NEPAL

सङ्क्रामक रोगहरूको रोकथाम र व्यवस्थापन
महामारी विज्ञान अनुसन्धानहरू
महामारी विज्ञान अनुसन्धान भनेको के हो?
- कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको आयुक्त, विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरको नगरप्रमुख, मेयरहरू/Do गभर्नर वा Sis/Guns/Gus को प्रमुखले संक्रामक रोग फैलन्छ र पछि महामारी हुने सम्भावना हुन्छ वा रोग संक्रामक छ वा छैन भन्ने कुरा अस्पष्ट छ तर त्यसको कारण खोज्न आवश्यक छ भन्ने मानिसकेपछि, उनीहरूले ढिलाइ नगरिकन, महामारी विज्ञाको अनुसन्धान सञ्चालन गर्नु पर्ने छ र त्यसपछि आवश्यक हदसम्म सान्दर्भिक चिकित्सा संस्थाहरूलाई यसका निष्कर्षहरूबारे जानकारी उपलब्ध गराउनु पर्ने छ (संक्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 18(1) को मुख्य दफा)।
※ अन्य क्षेत्रहरूमा सङ्क्रामक रोगको व्यापकतालाई रोक्न आवश्यक भएमा, त्यस्ता जानकारी अन्य चिकित्सा संस्थाहरूमा उपलब्ध गराइने छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 18(1) को प्रावधान)।
- महामारी विज्ञानका अनुसन्धानहरूमार्फत पहिचान गरिएका कुराहरू निम्नानुसार हुने छन् (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको प्रवर्तन नियमको धारा 12(1)):
· सङ्क्रामक रोग आदि लागेका बिरामी, क्वारेन्टाइन योग्य सङ्क्रामक रोगको सम्भावित बिरामी वा रोगजनक वाहकका व्यक्तिगत जानकारी;
· बिरामी आदि सङ्क्रामक रोगबाट संक्रमित भएको मिति र स्थान;
· सङ्क्रामक रोगका लागि संक्रमणको कारण र माध्यम;
· सङ्क्रामक रोग आदि लागेका बिरामी र क्वारेन्टाइन योग्य सङ्क्रामक रोगको सम्भावित बिरामीको चिकित्सा रेकर्ड;
· सङ्क्रामक रोगको कारण खुलासा गर्न आवश्यक पर्ने अन्य कुराहरू।
- महामारी विज्ञानका अनुसन्धानहरू सञ्चालन गर्ने विधिहरू निम्नानुसार छन् (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको प्रवर्तन नियमको धारा 14 र संलग्न तालिका नं. 1-3):
· सर्वेक्षण र अन्तर्वार्ता

वर्गीकरण 

अनुसन्धान विधि 

सर्वेक्षण 

- संक्रामक रोग आदि लागेका बिरामी र क्वारेन्टाइन योग्य संक्रामक रोगको सम्भावित बिरामीको चिकित्सा रेकर्ड; 

 

- सर्वेक्षण प्रश्नावली कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको आयुक्तद्वारा निर्धारण गरिएको महामारी विज्ञान अनुसन्धान सर्वेक्षण गरिने छ र महामारी अनुसन्धान टोलीले स्थानियको प्रवृत्ति अनुसार महामारी विज्ञान अनुसन्धान सर्वेक्षण परिमार्जन गर्न सक्छ। 

 

- महामारी विज्ञान अनुसन्धान सर्वेक्षण सान्दर्भिक सङ्क्रामक रोगको संक्रमण माध्यम र संक्रमणको स्रोतबारे अनुसन्धान गर्ने वस्तुहरूबाट गरिन्छ। 

 

- सर्वेक्षण प्रश्नावली सर्वेक्षण लिइने व्यक्तिहरूको प्रत्यक्ष अन्तर्वार्तामार्फत महामारी अनुसन्धान टोली सदस्यद्वारा तयार गरिन्छ। 

 

 

 

※ तर, परीक्षण गर्नुपर्ने व्यक्तिहरूको स्थिति, सङ्क्रामक रोग भएको स्थानका विशेषताहरू आदिमा पर्ने प्रकाशका अपरिहार्य कारणहरूले गर्दा फोन, मेल, इमेल आदिद्वारा सर्वेक्षण सञ्चालन गर्न सकिन्छ। 

अन्तर्वार्ता 

√ अन्तर्वार्ता सङ्क्रामक रोग भएका सुविधास्थल वा एजेन्सीहरूको सरसफाइ, स्वच्छता र वातावरण व्यवस्थापकहरूका लागि सञ्चालन गरिन्छ। √ अन्तर्वार्तामा सङ्क्रामक रोगको घटनासँग सम्बन्धित सरसफाइ, स्वच्छता र वातावरण नियन्त्रणसँग सम्बन्धित कुराहरू पर्दछन्। √ अन्तर्वार्ता महामारी अनुसन्धान टोली सदस्य र अन्तर्वार्ता लिइने व्यक्तिहरूबीच आमुन्ने-सामुन्ने भएर सञ्चालन गरिने छ। ※ तर, व्यक्तिहरूको स्थिति, सङ्क्रामक रोग भएको स्थानका विशेषताहरू आदिमा पर्ने प्रकाशका अपरिहार्य कारणहरूले गर्दा फोन, मेल, इमेल आदिद्वारा अन्तर्वार्ता सञ्चालन गर्न सकिन्छ। 

· जैविक नमूनाहरूको सङ्कलन र परीक्षण
√ सङ्क्रामक रोगहरू लागेका बिरामीहरू र सङ्क्रामक रोग लागेको आशंका गरिएका व्यक्तिहरूका लागि जैविक नमूनाहरू संकलन गरी परीक्षण गरिने छ।
√ जैविक नमूनाहरूलाई सङ्क्रामक रोगहरूको निदानका लागि मापदण्ड अनुसार सङ्कलन र परीक्षण गरिने छ।
√ जैविक नमूनाहरूका लागि परीक्षण एजेन्सी एउटा त्यस्तो एजेन्सी हो जुन सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 16-2(1) अन्तर्गत सङ्क्रामक रोग लागेका व्यक्ति र सङ्क्रामक रोग लागेको आशंका गरिएका व्यक्तिहरू पहिचान गर्न सक्षम छ।
√ महामारी विज्ञान अनुसन्धान टोलीले परीक्षणका लागि अनुरोध गर्न परीक्षण एजेन्सीमा परीक्षण गर्ने अनुरोध र नमूनाहरू पेश गर्नुहुन्छ।
· वातावरणीय नमूनाहरूको सङ्कलन र परीक्षण
√ वातावरणीय नमूनाहरू दूषण वा रोगका जीवाणुहरूद्वारा दुषित भएको अनुमान गरिएको माटो, पानी (वाटरवर्क, ग्राउण्डवाटर, कुलिङ टावर, स्वीमिङ पुल, हट स्प्रिङ, बाथहाउस आदि जस्ता सार्वजनिक सुविधास्थलको पानी), खाना, औजार (कुलिङ उपकरणहरू जस्ता प्याथोलोजी फैलाउन सक्ने वस्तुहरू) र उपकरणबाट सङ्कलन गरिन्छ।
√ वातावरणीय नमूनाहरूमा सम्बन्धित सङ्क्रामक रोग निम्त्याउने रोगका जीवाणुहरूका लागि पत्ता लगाउने परीक्षण वा अप्रत्यक्ष रूपमा सङ्क्रामक रोग निम्त्याउन सक्ने दूषण पहिचान गर्न सकिने परीक्षण गर्नुपर्ने छ। र नमूनाहरू अनुसार परीक्षणका प्रकारहरू निम्नानुसार छन्:

परीक्षणका प्रकारहरू 

नमूनाहरू 

Legionellosis पत्ता लगाउने परीक्षण 

वाटरवर्क्सको पानी, ग्राउण्टवाटर र सार्वजनिक सुविधास्थलहरू 

एन्टरोरेगिया पत्ता लगाउने परीक्षणका साथ कोलन ब्यासिलस सङ्क्रमण 

स्विमिङ पुल र वाटर कुलर र हिटरहरूको पानी 

नोरोभाइरस पहिचान परीक्षण 

वाटरवर्क्स, ग्राउण्डवाटर र संरक्षित खानाहरू 

“खाने पानी व्यवस्थापन विधि” अन्तर्गत खानेपानीको परीक्षण 

वाटरवर्क्स, ग्राउण्डवाटर र वाटर कुलर/हिटरको पानी 

खाद्य संहिता अन्तर्गत खाद्य विशिष्टताको परीक्षण 

आन्द्रासम्बन्धी संक्रमणहरूको सामूहिक प्रकोपमा संरक्षित खाना 

खाद्य संहिता अन्तर्गत चिसो गराउने उपकरणहरूका लागि विशिष्टताको परीक्षण 

आन्द्रासम्बन्धी संक्रमणहरूको सामूहिक प्रकोपमा पकाउने सामग्री (जस्तै, कटिङ बोर्ड, चक्कु, डिशक्लोथ, टेबलवेयर, एक्वैरियम वाटर आदि।) 

पानी-जन्य प्रोटोजन पत्ता लगाउने परीक्षण 

वाटरवर्क्स, ग्राउण्डवाटर, स्विमिङ पुल 

√ महामारी विज्ञान अनुसन्धान टोलीले परीक्षणका लागि अनुरोध गर्न परीक्षण एजेन्सीमा परीक्षण गर्ने अनुरोध र नमूनाहरू पेश गर्नुहुन्छ।
√ वातावरणीय नमूनाहरूको परीक्षण एजेन्सी स्वास्थ्य तथा कल्याण मन्त्रालयको अध्यादेशद्वारा निर्धारित गरिएको सङ्क्रामक रोग भएका बिरामी वा सङ्क्रामक रोगका सम्भावित बिरामीहरूको पहिचान खुलाउन योग्य एजेन्सी होः तर, वाटरवर्क र ग्राउण्डवाटरका लागि नोरोभाइरस पत्ता लगाउने परीक्षण राष्ट्रिय वातावरणीय अनुसन्धान संस्था वा खाद्य र औषधि सुरक्षा मन्त्रालयद्वारा सञ्चालन गरिने छ।
· सङ्क्रामक रोगको किरा वा जनावरको भेक्टरबाट नमूनाहरूको सङ्कलन र परीक्षण
√ सम्बन्धित किराका भेक्टरहरू (जस्तै: लामखुट्टे, माइट्स, जुम्रा, फ्लीस आदि) र जनावरका भेक्टरहरू (जस्तै: गाईवस्तु, सुँगुर, कुखुरा र भाले, मृग, बँदेल, जंगली बिराला, मिडो मुसा, आदि) बाट सङ्क्रामक रोगका जीवाणुहरू पत्ता लगाउन परीक्षणहरू गरिन्छ जसले सङ्क्रामक रोग भएका बिरामीहरू वा उत्तिकै जोखिममा भएको अनुमान गरिएका व्यक्तिहरूसँग महामारी विज्ञानको सम्बन्ध छ वा छैन भनी निर्धारण गर्छन्।
√ महामारी विज्ञान अनुसन्धान टोलीले परीक्षणका लागि अनुरोध गर्न परीक्षण एजेन्सीमा परीक्षण गर्ने अनुरोध र नमूनाहरू पेश गर्नुहुन्छ।
√ सङ्क्रामक रोगहरूको किरा तथा जनावरका भेक्टरहरूको परीक्षण एजेन्सी सङ्क्रामक रोगका बिरामी वा सङ्क्रामक रोगका सम्भावित बिरामीहरूको पहिचान खुलाउन योग्य एजेन्सी हो, जुन सङ्क्रामक जनावरका रोगहरूको रोकथामसम्बन्धी ऐनको धारा 12(1) अन्तर्गत पशुधनको रोग निदानमार्फत रोगका लक्षण मूल्याङ्कन गर्ने स्वास्थ्य र कल्याण मन्त्रालय वा राष्ट्रिय पशुचिकित्सा र क्वारेन्टाइन सेवा वा नगर/प्रान्त पशुधनको स्थानीय रोकथाम एजेन्सीको अध्यादेश अन्तर्गत निर्धारित गरिएको एजेन्सी हुने छ।
· चिकित्सा रेकर्डहरू, आदिको अनुसन्धान र मेडिकल चिकित्ससँग अन्तर्वार्ता
√ संक्रमण रोगका बिरामी वा सङ्क्रामक रोगको सम्पर्कमा आएको आशंका गरिएको व्यक्तिलाई अस्पताल र मेडिकल क्लिनिकले उपचार गरेको अवस्थामा, महामारी विज्ञान अनुसन्धान टोलीले चिकित्सा सेवा ऐेनको धारा 22 अन्तर्गत सङ्क्रामक रोगका बिरामी वा सङ्क्रामक रोगको सम्पर्कमा आएको आशंका गरिएको व्यक्तिको चिकित्सा रेकर्डहहरूमा पहुँच गर्न र सङ्क्रामक रोगको संक्रमण माध्यम, क्लिनिकल परीक्षण ट्रेन्ड, उपचार नतिजा, अन्य व्यक्तिलाई फैलने स्थिति पहिचान गर्न आदि, कुराहरूमा सम्बन्धित मेडिकल चिकित्सकसँग अन्तर्वार्ता लिन सक्नुहुन्छ।
- कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी, विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरका नगरप्रमुख, नगरप्रमुख/गभर्नर वा Si/Gun/Gu का प्रमुखले क्रमानुसार महामारी विज्ञान अनुसन्धान सञ्चालन गर्नका लागि महामारी विज्ञान अनुसन्धान टोलीको स्थापना गर्नु हुने छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 18(2))।
- कसैले पनि कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी, विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरका नगरप्रमुख, नगरप्रमुख/गभर्नर वा Si/Gun/Gu का प्रमुखद्वारा सञ्चालन गरिएको महामारी विज्ञान अनुसन्धानको पाठ्यक्रममा निम्नमध्ये कुनै पनि कार्यहरू प्रतिबद्ध गर्ने छैनन् (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 18(3))।
· उचित कारणविना महामारी विज्ञान अनुसन्धान अस्वीकार गर्ने, अवरोध पुर्याउने वा बेवास्ता गर्ने;
· गलत विवरण बनाउने वा गलत सामग्रीहरू प्रस्तुत गर्ने;
· जानीबुझी कुनै पनि तथ्यलाई छोड्ने वा लुकाउने।
महामारी विज्ञान अनुसन्धानको समय
- निम्न वर्गीकृत सान्दर्भिक आधारको घटनामा महामारी विज्ञान अनुसन्धान सञ्चालन गरिने छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको प्रवर्तन नियमको धारा 13):
· कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको आयुक्तले महामारी विज्ञान अनुसन्धान सञ्चालन गर्न आवश्यक हुँदा:
√ महामारी विज्ञान अनुसन्धान एकैसाथ कम्तीमा दुईवटा शहरहरू/Do मा सञ्चालन गर्न आवश्यक हुँदा;
√ सङ्क्रामक रोगको प्रकोप वा फैलावलाई रोक्न तत्काल अनुसन्धान आवश्यक हुँदा;
√ विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरको नगरप्रमुख वा सहरको नगरप्रमुख/Do गभर्नरद्वारा महामारी विज्ञान अनुसन्धान सञ्चालन गर्दा अपर्याप्त वा अव्यावहारिक ठानिएमा;
· विशेष स्वशासित प्रान्तका गभर्नर विशेष स्वशासित सहरको नगरप्रमुख वा नगरप्रमुख/Do गभर्नर वा Si/Gun/Gu (स्वायत्त Gu भनिने) को प्रमुखले महामारी विज्ञान अनुसन्धान सञ्चालन गर्न आवश्यक हुँदा:
√ सङ्क्रामक रोग हुने सम्भावना हुँदा र उहाँको अधिकार क्षेत्र भित्र प्रबल रूपमा देखिएमा;
√ सङ्क्रामक रोग हुने सम्भावना हुँदा र उहाँको अधिकार क्षेत्र भित्र प्रबल रूपमा देखिएमा तर उहाँको क्षेत्राधिकार भित्र महामारी विज्ञानको सम्पर्क शंकास्पद हुँदा;
महामारी विज्ञान अनुसन्धानका अधिकारीहरू
- महामारी विज्ञान अनुसन्धानका अधिकारीहरूले महामारी विज्ञान अनुसन्धानसम्बन्धी समस्याहरू समाधान गर्न कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको कम्तीमा 30 जना सार्वजनिक अधिकारीहरू र सहर/Do को कम्तीमा 2 जना सार्वजनिक अधिकारीहरूलाई नियुक्त गर्छन् (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 60-2(1) को मुख्य परिच्छेद)।
※ केही अवस्थाहरूमा, चिकित्सा सेवा ऐनको धारा 2(1) मा उल्लेख गरिएका स्वास्थ्यकर्मीहरूमध्ये कम्तीमा एकजना सहर/Do महामारी विज्ञान अनुसन्धान अधिकारी चिकित्सक हुनु पर्ने छ। महामारी विज्ञान अनुसन्धानसम्बन्धी समस्या समाधान गर्न आवश्यक हुँदा, Si/Gun/Gu का सार्वजनिक अधिकारीहरूको रूपमा महामारी विज्ञान अनुसन्धान अधिकारीहरू हुन सक्छन् Si/Gun/Gu को प्रमुखले भने (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथामको धारा 60-2(1) मा प्रावधान गरिएको)।
- महामारी विज्ञान अनुसन्धान अधिकारीहरू ‍महामारी विज्ञान अनुसन्धानमा शिक्षा तथा प्रशिक्षणको कोर्स पूरा गरेका निम्न व्यक्तिहरू मध्ये कुनै पनि व्यक्तिलाई नियुक्त गरिने छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 60-2(2)):
· महामारी नियन्त्रण, महामारी विज्ञान अनुसन्धान वा खोप लगाउनेसम्बन्धी समस्याको सार्वजनिक अधिकारी इन्चार्ज;
· चिकित्सा सेवा ऐनको धारा 2(1) मा निर्धारण गरिएअनुसार चिकित्सा कर्मचारी;
· सङ्क्रामक रोग र महामारी विज्ञानसँग सम्बन्धित क्षेत्रहरूका अन्य विशेषज्ञहरू जस्तै औषधि मामिला ऐनको धारा 2 को उपअनुच्छेद 2 मा निर्धारित फार्मासिस्ट र पशुचिकित्सा ऐनको धारा 2 को उपअनुच्छेद 1 मा निर्धारित पशुचिकित्सक।
- प्रत्येक महामारी विज्ञान अनुसन्धान अधिकारीले निम्नलिखित कार्यहरू गर्नु पर्नै छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको प्रवर्तन नियमको धारा 26(2)):
· महामारी विज्ञान अनुसन्धानसम्बन्धी योजनाहरू बनाउने;
· महामारी विज्ञान अनुसन्धानमा फेला परेका कुराहरू सञ्चालन र विश्लेषण गर्ने;
· महामारी विज्ञान अनुसन्धान सञ्चालन गर्न मापदण्ड र विधिहरू विकास गर्ने;
· महामारी विज्ञान अनुसन्धानसम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्ने;
· महामारी विज्ञानसम्बन्धी शिक्षा तथा प्रशिक्षण प्रदान गर्ने;
· सङ्क्रामक रोगहरूमा महामारी विज्ञानको अनुसन्धान सञ्चालन गर्ने।
- महामारी विज्ञान अनुसन्धान अधिकारीले आपतकालीन अवस्थामा स्थायी रूपमा निम्न उपायहरू अपनाउन सक्छन् जसमा तुरुन्तै उपायहरू नअपनाएमा जनस्वास्थ्यमा गम्भीर हानी हुन सक्ने सङ्क्रामक रोगको फैलावटलाई अनुमान गरिएको छ। महामारी विज्ञान अनुसन्धान अधिकारीले केही उपायहरू अपनाएको बेलामा, उहाँले त्यस्ता तथ्यलाई कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको आयुक्त, विशेष स्वशासित प्रान्तका गभर्नरले तुरुन्तै रिपोर्ट गर्नुपर्नै हुन्छ। विशेष स्वशासित सहरको नगरप्रमुख वा सान्दर्भिक नगरप्रमुख/Do गभर्नर (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 60-2(4) र (6) र धारा 47 को उपअनुच्छेद 1)।
· अस्थायी समापन;
· सर्वसाधारण जनताहरूको प्रवेश निषेध;
· सान्दर्भिक स्थानहरूमा यताउती जान प्रतिबन्ध;
· मार्ग अवरोधका अन्य उपायहरू;
- प्रहरी निकायको प्रमुख, आगलागी नियनत्रण गर्ने सरकारी कार्यालय र जनस्वास्थ्य केन्द्रका निर्देशक जस्ता सान्दर्भिक सार्वजनिक अधिकारीहरूले राम्रो कारण नभएसम्म महामारी विज्ञान अनुसन्धान अधिकारीले उठाएका उपायहरूमा सहयोग गर्ने छन् (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 60-2(5))।
- कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका आयुक्त, विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरका नगरप्रमुख, नगरप्रमुख/Do गभर्नर र Si/Gun/Gu को प्रमुखले बजेटसम्बन्धी सीमा भित्र रहेर महामारी विज्ञान अनुसन्धान अधिकारीहरूलाई अनुसन्धान खर्च भुक्तान र यात्रासम्बन्धी खर्चहरूको प्रतिपूर्ति गर्न सक्नुहुन्छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको प्रवर्तन नियमको धारा 26(4))।