NEPAL

सङ्क्रामक रोगहरूको रोकथाम र व्यवस्थापन
सङ्क्रामक रोगहरू लागेका बिरामीहरूको व्यवस्थापन
बिरामीहरूको पहिचान र व्यवस्थापन
- जनस्वास्थ्य केन्द्रका निर्देशकले आफ्नो क्षेत्राधिकारमा बस्ने सङ्क्रामक रोग लागेका कुनै पनि बिरामीको रिपोर्ट प्राप्त गर्दा, उहाँले उक्त बिमारीलाई रजिष्टरमा दर्ता गरी रजिष्टरलाई सम्हालेर राख्नु हुने छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 15)।
- जनस्वास्थ्य क्लिनिकको निर्देशकले सङ्क्रामक रोग आदि लागेका बिरामीहरूको सूची तयार पार्नु हुने छ र त्यसलाई 3 वर्षसम्म राख्नु हुने छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको प्रवर्तन नियमको धारा 12(1) र संलग्न फाराम नं. 4)।