NEPAL

सङ्क्रामक रोगहरूको रोकथाम र व्यवस्थापन
सङ्क्रामक रोगहरूको रिपोर्टिङ प्रणाली
जनस्वास्थ्य केन्द्रका निर्देशकहरूद्वारा रिपोर्ट गरिने
- सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 11 र 12 अन्तर्गत बनाइएको रिपोर्ट प्राप्त भएपछि जनस्वास्थ्य केन्द्रको निर्देशकले सक्षम विशेष स्वशासित प्रान्तका गभर्नर वा Si/Gun/Gu प्रमुखलाई यसका विवरणहरूबारे रिपोर्ट गर्नु हुने छ जसले स्वास्थ्य तथा कल्याण मन्त्री, विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरको नगरप्रमुख, नगरप्रमुख/Do गभर्नर, क्रमश: लाई पनि त्यसबारे पालैपालो रिपोर्ट गर्नु हुने छ। (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 13(1))।
- माथि उल्लेख गरिए अनुसार रिपोर्ट प्राप्त भएपछि, स्वास्थ्य तथा कल्याण मन्त्री, विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरका नगरप्रमुख, नगरप्रमुख/Do गभर्नर वा Si/Gun/Gu को प्रमुखले धारा 11(1) को उप-अनुच्छेद 4 (कुनै पनि वर्ग 1 को सङ्क्रामक रोग सार्ने संदिग्ध व्यक्तिहरूमा सीमित) अन्तर्गत पर्ने व्यक्तिहरूले सङ्क्रामक रोगजनक परीक्षण गराउन आवश्यक पर्न सक्छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 13(2))।
※ सङ्क्रामक रोगजनक परीक्षण गर्न अस्वीकार गर्ने मानिसहरूलाई 3 मिलियन वनसम्म जरिवाना तिराएर सजाय दिइने छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 80 को उप-अनुच्छेद 2-2)।
- माथि उल्लेख गरिए अनुसार रिपोर्ट गर्न चाहने जनस्वास्थ्य केन्द्रको निर्देशकले सूचना प्रणालीका साथ विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरको नगरप्रमुख वा Si/Gun/Gu को प्रमुख (स्वशासित Gu को प्रमुख भनिने छ) लाई सङ्क्रामक रोगको परिस्थितिको सूचना, सङ्क्रामक रोग आदि भएको बिमारीको मृत्यु (जाँच) सम्बन्धी सूचना, रोगाणुहरू (विद्युतीय कागजातको फारामसम्बन्धी सूचना सहित) को जाँचको नतिजासम्बन्धी सूचना वा खोप लगाइसकेपछि हुने असमान्य प्रतिक्रियाको घटनासम्बन्धी सूचना पेश गरिने छ र विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरका नगरप्रमुख वा Si/Gun/Gu का प्रमुखले सूचना प्रणाली प्रयोग गरी प्रत्येक कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीको आयुक्त, विशेष स्वशासित सहरको नगरप्रमुख वा Si/Gun/Gu प्रमुखलाई त्यसरी रिपोर्ट गरिएका सम्बन्धित सूचना वा प्रकोप रिपोर्ट पेश गर्नु पर्ने छ (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 13(3), र सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको प्रवर्तन नियमको धारा 10 र संलग्न फाराम नं. 1-3, 1-4, 1-5 र 2)।
· वर्ग 1 का सङ्क्रामक रोगहरू लाग्ने, मृत्यु हुने र सङ्क्रामक रोगजनक परीक्षणको नतिजासम्बन्धी घटनाबारे रिपोर्टिङ गर्ने; सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 11 र 12 अन्तर्गत रिपोर्ट गरिसकेपछि तुरून्तै
· वर्ग 2 र 3 का सङ्क्रामक रोग, मृत्यु र सङ्क्रामक रोगजनक परीक्षणको नतिजासम्बन्धी घटनाबारे रिपोर्टिङ गर्ने; सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 11 र 12 अन्तर्गत रिपोर्ट गरिएको 24 घण्टाभित्र
· वर्ग 4 को सङ्क्रामक रोग र मृत्युसम्बन्धी घटनाबारे रिपोर्टिङ गर्ने; सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 11 र 12 अन्तर्गत रिपोर्ट गरिएको 7 दिनभित्र
· खोप लगाएपछिको असामान्य प्रतिक्रियाबारे रिपोर्टिङ गर्ने: सङ्क्रामक रोग नियन्त्रण तथा रोगथाम ऐनको धारा 11 अन्तर्गत रिपोर्ट गरिएको तुरुन्तै
अन्य रिपोर्टिङ
- यात्रुले सङ्क्रामक रोग भएको पुष्टि गरेपछि, प्रत्येक एक्सकर्सन शिफ/फेरी व्यावसायिक अपरेटर र उहाँको हेरचाह टोलीले ढिलाइ नगरिकन Si/Gun/Gu प्रमुख तथा प्रहरी चौकीको प्रमुखलाई वा त्यस नजिकैको समुद्री गार्ड स्टेशनमा त्यसबारे रिपोर्ट दायर गर्नु पर्ने छ (भ्रमण जहाज तथा फेरी व्यावसायिक ऐनको धारा 29(1) को उप-अनुच्छेद 1)।
- माथि उल्लेख गरिए अनुसार दायर गरेको रिपोर्ट प्राप्त गरेपछि, विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरका नगरप्रमुख वा Si/Gun/Gu प्रमुख र प्रहरी चौकीको प्रमुख वा समुद्री गार्ड स्टेशनको प्रमुखले ढिलाइ नगरिकन उचित नगरप्रमुख/Do गभर्नर वा क्षेत्रीय समुद्री गार्डको कमाण्डरलाई रिपोर्ट गर्नुपर्छ र जीवन बचाउने क्रियाकलापहरू सहितका घटनालाई नियन्त्रण गर्नका लागि आवश्यक उपायहरू अपनाउनुपर्छ (भ्रमण जहाज तथा फेरी व्यावसायिक ऐनको धारा 29(2)।
- कुनै पनि क्षेत्र वा सुविधास्थलमा वा सम्बन्धित क्षेत्राधिकार अन्तर्गतका मामिलाहरूका सम्बन्धमा, सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन अन्तर्गत सङ्क्रामक रोग वा नयाँ विदेशी सङ्क्रामक रोगको आन्तरिक प्रवाहको फैलावका कारण कुनै पनि प्रकोप निम्तिएमा वा निम्तन सक्ने सम्भावना भएमा, प्रकोपको स्थिति रिपोर्ट गर्ने पक्ष (विविशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरको नगरप्रमुख, Si/Gun/Gu प्रमुख, अग्री स्टेशन प्रमुख, समुन्द्री गार्ड स्टेशन प्रमुख, विपद् व्यवस्थापन ऐजेन्सी प्रमुख वा राष्ट्रिय पूर्वाधार) ले सम्बन्धित प्रकोपको अवस्थाका विवरणहरू र रिपोर्ट गर्न ढिलाइ नगरिकन अपनाइएका आपतकालीन उपायहरू र यसको व्यवस्थापनका सम्बन्धमा क्रमश: गृह तथा सुरक्षा मन्त्री, सम्बन्धित विपत् व्यवस्थापन निरीक्षण ऐजेन्सी, सम्बन्धित विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरको नगरप्रमुख, नगरप्रमुख/Do गभर्नरलाई तुरुन्तै रिपोर्ट गर्नु पर्ने छ (विपद् व्यवस्थापन तथा सुरक्षासम्बन्धी फ्रेमवर्क ऐनको धारा 20(1) को पूर्व भाग र विपद् व्यवस्थापन तथा सुरक्षासम्बन्धी फ्रेमवर्क ऐनको प्रवर्तन नियमको धारा 5-2 को उप-अनुच्छेद 5)।
- सम्बन्धित प्रकोप व्यवस्थापन सुपरभाइजर एजेन्सी र सम्बन्धित विशेष स्वशासित प्रान्तका गभर्नर, विशेष स्वशासित सहरका नगरप्रमुख वा नगरप्रमुख/Do गभर्नरले तिनीहरूको पुष्टि गरी सङ्कलन गरिसकेपछि आन्तरिक मामिला तथा सुरक्षा मन्त्रीलाई त्यसबारे सूचित गर्नुपर्छ (विपत्ति व्यवस्थापन तथा सुरक्षासम्बन्धी फ्रेमवर्क ऐनको धारा 20(1) को पछिल्लो भाग)।