NEPAL

राष्ट्रिय स्वास्थ्य बीमा (बीमित कर्मचारीको लागि)
गर्भवती, डेलिभरी तथा गर्भपात आदि जस्ता चिकित्सा खर्च सहायता गर्नको लागि योग्य व्यक्तिहरू र केही सहायताको लागि आवेदन
गर्भवती, डेलिभरी तथा गर्भपात आदि जस्ता चिकित्सा खर्च सहायता गर्नको लागि योग्य व्यक्तिहरू
- गर्भावस्थामा भएको वा बच्चालाई जन्म दिएको (गर्भपात र गर्भ मै मृत्यु हुने अवस्था सहित। यसपछि समान लागू हुनेछ) बीमित कर्मचारी वा उहाँका आश्रितहरूले त्यसको प्रमाणपत्र पेश गरेमा गर्भवती वा डेलीभरी हुँदा लाग्ने चिकित्सकीय खर्चहरू प्राप्त गर्नुहुन्छ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 50; राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन व्यवस्थाको धारा 23 ①; राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन नियमनको धारा 24 ①)।
गर्भवती र डेलिभरी, आदि हुँदा लाग्ने चिकित्सकीय खर्चहरूको आवेदनका विधिहरू।
- गर्भवती महिला वा दुई वर्षभन्दा कम उमेरको शिशुको कानुनी प्रतिनिधिले स्वास्थ्य बीमा अन्तर्गत गर्भवती तथा डेलिभरी हुँदाको अवस्थाका चिकित्सकीय खर्च सम्बन्धी सहायताको लागि आवेदन र गर्भवती वा डेलिभरी भएको प्रमाणपत्र NHIS, वित्तीय संस्था वा हुलाक सेवा एजेन्सीहरूमा स्वास्थ्य बीमा मार्फत गर्भवती तथा डेलिभरी हुँदाको अवस्थाको खर्च समेट्ने आवेदन पेश गर्नुपर्छ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन व्यवस्थाको धारा 23 ④; राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन नियमनको धारा 24 ① र धारा 64 ③ (1); र गर्भवती वा डेलिभरी हुँदाका चिकित्सकिय खर्चहरूको भुक्तानीसम्बन्धी सहायताका मापदण्डको धारा 3 ① र फाराम 1)।
※ तपाईंले < NHIS गृहपृष्ठको साइबर सिभिल उजुरी केन्द्र (minwon.nhis.or.kr) > मा गर्भवती तथा डेलिभरी हुँदाका चिकित्सकीय खर्चहरूको आवेदन दायर गर्न सक्नुहुन्छ.