणकर्ताद्वारा निर्मित हुँदैन, यसको सट्टामा यसलाई निजी हाउजिङ निर्माताद्वारा निर्माण व पार्सल गरिएको हुन्छ।
सार्वजनिक परियोजना मार्फत नवनिर्मित घर/अपार्टमेन्ट खरिद
- “सार्वजनिक परियोजना मार्फत निर्माण तथा बिक्री गरिने नयाँ घर/अपार्टमेन्ट” ले 85 m2 वा सो भन्दा सानो आकारका हाउजिङ तथा शहरी कोषको आर्थिक सहायता मार्फत सरकारी संस्था वा सार्वजनिक निकायद्वारा निर्माण तथा नवीकरण गरिएका घर/अपार्टमेन्टलाई जनाउँछ। (हाउजिङ ऐनको धारा 2-5 र 2-6)
सार्वजनिक भाडाका घरहरू
- “सार्वजनिक भाडाका घरहरू” ले हाउजिङ तथा शहरी कोषको आर्थिक सहायता मार्फत सरकारी संस्था वा सार्वजनिक निकायद्वारा निर्माण तथा आपूर्ति गरिने घरहरूलाई जनाउँछन्। सार्वजनिकहाउजिङमा विशेष ऐन) को (धारा 2-1, 2-1.2 र 2-1.3 तिनीहरूले कोरिया ल्याण्ड एण्ड हाउजिङकर्पोरेशनद्वारा आपूर्ति गरिएका र सियोल हाउजिङ एण्ड कम्युनिटिज कर्पोरेशनद्वारा आपूर्ति गरिने दीर्घकालीन भाडाका घरहरू (सिफ्ट घरहरू) पर्दछन्।
- कोरिया ल्याण्ड एण्ड हाउजिङ कर्पोरेशन (KLHC) द्वारा आपूर्ती गरिने घरका प्रकारहरू

घरको प्रकार

मुख्य सामग्री

राष्ट्रिय भाडाका घरहरू

तिनीहरूले केन्द्रीय/स्थानीय सरकार वा KLHC वा स्थानीय सार्वजनिक कर्पोरेशनद्वारा निर्माण गरिएका वा भाडामा (30 वर्षका लागि) लिइएका घरहरूलाई जनाउँछन्। तिनीहरूले मितव्ययी भाडाको सुविधा दिन्छन् र अरूलाई बिक्री गर्न सकिँदैन।

सार्वजनिक भाडाका घरहरू

5 (10)-वर्षे सार्वजनिक भाडाका घरहरू: 5 वर्ष (10 वर्ष) को भाडाको अवधि समाप्त भएपछि प्राथमिक रूपमा भाडावालका लागि बिक्री गर्न रुपान्तर गरिएको घर

किस्ताहरूमा खरिद गरिएको भाडाको घर:

भाडावालाले घर सर्ने मितिसम्म घरको मूल्यको हिस्सा (30%) भुक्तानी गर्दछ र बाँकी किस्ता भाडाको अवधिभर (दस बर्स) किस्तामा बुझाउँछ l पूर्ण भुक्तानी भएपछि घर बिक्रीका लागि तयार हुन्छ l

भाडाका घरहरू: यी घरहरू स्थायी भाडाका घरहरूलाई प्रतिस्थापन गर्नका लागि निर्माण गरिएका र सार्वजनिक कोषको सहायतामा KLHC वा स्थानीय सरकारद्वारा आपूर्ति गरिएका हुन्छन्। तिनीहरूलाई भाडाको अवधि पश्चात भाडाका घरहरूको रूपमा बिक्री गरिनेछैन।

 

स्थायी भाडाको हाउजिङ

ती मध्येका 26.34 m2 - 42.68 m2 आकार भएका प्रत्येक घरलाई लाई न्यून आय भएका मानिसलाई आपूर्ति गर्नको लागि डिजाइन गरिएको हुन्छ। ती घरहरूको सङ्ख्या KLHC द्वारा आपूर्ति गरिएका 140,000 घरहरू लगायत जम्मा 190,000 भन्दा धेरै छ।

दीर्घकालीन भाडाको हाउजिंङ

राज्य, स्थानीय सरकार, कोरिया भूमि तथा हाउजिंग प्राधिकरण एवं स्थानीय सार्वजनिक प्राधिकरणहरुद्वारा निर्माण तथा आपूर्ति गरिएका घरहरु हाउजिंग परियोजनाको धारा 49 (स्थानीय सार्वजनिक प्राधिकरण ऐन) अन्तर्गत निर्माण हुने र जम्माको आधारमा 20 बर्षसम्म भाडामा लाग्ने हुन्छन् (जिओन्स) 

- सियोल हाउजिङ एण्ड कम्युनिटिज कर्पोरेशनद्वारा अापूर्ति गरिने दीर्घकालीन भाडाका घरहरू (सिफ्ट घरहरू)।
· यी घरहरू (सिफ्ट घरहरू) को भाडाको अवधि 20 वर्षसम्मको हुन्छ यी घरहरूको जियोन्स (घरलाई भाडामा दिनको लागि अग्रिम पूर्ण निक्षेप भुक्तानी) मूल्य तिनीहरूको छिमेकीको स्तरको लगभग 80% हुन्छ।
भाडाका घरहरूको बिक्रीमा प्रतिबन्ध
- तपाईंले निम्नलिखित भाडाका घरहरूलाई तल उल्लिखित भाडाको अवधि पश्चातसम्म बिक्री गर्न पाउनुहुनेछैन। (सार्वजनिक हाउजिङ विशेष ऐनको धारा 50.2 (1), सार्वजनिक हाउजिङ विशेष ऐनको प्रवर्तन व्यवस्थाको धारा 54 (1))
1. स्थायी भाडाका घरहरूका लागि: 50 वर्ष
2. राष्ट्रिय भाडाका घरहरूका लागि: 30 वर्ष
3. Haengbok Jutaek (ह्याप्पी घरहरू) का लागि: 30 वर्ष
4. एकीकृत सार्वजनिक घरभाडा : 30 वर्ष
5. दीर्घकालीन जम्मा आधार आवास भाडा: 20 वर्
6. भाडाको सम्झौता अवधि 10 वर्ष भएका पूर्ववर्ती 1 देखि 5 म उल्लेख नगरिएका सार्वजनिक भाडाका घरहरूका लागि 10 वर्ष
7. अन्य सार्वजनिक भाडाका घरहरूका लागि: 5 वर्ष