NEPAL

सार्वजनिक यातायात प्रयोग गर्ने
मैले बस वा सबवेमा केही छुटाएँ भने के गर्ने?
यस्तो हुन्छ। तपाईं सबवे वा बसमा निदाउनुहुन्छ वा सुत्नुहुन्छ, अनि आफ्नो स्टपमा पुगेपछि केही छुटाएर आत्तिदै ओर्लनुहुन्छ।
तपाईंको क्रेडिट कार्ड र पहिचान भएको वालेट वा तपाईंको सेल फोनजस्ता बहुमूल्य सामान हराएमा विशेष रूपमा नराम्रो हुन्छ। यो एक सन्त्रास-पैदा गर्ने क्षण हो।
यद्यपि, जे हुनु थियो, भइसक्यो। अनियन्त्रित चक्कर काट्नुभन्दा, निम्न चरणहरूको पालना गर्नुहोस्:
तपाईंले आफ्नो सामान बसमा छोड्नुभयो भने
- सर्वप्रथम, बस कम्पनीसँग तपाईंको हराएको सामान छ वा छैन भनी सोध्न बस कम्पनीलाई सम्पर्क गर्नुहोस्। सामान अझै पनि प्राप्त नगरिएको भए, बसको मार्ग, नम्बर, तपाईंले सामान कहाँ छुटाउनुभयो भनी सकेसम्म व्याख्या गर्नुहोस् र तपाईंको सम्पर्क जानकारी छोड्नुहोस्।
- तपाईंले आफ्नो वस्तु खोज्ने प्रक्रिया गरिएको छ वा छैन भनी जान्न वा आफ्नो हराएको वस्तुको रिपोर्ट गर्न नजिकैको प्रहरी चौकी वा गस्ती चौकीमा फोन गर्न वा <प्रहरी एजेनन्सी हराएका वस्तुहरू बारे व्यापक जानकारी भएको साइट (http://www.lost112.go.kr/)> मा लग अन गर्न पनि सक्नुहुन्छ।
- तपाईंले आफ्नो हराएको वस्तु त्यहाँ राखिएको छ कि भनी हेर्न तपाईंको क्षेत्रको <सार्वजनिक यातायात हराएका र फेला परेका केन्द्र>मा सम्पर्क गर्न सक्नुहुन्छ।
<सार्वजनिक यातायात एकीकृत हराएका र फेला परेका केन्द्र (http://www.seoul.go.kr)>
· यो साइटलाई सिधै सिओल शहरको सरकारद्वारा चलाइन्छ। यसले आइ.सि.टी. प्रोमोशनको <सेल फोन रिकभरी कल सेन्टर> को लागि कोरिया एसोसिएसनसँग कार्य गर्दैछ, त्यसकारण तपाईंले यस साइटमा पनि हराएका सेल फोनहरू खोज्न सक्नुहुन्छ।
· इन्टरनेट प्रयोग नगर्नेहरूका लागि, <120 डासन कल सेन्टर> 24 सै घण्टा उपलब्ध छ। तपाईंले हराएका सामानहरू दर्ता गरिएको र राखिएको ठाउँ पत्ता लगाउन क्षेत्र कोड बिना नै 120 मा फोन गर्न सक्नुहुन्छ।
तपाईंले आफ्नो सामान सबवेमा छोड्नुभयो भने
- सर्वप्रथम, तपाईं चढ्नुभएको लाइनको अन्तिम स्टेशन र तपाईं ट्रेनबाट झर्नुभएको स्टेशनमा फोन गर्नुहोस्। तपाईं लाइनहरूको बीचमा स्थानान्तरण हुनुभयो भने, तपाईंले यात्रा गर्नुभएको हरेक अन्तिम स्टेशनहरूमा सम्पर्क गर्नु राम्रो उपाय हो।
· सबवेका हराएका र फेला परेका प्रणालीमा प्रत्येक दिन अत्यधिक संख्यामा हराएका सामानहरू संसाधित हुने भएकाले, तपाईंले फोन गर्दा आफ्नो हराएको सामानको बारेमा सकेसम्म विस्तृत हुनु बुद्धिमानी हुन्छ (कहिले हराएको, कस्तो देखिन्छ, भित्र के छ, अन्य विशेषताहरू)।
- तपाईंले आफ्नो हराएको वस्तु दर्ता गरियो वा गरिएको छैन भनी पत्ता लगाउन वा आफ्नो गुमेको वस्तुको रिपोर्ट गर्न नजिकैको प्रहरी चौकी वा गस्ती चौकीमा फोन गर्न वा <प्रहरी एजेन्सी हराएका वस्तुहरूसम्बन्धी व्यापक जानकारी भएको साइट> मा लग अन गर्न सक्नुहुन्छ।
- तपाईंले आफ्नो हराएको सामान राखिएको छ कि भनेर हेर्नको लागि तपाईंले आफ्नो क्षेत्रको सबवे सञ्चालकको साइट वा सार्वजनिक यातायातको हराएका र फेला परेका केन्द्रमा लग अन गर्न सक्नुहुन्छ।