NEPAL

सङ्क्रामक रोगहरूको रोकथाम र व्यवस्थापन
सङ्क्रामक रोग नियन्त्रण सुविधाहरूका लागि क्षतिपूर्ति
नियन्त्रण सुविधाहरूको क्षतिका लागि क्षतिपूर्ति
- स्वास्थ्य तथा कल्याण मन्त्री, विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरको नगरप्रमुख, नगरप्रमुख/Do गभर्नर वा Si/Gun/Gu को प्रमुख सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 70-2 अन्तर्गत स्थापना भएका सान्दर्भिक क्षतिपूर्ति विचार-विमर्श समितिद्वारा गरिएको विचार-विमर्श र समाधानको नतिजाअनुसार निम्न मध्ये कुनै पनि क्षतिहरूबाट पीडित भएको व्यक्तिलाई क्षतिपूर्ति भुक्तान गर्न सक्छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 70(1)):
· सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 36 अन्तर्गत नियुक्ति सङ्क्रामक रोग नियन्त्रण संस्थाबाट हुने क्षति;
· सङ्क्रामक रोग नियन्त्रण तथा रोकथामको धारा 37 अन्तर्गत आइसोलेसस वार्ड इत्यादिको स्थापना र सञ्चालनबाट हुने क्षति;
· सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 39-3 अन्तर्गत सङ्क्रामक रोगको सम्पर्कमा आएका शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने सुविधास्थलहरू स्थापना र सञ्चालनबाट हुने क्षति;
· सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनअन्तर्गत अपनाएको कुनै पनि मापन अनुरूप सङ्क्रामक रोगका बिरामी, सङ्क्रामक रोगका सम्भाव्य बिरामीहरूलाई चिकित्सा उपचार प्रदान गर्ने चिकित्सा संस्थाले भोगेको क्षति;
· सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनअन्तर्गत भएको व्यवसाय बन्द, स्थगन इत्यादि कारणले चिकित्सा संस्थाले भोगेको क्षति;
- क्षतिका लागि क्षतिपूर्ति खोज्ने कुनै पनि चिकित्सा संस्थाका व्यवस्थापकले क्षतिको क्षतिपूर्तिका लागि लिखित दाबीमा सान्दर्भिक कागजातहरू संलग्न गरेर स्वास्थ्य तथा कल्याण मन्त्रालय, विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित नगरप्रमुख, नगरप्रमुख/Do गभर्नर वा सान्दर्भिक Si/Gun/Gu को प्रमुख समक्ष क्षतिपूर्तिको लागि दाबी दायर गर्ने छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 70(2) र सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको प्रवर्तन नियमको फाराम नं. 31 मा संलग्न)।
- क्षतिपूर्तिको रकम निर्धारण गर्दा, सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन वा सान्दर्भिक कानुन वा नियमहरू अन्तर्गतका उपायहरू अपनाउने दायित्वको उल्लङ्घन गरी क्षति भएको वा विस्तारको पीडित भएमा, सान्दर्भिक क्षतिपूर्ति भुक्तान नगर्न वा रकम घटाउन सकिन्छ र क्षतिका लागि क्षतिपूर्ति तिर्न वा कटौती गर्न नसकिने दुराचारका प्रकारहरू निम्नानुसार छन् (सङ्क्रामक रोग नियन्त्रणको धारा 70(3) र सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको नवर्तन नियमको धारा 28-2(1)):
· रिपोर्ट गर्नमा लापरवाही वा हस्तक्षेप गर्ने वा गलत तरिकाले रिपोर्ट बनाउने;
· एउटै धाराको अनुच्छेद (1) को उपअनुच्छेदमा तोकिएअनुसार रिपोर्ट गर्न बाध्य व्यक्तिहरूलाई रिपोर्ट गर्नमा हस्तक्षेप गर्ने वा रिपोर्ट गर्ने दायित्वमा लापरवाही गर्ने;
· महामारी विज्ञान अनुसन्धान सञ्चाल हुने दुराचारमा संलग्न;
· सङ्क्रामक रोग नियन्त्रण सुविधास्थलहरू स्थापना गर्नमा असफल;
· सहयोग प्रदान गर्ने कर्तव्य उल्लङ्घन गर्ने;
· निर्देशन तथा आदेशहरू उल्लङ्घन गर्ने;
· यस्ता कर्तव्यहरू विशेषगरी उपायहरू अपनाउनका वैधानिक कर्तव्यहरू मध्ये महत्त्वपूर्ण छन् भनी उपायहरू अपनाउन कर्तव्यहरू उल्लङ्घन गर्दै स्वास्थ्य तथा कल्याण मन्त्रीले सार्वजनिक रूपमा घोषणा गर्नुहुन्छ।