NEPAL

सङ्क्रामक रोगहरूको रोकथाम र व्यवस्थापन
सङ्क्रामक रोग भनेको के हो?
सङ्क्रामक रोगहरूको अवधारणा
- "सङ्क्रामक रोग" शब्द भनेको वर्ग 1 को सङ्क्रामक रोग, वर्ग 2 को सङ्क्रामक रोग, वर्ग 3 को सङ्क्रामक रोग, वर्ग 4 को सङ्क्रामक रोग, वर्ग 5 को सङ्क्रामक रोगमा वर्गिकृत कुनै पनि सङ्क्रामक रोग, परजीवी रोग, विश्व स्वास्थ्य सङ्गठनद्वारा निरीक्षण अन्तर्गतका सङ्क्रामक रोग, जीव आतंकवादमार्फत फैलने सङ्क्रामक रोग, यौन सम्पर्कबाट सर्ने सङ्क्रामक रोग, जुनोटिक र नोसोकोमियल सङ्क्रामक रोग हो (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन धारा 2 को उपअनुच्छेद 1)
सङ्क्रामक रोगका प्रकारहरू
- सङ्क्रामक रोगका प्रकारहरू यसप्रकार छन् (सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐनको धारा 2 को उपअनुच्छेद 2 देखि 12 सम्म र "स्वास्थ्य तथा कल्याण मन्त्रीद्वारा तोकिएको सङ्क्रामक रोगका प्रकारहरू" को उपअनुच्छेद 1):

वर्गीकरण 

अवधारणा 

सङ्क्रामक रोगका प्रकारहरू 

वर्ग 1 का सङ्क्रामक रोगहरू 

 

प्रकोप वा महामारी साथसाथै नेगेटिभ पेसर आइसोलेसन जस्ता उच्च स्तरको आइसोलेसनको बारेमा तत्काल रिपोर्टिङ गर्न आवश्यक पर्ने बायोटेररिज्म वा उच्च मृत्यु दर वा सामूहिक प्रकोपको उच्च जोखिम भएका सङ्क्रामक रोगहरूबाट फैलिने सङ्क्रामक रोगहरू (तर, वर्ग 1 सङ्क्रामक रोगहरूमा स्वास्थ्य तथा कल्याण मन्त्रीको परामर्शको साथमा कोरियन रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको आयुक्तद्वारा नियुक्त गरिएको सङ्क्रामक रोगहरू समावेश हुने छन् किनकि तिनीहरू करिया गणराज्यमा अचानक प्रसारित हुने वा महामारी हुने कुरा भविष्यवाणी गरिएको छ र तत्काल रोकथाम र नियन्त्रण आवश्यक छ) 

एबोला भाइरस रोग, मारबर्ग हेमोरेजिक ज्वारो, लासा ज्वरो, क्रिमियन-कङ्गो हेमोरेजिक ज्वरो, साउथ अमेरिकन हेमोरेजिक ज्वरो, रिफ्ट भ्याल्ली ज्वरो, स्मलपक्स, पेस्ट, एन्थ्राक्स, बोटलिनम, टुलेरिमिया, उदीयमान सङ्क्रामक रोग सिन्ड्रोम, गम्भीर तीव्र श्वासप्रश्वास सिन्ड्रोम (SARS), मिडल इस्ट श्वासप्रश्वास सिन्ड्रोम (MERS), मानवमा हुने एभियन इन्फ्लुएन्जा संक्रमण, नोबेल इन्फ्लुएन्जा र डिप्थेरिया 

वर्ग 2 का सङ्क्रामक रोगहरू 

सङ्क्रामक रोगहरू जुन प्रकोप वा महामारीको 24 घण्टा भित्र प्रसारणको सम्भावनालाई ध्यानमा राखि रिपोर्ट गरिनुपर्नेछ र अलग्गै बस्न आवश्यक हुने छ (तर, वर्ग 2 सङ्क्रामक रोगहरूमा स्वास्थ्य तथा कल्याण मन्त्रीको परामर्शको साथमा कोरियन रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको आयुक्तद्वारा नियुक्त गरिएको सङ्क्रामक रोगहरू समावेश हुने छन् किनकि तिनीहरू करिया गणतन्त्रमा अचानक प्रसारित हुने वा महामारी हुने कुरा भविष्यवाणी गरिएको छ र तत्काल रोकथाम र नियन्त्रण आवश्यक छ)

क्षेयरोग, भारिसेल्ला, दादुराहरू, हैजा, टाइफाइट, प्यारसटाइफाइट, स्हिजेल्लोसिस, इन्टरोरिजिया भएको कोलोन ब्यासिलस संक्रमण, हेपटाइटिस A, पर्टुसिस, मम्प्स, रूबेला, पोलियोमाइलिटिस, मेनिङ्गोकोक्कल मेनिन्जाइटिस, हेमोफिलस इन्फ्लुएन्जा टाइप B, स्ट्रेप्टोकोक्कस निमोनिया संक्रमण, हान्सेन्स् रोग, स्कार्लेट ज्वारो, भ्यानकोनोमिक रेसिसटेन्ट स्टेफिलोकोकस औरियस (VRSA) र कारबेन्पेन्म- इन्ट्रोब्याक्टेरिएक (CRE) सङ्क्रमणहरू,भाइरल हेपाटाइटिस E, कोभिड-१९ र मङ्कीपक्स

वर्ग 3 का सङ्क्रामक रोगहरू 

सङ्क्रामक रोगहरू जुन प्रकोप वा महामारीको रूपमा फैलिएको 24 घण्टा भित्र रिपोर्ट गरिनुपर्ने छ जसकारण यसको लगातार निगरानी आवश्यक पर्छ (तर, वर्ग 3 सङ्क्रामक रोगहरूमा स्वास्थ्य मन्त्रीको परामर्शको साथमा कोरियन रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको आयुक्तद्वारा नियुक्त गरिएको सङ्क्रामक रोगहरू समावेश हुने छन् किनकि तिनीहरू करिया गणराज्यमा अचानक प्रसारित हुने वा महामारी हुने कुरा भविष्यवाणी गरिएको छ र तत्काल रोकथाम र नियन्त्रण आवश्यक छ)

टिटानस, हेपाटाइटटिस B, जापानी इन्सेफलाइटिस, हेपाटाइटिस C, मलेरिया, लिगोनोलोसिस, भाइब्रियो, भुल्निफिकस सेप्सिस, एपिडेमिक टाइफस, मुरिन टाइफस, स्क्रब टाइफस, लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिस, रेबिज, मृगौला सिन्ड्रोमको साथ हेमोरेजिक ज्वरो, एक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम (AIDS), Creutzfeldt-Jakob रोग (CJD) र भेरिएन्ट Creutzfeldt-Jakob रोग (vCJD), येल्लो फिभर (Yellow fever), डेंगु ज्वरो, क्यु ज्वरो, वेस्ट नाइल ज्वरो, लाइम रोग (लाइम बोरेलियोसिस), टिक- इन्सेफलाइटिस, मेलियोइडोसिस, चिकनगुनिया ज्वरो, थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका साथ गम्भीर ज्वरो (SFTS) र जिका भाइरस सङ्क्रमण

वर्ग 4 का सङ्क्रामक रोगहरू 

वर्ग 1 देखि 3 सम्मको सङ्क्रामक रोगबाहेक तिनीहरू महामारी हो कि होइन भनेर अनुसन्धान गर्न सेन्टिनल निगरानीको आवश्यकता पर्ने सङ्क्रामक रोगहरू

इन्फ्लुएन्जा, सिफिलिस, एस्केरियासिस, ट्राइचुरियासिस, एन्टरोबियासिस, क्लोनोर्कियासिस, पैरागोनिमियासिस, फासियोलोप्सिस बुस्की, हात, खुट्टा र मुख रोग, गोनोरिया, क्लामाइडिया संक्रमण, चन्क्रोइड, जननांग हर्पेस, कन्डिलोमा एक्युमिनाटा, भ्यानकोनोमिक- इनटरोकोकिक (VRE) संक्रमण, मेथिसिलिन प्रतिरोधी स्टेफिलोकोकस औरियस (MRSA) संक्रमण, बहुऔषधि प्रतिरोधी स्यूडोमोनास एरुगिनोसा (MRSA) संक्रमण, बहुऔषधि प्रतिरोधी Acinetobacter baumannii (MRAB) संक्रमण, नोरोभाइरस संक्रमण, तीव्र श्वसन संक्रमण, आयातित परजीवी रोग, इन्ट्रोभाइरस संक्रमण र मानव पापिलोमा भाइरस संक्रमण

परजीवी रोगहरू

परजीवीको सङ्क्रमणबाट फैलिने सङ्क्रामक रोगहरू 

एस्केरियासिस, ट्राइचुरियासिस, एन्टरोबियासिस, क्लोनोर्कियासिस, प्यारागोनिमस, फासियोलोप्सिस बुस्की र आयातित परजीवी रोग

विश्व स्वास्थ्य संगठनद्वारा निगरानीमा रहेका सङ्क्रामक रोगहरू 

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका आयुक्तद्वारा सार्वजनिक रूपमा सूचित गरिएअनुसार अन्तर्राष्ट्रिय जनस्वास्थ्यका आपतकालीन अवस्थाहरूका लागि तयारी गर्न विश्व स्वास्थ्य सङ्गठनद्वारा निरीक्षण गर्ने सम्बन्धमा डिजाइन गरिएका सङ्क्रामक रोगहरू

स्मलपक्स, पोलियो, नोभल इन्फ्लुएन्जा, गम्भीर तीव्र श्वासप्रश्वाससम्बन्धी सिन्ड्रोम (SARS), हैजा, न्यूमोनिक प्लेग, येल्लो फिभर (yellow fever), भाइरल हेमोरेजिक ज्वरो र वेस्ट नाइल ज्वरो 

जैविक आतंकवादमार्फत फैलिने सङ्क्रामक रोग 

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका आयुक्तद्वारा सार्वजनिक रूपमा सूचित गरिएनुसार यी मध्ये कि त जानाजानी प्रयोगबाट वा आतंकवाद, आदिका लागि प्याथोजनहरूद्वारा फैलिएका सङ्क्रामक रोगहरू। 

एन्थ्रेक्स, बोटुलिज्म, पेस्ट, मारबर्ग हेमोरेजिक ज्वरो, इबोला ज्वरो, लासा ज्वरो, स्मलपक्स र टुलेरेमिया 

यौन सम्पर्कबाट सर्ने सङ्क्रामक रोग 

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका आयुक्तद्वारा सार्वजनिक रूपमा सूचित गरिएनुसार यी मध्ये यौन सम्पर्कबाट सर्ने सङ्क्रामक रोगहरू 

भिरिङ्गी, गोनोरिया, चेनक्रोइड, लैङ्गिक हर्पिस र कन्डिलोमा एक्युमिनाटा 

जुनोसिस 

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका आयुक्तद्वारा सार्वजनिक रूपमा सूचित गरिएनुसार यी मध्ये जनावरदेखि मानव र मानवदेखि जनावरबाट सर्ने प्याथोजनहरूद्वारा फैलिएका सङ्क्रामक रोगहरू 

इन्टरोरेजिया भएको कोलोन ब्यासिलस संक्रमण, जापानी इन्सेफलाइटिस, ब्रुसेलोसिस, एन्थ्र्याक्स, रेबिज, मानवमा हुने एभियन इन्फ्लुएन्जा संक्रमण, गम्भीर तीव्र श्वासप्रश्वाससम्बन्धी सिन्ड्रोम (SARS), संस्करण Creutzfeldt-Jakob रोग (vCJD), Q ज्वरो र क्षयरोग

नोसोकोमियल सङ्क्रामक रोग 

चिकित्सा गतिविधिहरूको क्रममा आमाहरू, इत्यादि बाहेक बिरामीहरूमा देखा पर्ने सङ्क्रामक रोगहरू, जसलाई निगरानी गर्न आवश्यक पर्ने हुनाले कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीको आयुक्तद्वारा सार्वजनिक रूपमा सूचित गरिएको छ 

भ्यानकोनोमिक-रेसिसटेन्ट स्टेफिलोकोकस औरियस (VRSA), भ्यानकोनोमिक-रेसिसटेन्ट इनटरोकोकिक (VRE) संक्रमण, मेथिसिलिन प्रतिरोधी स्टेफिलोकोकस औरियस (MRSA) संक्रमण, बहुऔषधि प्रतिरोधी स्यूडोमोनास एरुगिनोसा (MRPA) संक्रमण, बहुऔषधि प्रतिरोधी Acinetobacter baumannii (MRAB) संक्रमण र कार्बापेनम-रेसिस्टेन्ट एन्टेरोब्याक्टेरियासेइ (CRE)