NEPAL

राष्ट्रिय स्वास्थ्य बीमा (बीमित कर्मचारीको लागि)
अस्वीकारको बारेमा आवाज उठाउने
विरोध दायर गर्न दक्ष व्यक्ति
- बीमित कर्मचारी वा उहाँका आश्रितहरू (जीवनसाथी र वंशाणुगत रूपमा प्रबल तथा दुबर्लहरूलाई सन्दर्भित) का योग्यता, बीमा योगदान, बीमा सम्बन्धी लाभ र बीमा सम्बन्धी लाभका लागतहरूको सम्बन्धमा NHIS ले गरेका निर्णयहरूसँग असन्तुष्ट व्यक्तिले औपचारिक रूपमा NHIS मा त्यस्ता विरोध गर्न सक्नुहुन्छ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 87 ①)।
विरोध दायर गर्ने अवधि
- कुनै पनि विरोध व्यक्ति त्यस्तो निर्णयको बारेमा सचेत भएको मितिपछि 90 दिन भित्रमा लिखित रूपमा (विद्युतीय कागजातका माध्यमहरूद्वारा सहित) दायर गरिनेछ र निर्णय गरिएको मितिबाट 180 दिनपछि दायर गरिनेछैन: कानूनी कारणले गर्दा सन्दर्भित अवधिभित्र विरोध गर्न सकिएन भन्ने स्पष्टीकरण गरियो भने यो लागू हुनेछैन (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 87 ③)।
विरोध दायर गर्ने विधिहरू
- विरोध गर्न चाहने व्यक्तिले निर्देशित फाराम (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन नियमको फाराम 32) तयार गर्नुहुनेछ र व्यक्तिगत रूपमा NHIS मा गएर वा इमेल वा फ्याक्सद्वारा (शाखा, क्षेत्रिय मुख्यालय र मुख्यालयहरू) विरोधको आवेदन दायर गर्न गर्नुहुनेछ।
- विरोध गर्न चाहने व्यक्तिले अनलाइनबाट छुट्टै डाउनलोड नगरिकन आधिकारिक प्रमाणपत्रमार्पत NHIS को गृहपृष्ठमा लगइन गरेर विरोधको आवेदन दायर गर्न सक्नुहुन्छNHIS गृहपृष्ठ –NHIS को परिचय – विरोध समिति – दायर गर्नने विधिहरू / फाराम)।
दायर गरिएका विरोधहरूको निर्णय गर्ने अवधि
- NHIS र स्वास्थ्य बीमा समीक्षा तथा मूल्याङ्कन सेवाले लिखित विरोध प्राप्त भएको मितिबाट 60 दिनभित्र निर्णय गर्नेछ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन व्यवस्थाको धारा 58 ①को मुख्य वाक्य)।
- कुनै लघुकारी परिस्थितिहरू विद्यमान हुन्छन् भने, NHIS ले 30 दिनको सीमा भित्र सान्दर्भिक अवधिलाई लम्ब्याउन सक्छ। यो अवस्थामा, NHIS ले निर्धारित अवधिको म्याद समाप्त हुनुभन्दा 7 दिन अघिभन्दा ढिला नगरिकन आवेदकलाई त्यसको बारेमा सूचना प्रदान गर्नेछ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन व्यवस्थाको धारा 58 ①र धारा 58 ②को प्रावधान)।
दायर गरिएका विरोधहरूको निर्णयको सूचना
- NHIS वा स्वास्थ्य बीमा समीक्षा तथा मूल्याङ्कन सेवाले दायर गरिएको कुनै विरोधको निर्णय गरेपछि, यसले ढिलाइ नगरिकन त्यस्तो निर्णयको मूल कागजात आवेदकलाई र त्यसमा रूचि भएका अन्य पक्षहरूलाई त्यसका प्रतिलिपिहरू प्रदान गर्नेछ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन व्यवस्थाको धारा 57)।