NEPAL

हाउजिङ लीज
सहयोगी सामग्रीहरु खरिद गर्ने अधिकार
लीजमा लिने व्यक्तिको सहयोगी सामग्रीहरु खरिद गर्न माग गर्ने अधिकार
- यदि लीजमा राखिएको घर लिने व्यक्तिले लीजमा दिने व्यक्तिको मञ्जुरीमा त्यस्तो घरसँगै एउटा शर्त राखे वा लीज लिने व्यकेतिको फाईदाका लागि सहयोगी सामग्रीहरु खरिद गरेमा‚ लीज लिने व्यक्तिले त्यसता सहयोगी सामग्रीहरु लीज समाप्त भएको समयमा खरिद गर्न माग गर्न सक्नेछ (नागरिक ऐनको धारा 646) ।
※ सहयोगी सामग्री भन्नाले भवनसँग गाँसिएका वस्तुहरु जुन लीज लिन व्यक्तिको स्वामित्वमा हुनेछन् र भवनको अवयव नहुने तर वस्तुगत फाईदा पुर्‍याउने वस्तुहरु भनि बुझिनेछन् ।
लीजमा लिएको सम्पत्ति पुन: लीजमा लिने व्यक्तिको सहयोगी सामग्री खरिद गर्न माग गर्ने अधिकार
- यदि‚ लीज लिने व्यक्तिले लीजमा लिएको घर वैधानिक रुपमा पुन: लीजमा दिएको र त्यसरी पुन: लीजमा लिने व्यक्तिको फाईदाका लागि लीजमा दिने व्यक्तिको मञ्जुरीमा लीजमा लिएको घरसँगै कुनै शर्त संलग्न गरेको खण्डमा‚ पुन: लीजमा लिने व्यक्तिले त्यसतो लीज समाप्त हुने समयमा ती सहयोगी सामग्रीहरु खरिद गर्न माम गर्न सक्नेछ । यस बाहेक‚ पुन: लीजमा लिने व्यक्तिले लीजमा दिने व्यक्ति वा लीजमा दिने व्यक्तिको मञ्जुरी लिएर लीज लिने व्यक्तिबाट खरिद गरिएका सहयोगी सामग्रीहरु लीजमा दिने व्यक्तिले खरिद गर्न माग गर्न सक्नेछ (नागरिक ऐनको धारा 647) ।