वितरणको माग
वितरणको माग
- वितरणको माग भन्नाले अन्य कुनै ऋणदाताले शुरु गरेको कार्यकारी प्रकृयामा सहभागी भई सम्पत्तिको बिक्री मुल्यबाट कुनै ऋणदाताले भर्पाई प्राप्त गर्ने अनुरोध बुझिनेछ ।
वितरणको मागको प्रकृया
वितरणको माग गर्ने ऋणदाता
- अधिमान्य पुनर्भुक्तान अधिकार पाएको र सानो धितो भुक्तान गरेको लीजमा लिने कुनै पनि व्यक्तिले अन्य कुनै ऋणदाताले शुरु गरेको कार्यकारी प्रकृयामा सहभागी भ२ वितरणको माग गर्न सक्नेछ (नागरिक कार्यान्वयन ऐनको धारा 88 (1) र हाउजिङ लीज प्रोटेक्सन ऐनको धाराहरु 3-2 (2) र 8) ।
वितरणको माग गर्ने समय र पूरा गर्नुपर्ने अवधि
- लीज लिने व्यक्तिले अचल सम्पत्ति जफत भएको मितिदेखि कार्यान्वयन वितरणको माग गर्न अदालतले तोकेको अवधिभित्र वितरणको माग गर्न सक्नेछ (नागरिक कार्यान्वयनको नियमनको धारा 91 (1)) ।
· लीजमा दिने व्यक्तिको सम्पत्ति लिलामी गर्न लीज लिने व्यक्तिले आवेदन दर्ता गराएको खण्डमा‚ नीजले वितरणको माग नगरे पनि वितरण पाउन सक्नेछ । लीज लिने व्यक्तिले वितरण नपाएको तर वितरण पाउन अयोग्य व्यक्तिले पाएको खण्डमा‚ त्यस्तो व्यक्ति विरुद्ध अन्यायपूर्ण सम्पत्ति वितरणको पुनर्भुक्तानका लागि दाबी गर्ने अधिकार राख्दछ (सर्वोच्च अदालतको निर्णय‚ अक्टोबर 10‚ 2000‚ मुद्दा नं. 99Da 53230) ।
वितरणको मागका लागि आवेदन
- लीजमा लिने व्यक्तिले कार्यान्यनको अदालतबाट माग वितरणसँगै सो दाबीको कारण र रकम उल्लेख गर्ने कागजात सहित र अधिकार उल्लेख गरी एउटा आवेदन दर्ता गराउनु पर्नेछ । यस्तो मामिलामा‚ कार्यकारी उदाहरण वा सो को प्रतिलिपी र वितरणको माग गर्न योग्य भएको पुष्टि गर्ने नीजका अन्य कागजातहरु (लिखित लीज सम्झौताको एउटा प्रतिलिपी‚ स्थानीय पञ्जीकरणको एउटा प्रमाणित प्रतिलिपी‚ आदि) पनि आवेदनसँग संलग्न गर्नुपर्नेछ (नागरिक कार्यान्वयनको नियमनको धारा 48) ।
लीजमा लिने व्यक्तिलाई वितरण गर्नुपर्ने रकम
- विरोधी शक्ति र निश्चित मिति प्राप्त गरेको लीज लिने व्यक्ति
· विरोधी शक्ति र निश्चित प्राप्त गरेको लीज लिने व्यक्तिले वितरणको माग अवधिभन्दा पछि वितरणको माग नगरेको खण्डमा‚ नीजको वितरण अधिमान्य पुनर्भुक्तान अधिकारको कार्यान्वयन भएको मितिको आधारमा‚ धितो सुरक्षाको अधिकार‚ आदि जस्ता वितरणका अन्य ऋणदाताहरुको क्रमको आधारमा वितरण निर्धारण गरिनेछ र सोही अनुसार विभाजन गरिएको रकम तय गरिनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3-2 (2)) ।
- उच्च प्राथमिकताको अधिमान्य पुनर्भुक्तान अधिकार प्राप्त गरेको थोरै धितो भुक्तान गर्ने लीज लिने व्यक्ति
· थोरै धितो भुक्तान गरेर लीज लिने व्यक्तिले पहिलो लिलामी शुरु गर्ने निर्णय दर्ता गर्नु अघि विरोधी शक्तिका लागि आवश्यकताहरु पूरा गरेको र वितरण माग गर्ने अवधि पूरा गर्नु अघि नै वितरणको माग गरेको खण्डमा‚ नीजले सुरक्षा अधिकार पाएका अन्य व्यक्तिहरुको तुलनामा धितोको निश्चित रकम पाउनेछन् (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 8 (1)) ।
- लीजहोल्डको दर्ता पूरा गरेको लीज लिने व्यक्ति
· लिलामी शुरु गर्ने निर्णय गर्नु अघि नै लीजहोल्ड दर्ता पूरा गरेको लीज लिने व्यक्तिले वितरण माग नगरे पनि वितरण प्राप्त गर्नेछन् (नागरिक कार्यान्वयन ऐनको धारा 148 को उपदफा 3) ।
· लिलामी शुरु गर्ने निर्णय गरेपछि लीजहोल्डको दर्ता सम्पन्न गरेको लीज लिने व्यक्तिले वितरणको माग गर्ने अवधि नाघ्नु अघि नै वितरणको माग गरेपछि मात्रै वितरणमा सहभागी हुन पाउने छन् (नागरिक कार्यान्वयन ऐनको धारा 148 को उपदफा 2 र नागरिक कार्यान्वयन नियमनको धारा 91 (1)) ।
वितरण सम्पन्न गर्ने सम्बन्धमा
- कुनै ऋणदाता वा ऋणीले वैधानिक विरोध नजनाएमा वा वितरणको मितिमा ऋणदाता उपस्थित हुन नभएमा र वितरणको प्रकृया अघि बढाउन सहमत भएको मानिएमा‚ वास्तविक वितरण कार्यतालिकामा उल्लेख भए अनुसार अदालतले वितरण गर्नेछ (नागरिक कार्यान्वयन ऐनको धारा 153 (1)) ।
विरोधी शक्ति र अधिमान्य पुनर्भुक्तान अधिकार काम गर्नुपर्ने आवश्यकता
विरोधी शक्ति र अधिमान्य पुनर्भुक्तान अधिकारको संभरण
- विरोधी शक्तिको आवश्यकता (घरको उपलब्धता + स्थानीय पञ्जीकरण) पूरा गरेको र लिखित लीजको निश्चित मिति प्राप्त गरेको लीज लिने व्यक्ति‚ अन्य कनिष्ठ आभारी र अन्य ऋणदाताको तुलनामा‚ लिलामी वा सार्वजनिक बिक्रीमा सहभागी भई धितोको पुनर्भुक्तान पाउन योग्य हुनेछन् । थोरै धितो भुक्तान गरेको लीज लिने व्यक्तिलाई उच्च प्राथमिकताको आधारमा पुनर्भुक्तान गर्न सकिनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धाराहरु 3-2 (2) र 8) ।
विरोधी शक्ति र अधिमान्य पुनर्भुक्तान अधिकारको सावधानीपूर्वक गरिएको छनोटको अभ्यास
विरोधी शक्ति र अधिमान्य पुनर्भुक्तान अधिकार प्राप्त गरेको लीज लिने व्यक्तिले सावधानीपूर्वक छनोट गरेर विरोधी शक्ति र अधिमान्य पुनर्भुक्तानको अधिकार अभ्यास गर्न सक्नेछ ।
- लीज लिने व्यक्तिले ① वितरणमा हसभागी भएर नीजको अधिमान्य पुनर्भुक्तानको अधिकार अभ्यास गरेर लीजमा राखिएको घरको रुपान्तरित मुल्यबाट प्राथमिकताका आधारमा धितोको पुनर्भुक्तान प्राप्त गर्न सक्नेछ‚ वा ② वितरणमा सहभागी नभई लीजमा राखिएको घरको सफल बोली लगाउने व्यक्तिमाथि आफनो विरोधी शक्तिको अभ्यास गरी धितोको पुनर्भुक्तान नपाएसम्म लीजको सम्बन्धको अस्तित्वको दाबी गर्न सक्नेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धाराहरु 3 (1) र 3-2 (2)) ।
लीज लिने व्यक्तिको वितरणको माग र लीजको समाप्ति
लीज लिने व्यक्तिले धितोको सम्पूर्ण रकम प्राप्त गरेको खण्डमा
- लीजमा राखिएको घर लिलाम बिक्री भएको खण्डमा‚ लिलामीको अदालतले वितरणको मागबारे लीजमा दिने व्यक्तिलाई जानकारी गराएको समया लीजको सम्बन्ध रद्द गरेर समाप्त गरिनेछ (सर्वोच्च अदालतको फैसला सेप्टेम्बर18‚ 1998‚ मुद्दा नं. 97Da 28407).
लीज लिने व्यक्तिले धितो वापतको सम्पूर्ण रकम फिर्ता नपाएको खण्डमा
- लीजमा राखिएको घर लिलाम बिक्री भए‚ लीजमा राखिएको घरको मुल्य घटाएर लीजको अधिकार लोप हुनेछ । यद्यपि‚ धितो वापतको सम्पूर्ण रकम पुनर्भुक्तानका लागि विरोधी शक्ति कायम हुने लीजको अधिकार लोप हुने छैन (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3-5) ।
- वितरणमा सहभागी भएर धितोको सम्पूर्ण रकम वितरण गर्न माग गरेको लीज लिने व्यक्तिले प्राथमिकताको सूचीमा पछि पारिंदै सम्पूर्ण रकम प्राप्त नगरेमा‚ नीजले सफल बोली लगाउने व्यक्तिबाट धितो रकमको पुनर्भुक्तान गर्न‚ वा धितोको सम्पूर्ण रकम पुनर्भुक्तान नपाएसम्म लीजको सम्बन्धको अस्तित्व दाबी गर्दै लीजमा राखिएको घर प्रयोग गर्ने र त्यसबाट नाफा लिन सक्ने माग गर्न सक्नेछ (सर्वोच्च अदालतको फैसला जून 26‚ 1998‚ मुद्दा नं. 98Da 2754) ।
लीजमा राखिएको घरको वितरण
लीजमा राखिएको घरको वितरण
- अधिमान्य पुनर्भुक्तानको अधिकार पाएको लीज लिएको व्यक्ति अन्य ऋणदाताहरुको तुलनामा लीजमा राखिएको घरको मुल्यबाट धितोवापतको रकम पुनर्भुक्तान पाएको समयमा लीजको विषयवस्तु फर्काउन बाध्य हुनेछन् (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3-2 (2) र नागरिक ऐनको धारा 536) ।
- लिलामी वा सार्वजनिक बिक्रीमा धितो पाउन चाहेका लीज लिने व्यक्तिले लीजमा राखिएको घर फिर्ता गरिएको प्रमाणित गर्नुपर्नेछ । लीजमा लिएको व्यक्तिको धितो फिर्ता गर्ने दायित्व पूरा हुनुअघि लीज लिने व्यक्तिको घर फिर्ता गर्ने कर्तव्य पूरा हुनुपर्ने आवश्यक छैन (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3-2 (3) र सर्वोच्च अदातलको फैसला फेब्रुअरी 22‚ 1994‚ मुद्दा नं. 93Da 55241) ।