NEPAL

हाउजिङ लीज
उपयोगी खर्चहरु फिर्ता गर्ने दाबी
लीज लिने व्यक्तिको उपयोगी खर्चहरु फिर्ता गर्ने दाबीको अधिकार
- लीजको सम्बन्धमा लीजमा राखिएको घर प्रयोग गरी वा त्यसबाट नाफा आर्जन गरी लीजमा राखिएको घरको वस्तुगत मुल्य वृद्धि गर्न लीजमा लिने व्यक्तिले खर्च गरेको खण्डमा‚ लीजमा लिने व्यक्तिले उपयोगी खर्चहरु दाबी गर्ने आफ्नो अधिकार अभ्यास गर्न सक्नेछ । यो अधिकारसँगै‚ लीज समाप्त हुने समयसम्म मुल्यमा भएको वृद्धि निरन्तर रहेसम्म‚ लीजमा लिने व्यक्तिले लीजमा दिने व्यक्तिको छनोट अनुसार लागेको खर्च वा लीजमा राखिएको घरको मुल्य जतिले वृद्धि भएको सो रकम दाबी गर्न सक्नेछ (नागरिक ऐनको धारा 626 (2) र सर्वोच्च अदालतको फैसला अगष्ट 27‚ 1991‚ मुद्दा नं. 91Da 15591 र क्रस एक्सनक 15607) ।
※ लीजमा राखिएको वस्तुको वस्तुगत मुल्य बढाउन लीजमा लिने व्यक्तिले गरेको खर्चहरु उपयोगी खर्च हुनेछन् ।
- उपयोगी खर्चहरु फिर्ता गर्ने दाबीको क्षेत्रको सवालमा‚ लीज लिने व्यक्तिले उपयोगी खर्चका रुपमा आफैंले भुक्तान गरेको रकम वा लीजमा दिने व्यक्तिको रोजाईंका आधारमा वृद्धि भएको रकम पाउन सक्नेछन् (नागरिक ऐनको धारा 626 (2) को अघिल्लो भाग) ।
उपयोगी खर्चहरु फिर्ता गर्न दाबी गर्ने समय र अवधि
- यदि लीज लिने व्यक्तिले उपयोगी खर्चहरु गरेको भए‚ आवश्यक खर्च विपरीत‚ नीजले त्यस्ता खर्चहरु लीज समाप्त भएपछि फिर्ता गर्न माग गर्न सक्नेछ (नागरिक ऐनको धारा 626 (2) को अघिल्लो भाग) ।
· यदि लीज लिन् व्यक्तिले उपयोगी खर्चहरु फिर्ता गर्न माग गरेमा‚ लीजमा दिने व्यक्तिले त्यसको प्रतिक्रिया दिनुपर्नेछ । लीजमा दिने व्यक्तिको दिएको आवेदनका आधारमा‚ अदालतले लीज लिने व्यक्तिसँग कारोबार मिलाउन उचित समय दिनेछ (नागरिक ऐनको धारा 626 (2) को पछिल्लो भाग) ।
- लीजमा घर दिने व्यक्तिलाई घर फिर्ता गरेको मितिले 6 महिनाभित्र उपयोगी खर्चहरु फिर्ता गर्न दाबी पेश गर्नुपर्नेछ (नागरिक ऐनको धारा 654 अन्तर्गत सोही ऐनको धारा 617 अनुसार) ।
उपयोगी खर्चहरु फिर्ता गर्न दाबी गर्ने अधिकारको खारेजी
- लीज लिने व्यक्तिको उपयोगी खर्चहरु फिर्ता गर्न दाबी गर्ने अधिकार दुवै पक्षबीचको विशेष शर्त हो । उपयोगी खर्चहरु फिर्ता गर्ने दाबी अस्विकार वा प्रतिबन्ध गर्न सकिनेछ (नागरिक ऐनको धारा 652) ।