NEPAL

सार्वजनिक यातायात प्रयोग गर्ने
पकेटमारहरूदेखि सावधान हुनुहोस्
तपाईंको पटकेमार गर्न सकिने धेरै तरिकाहरू
- सबवे र बसहरूमा तपाईं सतर्क रहनुपर्ने एउटा सम्भावना भनेको तपाईंको पकेटमार हुन सक्ने सम्भावना हो।
- पकेटमारहरूले यति धेरै पत्ता लगाउन नसकिने माध्यमहरू प्रयोग गर्छन् कि तपाईंले आफू उनीहरूको सिकार बनेको विश्वास गर्न सक्नुहुन्न। तल यस कार्यका सबैभन्दा सामान्य उपायहरूहरू छन्:
· ब्याग खोल्ने वा रेजर ब्लेडले च्यात्ने।
· ज्याकेट वा कोटको भित्री खल्ती रेजर ब्लेडले काटने।
· बसमा गन्तव्यहरूको बारेमा र अन्य जानकारीहरू सोधेर ध्यान भङ्ग गर्ने र उक्त समयमा अर्को सह-अपराधीले पीडितको पकेटमार गर्ने।
· पीडितलाई दुई सह-अपराधीहरूको बीचमा राखेर बसमा चढ्ने, अगाडि रहेको सह-अपराधीले चालकलाई प्रश्नहरू सोधेर समय निकाल्न सक्छ। पछाडि रहेको सह-अपराधीले अगाडि रहेको पीडितलाई ठेल्छ र ध्यान भङ्ग भएको केही समयमै पकेट मार गर्छ।
· एउटा सह-अपराधीले सिक्का वा चाबीको छल्ला जस्ता सामानहरू पीडितको खुट्टानजिक खसाउँछ। पीडित झुकेको समयमा, अर्को सह-अपराधीले पीडितको सिक्रिको चेन भाँचिदिन्छ र खोस्छ।
· (प्राय: जसो सबवेहरूमा) शेल्फबाट यात्रुहरूको सामान जबरजस्ती ग्रहण गर्ने र ढोकाहरू बन्द हुनुअगाडि कार बाहिर जाने।
· धेरै सह‍-अपराधीहरू एकैपल्ट चढ्छन्। त्यसपछि तिनीहरूले चर्को आवाजमा झगडा गरेर यात्रुहरूको ध्यान भङ्ग गर्छन्। त्यसपछि, यात्रुहरूको ध्यान झगडामा भएको समयमा तिनीहरूले पकेटमार गर्छन्।
<स्रोत: प्रहरी एजेन्सी ब्लग>
आफ्नो सुरक्षा आफै गर्नुहोस्!
- माथि उल्लिखित भन्दा अन्य धेरै पकेटमार गर्ने तरिकाहरू हुनसक्छन्, तर तपाईंले आफूलाई अपराधबाट जोगाउन सावधानीहरू अपनाउन सक्नुहुन्छ। केही सामान्य तर पनिप्रभावकारी उपायहरू यसअनुसार छन्:
· पर्स र झोलाहरू सधै आफ्नो अगाडि बोक्नुहोस्।
· मद्यपान गरेर सबवे कार वा स्टेशनमा नसुत्नुहोस्।
· भीडको फाइदा उठाएर ठोकिन आउने व्यक्तिहरूदेखि सतर्क रहनुहोस्।
· आफ्नो वालेटलाई पछाडिको खल्तीमा नराख्नुहोस् ।
· झोलाहरू जस्ता बहुमूल्य सामानहरूलाई सबवेको शेल्फमा नराख्नुहोस्।
<स्रोत: सिओल मेट्रो ब्लग>
सजाय के हो?
- दोषी फेला परेमा, पकेटमारलाई बढीमा 6 वर्षको जेल सजाय वा बढीमा 10 मिलियन KRW को जरिवाना लगाइनेछ (फौजदारी ऐनको धारा 329)।
· 5 जना वा बढी मानिसहरूसँग मिलेर संयुक्त रूपमा बानी अनुरूप माथि उल्लिखित अपराध गर्ने वा अपराध गर्ने प्रयास गर्ने जो कोहीलाई पनि कम्तिमा 2 वर्ष र बढीमा 20 वर्षको जेल सजाय हुनसक्छ (विशिष्ट अपराधहरूको आक्रामक सजाय, आदि सम्बन्धी ऐनको धारा 5-4 ②)।
- घातक हतियारको साथमा वा 2 वा बढी मानिसहरूको समूहमा पकेटमार गरिरहेको भेटिएमा, कम्तीमा 1 वर्ष र बढीमा 10 वर्षको जेल सजाय हुन सक्छ (फौजदारी ऐनको धारा 331②)।
· 5 जना वा बढी मानिसहरूसँग मिलेर संयुक्त रूपमा बानी अनुरूप माथि उल्लिखित अपराध गर्ने वा अपराध गर्ने प्रयास गर्ने जो कोहीलाई पनि कम्तिमा 2 वर्ष र बढीमा 20 वर्षको जेल सजाय हुनसक्छ (विशिष्ट अपराधहरूको आक्रामक सजाय, आदि सम्बन्धी ऐनको धारा 5-4 ②)।