NEPAL

ज्यालाहरू
ज्यालाको अर्थ
ज्यालाको अवधारणा
- "ज्याला" भन्नाले ज्यालाहरू, तलब वा कुनै पनि अन्य प्रकारको पैसा वा मूल्यवान वस्तुहरूलाई तिनीहरूका शीर्षकहरूलाई ध्यान नदिइ जनाउँछ जुन रोजगारदाताले कामको पारिश्रमिकको रूपमा कामदारलाई भुक्तान गर्नुहुन्छ (श्रम मानदण्डहरूको ऐन सह-अनुच्छेद 5 धारा 2 (1))।
※ "कामदार" भन्नाले जुनसुकै पेशामा संलग्न भएपनि व्यक्तिलाई जनाउँछ जसले ज्यालाहरू कमाउने उद्देश्यको लागि व्यवसाय वा कार्यस्थलमा काम प्रस्ताव गर्छन् (श्रम मानदण्डहरूको ऐन सह-अनुच्छेद 1 धारा 2 (1))।
※ "रोजगारदाता" भन्नाले व्यवसायको मालिक वा व्यवसायको व्यवस्थापनको लागि उत्तरदायी व्यक्ति वा कामदारहरूसँग सम्बन्धित विषयहरूको सम्बन्धमा व्यवसायको मालिकको तर्फबाट काम गर्ने व्यक्तिलाई जनाउँछ (श्रम मानदण्डहरूको ऐन सह-अनुच्छेद 2 धारा 2 (1))।
ज्यालाको अवधारणाका तत्त्वहरू
- रोजगारदाताद्वारा कामदारलाई भुक्तानी
· सैद्धान्तिक रूपमा, ज्याला "रोजगारदाताद्वारा कामदारलाई" भुक्तानी गरिन्छ भने विभिन्न सामजिक बीमा कार्यक्रमहरू अनुसार रोजगारदाताले वहन गर्ने बीमा प्रिमियममा ज्यालाको अर्थमा पर्दैन। ज्यालामा ग्राहकहरूद्वारा कामदार आदिलाई भुक्तानी गरिएको पारिश्रमिक वा टिप समाविष्ट गर्दैन।
- कामको पारिश्रमिक
· ‘कामको पारिश्रमिक जुन कामको आपूर्तिमा फिर्ता भएमा भुक्तानी गरिन्छ’ कामको आपूर्तिसँग प्रत्यक्ष रूपमा वा नजिकैबाट सम्बन्धित हुँदा पैसा वा मूल्यवान वस्तुहरूको दायित्व बढ्छ भन्ने तथ्यको आधारमा निर्णय गरिन्छ।
※ ज्यालाको क्षेत्रसँग सम्बन्धित न्यायिक पूर्ववर्ती
- वैदेशिक सेवाका भत्ताहरू
· सम्बन्धित स्थितिमा समतुल्य हुने घरेलू कामदारहरूको नियमित ज्यालाको तुलनामा वैदेशिक कामको अवधिमा कमाइएको ज्यालाको अधिक भागलाई कामको विषयमा गरिएको भुक्तानीको रूपमा नभइ वैदेशिक संवाददाताको रूपमा विदेशी राष्ट्रहरूमा सेवाहरू गरेको अवधिमा विशेष परिस्थितिहरू अन्तर्गत प्राप्त गरिएको वास्तिविक खर्चको क्षतिपूर्ति वा अल्पकालीन ज्यालाको रूपमा हेरिनुपर्छ (सर्वोच्च अदालत निर्णय, 11. 9.1990, 90 Daka 4683)।
- अनुसन्धानका भत्ताहरू
· निश्चित अनुसन्धानको उपलब्धीको लागि वास्तविक खर्चको क्षतिपूर्तिका उद्देश्यहरूको लागि नभई निरन्तर र नियमित आधारको सम्बनधमा भुक्तानी गरिन्छ भने अनुसन्धान र विद्यार्थीको मार्गदर्शन भत्तालाई ज्यालाहरूको रूपमा उचित तरिकाले विचार गर्नुपर्छ, उक्त कामको पारिश्रमिक हो। (सर्वोच्च अदालत निर्णय, 9.28.1977, 77 Da 300)।
- लाभांश
· यदि लाभांश निरन्तर र नियमित आधारमा भुक्तानी गरिन्छ र रकम निर्धारित छ भने, ज्यालाहरूको भुक्तानीको अवस्था अनिश्चित र अस्थायी भएको बेलामा यसलाई ज्यालाहरूको अर्थमा समावेश नगरिँदा कामको पारिश्रमिकको रूपमा अर्थ लगाइन्छ (सर्वोच्च अदालत निर्णय, 6.11.2002, 2001 Da 16722)।
- पारिवारिक भत्ताहरू
· कम्पनी पारिवारिक भत्ताहरू भुक्तानी गर्न बाध्य हुन्छ र भत्ताहरू निश्चित आवश्यकताहरूमा सन्तुष्ट हुने कामदारहरूलाई भुक्तानी गरिन्छ भने, पारिवारिक भत्ताहरू उनीहरू स्वेच्छित र अनुकूल नहुँदा कामको पारिश्रमिकको रूपमा ज्यालाहरूमा पर्छ (सर्वोच्च अदालतको निर्णय, 5.26.2006, 2003 Da 54322, 54339)।
- चालकको बीमा
· चालकको बीमा कामको सम्बन्धमा भुक्तानी गरिएका ज्यालाहरूको वर्गमा समावेश हुँदैन, यदि भएमा, श्रमिक युनियनको समग्र सम्झौता अनुसार, सम्बन्धित रकम ट्राफिक दुर्घटनाहरूको अवस्थामा स्थिर जीवन राख्नको लागि कोषहरूको रूपमा रोजगारदाताबाट मासिक रूपमा सङ्कलन गरिन्छ र श्रमिक युनियनका सदस्यहरूलाई वितरण गरिन्छ (सर्वोच्च अदालतको निर्णय, 7.23.2002, 2000 Da 29370)।
- खानाका खर्चहरू
· यदि रोजगारदाताद्वारा कामदारहरूलाई उपलब्ध गराइएका खानाका भौचरहरू 2 दिनको लागि प्रभावकारी हुन्छन् र नगद वा वस्तुहरूको लागि आदनप्रदान गर्न सकिने छन् भने, खाना कामदारको कल्याणको लागि उपलब्ध गराइनछ र ज्यालाहरूको रूपमा विचार गर्न सकिँदैन, त्यो कामको पारिश्रमिक हो (सर्वोच्च अदालतको निर्णय, 7.23.2002, 2000 Da 29370)।
साधारण ज्याला र औसत ज्याला
- साधारण ज्याला
· "साधारण ज्याला" भन्नाले घण्टा, दैनिक, हप्ता वा मासिक हिसाबले हुने ज्यालाहरू वा विशेष रूपमा स्वीकार गरिएको कार्य वा नियमित र फ्ल्याट आधारको समग्र कार्यहरूको लागि कामदारलाई भुक्तानी गरिने सम्झौताका लागतहरूलाई जनाउँछ (श्रम मानक ऐनको प्रवर्तन निमयको धारा 6 (1))।
· साधारण ज्याला निम्न हिसाबको आधारमा हुनेछ:
√ औसत ज्यालाको न्यूनतम मानक ग्यारेन्टी दिइन्छ (श्रम मानक ऐनको धारा 2 (2) र 1993.11.9 मा निर्णय गरिएको सर्वोच्च अदालतको निर्णय 93Da8659 हेर्नुहोस्)
√ अग्रिम सूचनामा निष्काशनको भत्ता (श्रम मानक ऐनको धारा 26)
√ विस्तारित, रात वा बिदाको कामको भत्ता (श्रम मानक ऐनको धारा 56)
√ वार्षिक भुक्तानी गरिएको बिदाको भत्ता (श्रम मानक ऐनको धारा 60 (5))
√ मातृत्व बिदा लाभको भत्ता (श्रम मानक ऐनको धारा 75)
· साधारण ज्यालाहरूको लागि हिसाबको आधार हुने ज्यालाहरू रोजगारीका सम्झौता वा रोजगारीका नियमहरू वा संग्रहित सम्झौताहरू आदि अनुसार निश्चित अवधि (निर्दिष्ट कामदारहरूको घण्टा विद्यमान हुँदैन भने वैधानिक कार्य गर्ने घण्टा) सम्म भुक्तानी गरिने आधारभूत ज्यालाहरू र नियमित तथा 1ज्यालाको हिसाबको अवधि [शिर्षक 3 (1) मा पोशाक आधारमा भुक्तानी गरिने निश्चित रकमका ज्यालाहरू समाविष्ट हुन्छन् (रोजगार तथा श्रम मन्त्रालयको स्थापित नियम नं. 47, 9.25.2012 । आदेश दिइएको.प्रवर्तन गरिएको)]।
· साधारण ज्यालाको परिभाषालाई यसको शीर्षक अनुसार एकल रूपमा नभई साधारण ज्यालाको अर्थ, रोजगारी सम्झौताको प्रावधान वा रोजगारी वा संग्रहित सम्झौताहरूका नियमहरू, रोजगारको प्रकार र कामका रूप, भुक्तानी कस्टम्स र आदिको व्यापक आधारमा विचार गर्नुपर्छ (साधारण ज्यालाको हिसाब गर्ने मार्गदर्शनको धारा 5-2 को प्रावधानहरू)।
- औसत ज्याला
· ‘औसत ज्याला’ भन्नाले 3 महिनाको अवधिमा जम्मा पात्रो दिनले उहाँको औसत ज्याला हिसाब गर्ने दिनअघि तुरुन्तै तीन पात्रको महिनाको अवधिमा सान्दर्भिक कामदारलाई भुक्तानी गरिने जम्मा रकमलाई विभाजन गरी निकालिएको रकमलाई जनाउँछ (श्रम मानक ऐमको सह-अनुच्छेद 6 धारा 2 (1) को मुख्य वाक्य)।
· औसत ज्याला 3 महिनाको अवधिमा जम्मा पात्रो दिनले उहाँको औसत ज्याला हिसाब गर्ने दिनअघि तुरुन्तै तीन पात्रको महिनाको अवधिमा सान्दर्भिक कामदारलाई भुक्तानी गरिने जम्मा रकमलाई विभाजन गरी निकालिन्छ। उक्त निकालिएको रकम सम्बन्धित कामदारको साधारण ज्यालाभन्दा कम हुँदा, साधारण ज्यालाको रकमलाई उहाँको औसत ज्याला मानिनेछ (श्रम मानक ऐनको धारा 2 (2))।
· औसत ज्याला अवकाश लाभहरू, व्यावसायिक निलम्बन भत्ता र वार्षिक भुक्तान गरिने बिदा/छुट्टीका लाभहरू आदिको आधारमा हुन्छ।
※ औसत ज्याला कसरि निकाल्ने
औसत ज्याला = द्वारा भएको उहाँको औसत ज्याला हिसाब गर्ने दिनअघि तुरुन्तै 3 पात्रको महिनाको अवधिमा सान्दर्भिक कामदारलाई भुक्तानी गरिने जम्मा रकम ÷ 3 महिनाको अवधिमा जम्मा पात्रो दिन