NEPAL

हाउजिङ लीज
हाउजिङ लीज अन्त्य गर्नुका कारणहरु
लीजको अवधि सकिएर
- यदि लीज अवधि निश्चित भए‚ लीज अवधि समाप्त भएको समयमा लीज अन्त्य हुनेछ ।
- यदि लीज अवधि निश्चित भए‚ यदि रद्द गर्ने अधिकार रोक्का गर्ने विशेष व्यवस्था भए‚ यदि लीजमा लिने व्यक्ति टाट पल्टिएको घोषणा भए आदि जस्ता कारणले सम्झौता रद्द गर्नुपरे‚ सम्झौता रद्द गरिएको सूचना मार्फत सम्झौताको अवधिमा लीज सम्झौता रद्द गर्न सकिनेछ (नागरिक ऐनको धाराहरु 636 र 637) ।
- यदि लीजमा दिने व्यक्तिले लीजमा लिने व्यक्तिलाई नविकरण अस्विकृत गरिएका बारे जानकारी गराएको खण्डमा‚ वा लीजको अवधि समाप्त हुनु 6 देखि 2 महिना अघिसम्म शर्तहरुमा कुनै परिवर्तन नगरी सम्झौता नविकरण नगर्नेबारे सूचित गराए‚ लीज अवधि समाप्त भएको समयमा लीज सम्झौता अन्त्य हुनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 6 (1)) ।
सम्झौता रद्द गरिएको जानकारी
- यदि कुनै लीज सम्झौता निगमनबाट नविकरण गरिए‚ लीजमा लिने व्यक्तिले कुनै पनि समयमा सम्झौता रद्द गर्न सक्नेछ । यदि लीजमा लिने व्यक्तिले सम्झौता रद्द गरिएकोबारे जानकारी गराए‚ लीजमा दिने व्यक्तिले जानकारी पाएको मितिले 3 महिनापछि सम्झौताको अन्त्य कार्यान्वयन हुनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धाराहरु 4 (1) र 6-2) ।
- लीज सम्झौता सम्पन्न गर्दा लीजमा दिने वा लिने व्यक्तिले रद्द गर्ने अधिकार रोक्का गर्ने विशेष व्यवस्था गरेको भए‚ लीजमा घर भाडामा लिने निश्चित अवधि भएको तथ्य बावजुद‚ टार्न नसकिने परिस्थिति पुष्टि गरेर सम्झौताको अवधिमा लीज सम्झौता रद्द गर्न सक्नेछ । यस्तो मामिलामा‚ लीजमा दिने व्यक्तिले सम्झौता रद्द गर्नेबारे जानकारी पाएको 1 महिना बितेपछि लीज रद्द हुनेछ (नागरिक ऐनको धाराहरु 635 र 636) ।
लीजमा लिने व्यक्ति टाट पल्टिनु
- यदि लीजमा लिने व्यक्ति टाट पल्टिएको घोषणा भए‚ लीजको बाँकी रहेको अवधिको सवालमा लीजमा दिने व्यक्ति वा ब्याङक्रप्सी ट्रष्टीले भविष्यको लीज रद्द गर्नेछ । यस्तो मामिलामा‚ लीजमा लिने व्यक्तिले सम्झौता रद्द गरिएकोबारे जानकारी पाएको 6 महिना पूरा भएपछि लीज खारेज गरिनेछ (नागरिक ऐनको धारा 637 (1)) ।
- यस्तो मामिलामा‚ कुनै पनि पक्षले बाँकी रहेको लीजको अवधिको सवालमा भविष्यको लीज रद्द भएबाट उत्पन्न हुने नोक्सानीको क्षतिपूर्ति दाबी गर्न पाउने छैन (नागरिक ऐनको धारा 637 (2)) ।
तात्कालिक खारेजी
- खारेज गर्नुको पछाडी तल उल्लेख गरिएकामध्ये कुनै एक कारण भए‚ लीजमा घर भाडामा लिने निश्चित अवधि तोकिएको तथ्यका बावजुद‚ सम्झौताको अवधिमा लीज सम्झौता खारेज गर्न सकिनेछ । यस्तो मामिलामा‚ एक पक्षको खारेज गर्ने नियतको घोषणा अर्को पक्षसम्म पुगेपछि खारेजी लागू हुनेछ ।
· लीजमा लिने व्यक्तिले लीज सम्झौता खारेज गर्ने मामिलाहरु:
√ यदि लीजमा दिने व्यक्तिले लीजमा लिने व्यक्तिको ईच्छा विपरीत संरक्षण गतिविधी सञ्चालन गरेमा र त्यस कारणले घर लीजमा लिनुको उद्देश्य पूरा गर्नबाट लीजमा लिने व्यक्ति असक्षम भएमा (नागरिक ऐनको धारा 625);
√ यदि लीजमा लिईएको घरको कुनै अंश‚ लीजमा लिने व्यक्तिको कारणबाहेक क्षति वा अन्य कारणले‚ प्रयोग गर्न नमिल्ने भए‚ वा त्यसबाट नाफा आर्जन गर्न असम्भव भए‚ र घर लीजमा लिनुको उद्देश्य पूरा गर्न बाँकी अंश अपर्याप्त रहेमा (नागरिक ऐनको धारा 627);
√ यदि लीजमा दिने व्यक्तिको हैसियत हस्तान्तरण गरिएमा (सर्वोच्च अदालतको फैसला‚ सेप्टेम्बर 4‚ 2002‚ व्याख्या नं. 2001Da 64615).
· लीजमा दिने व्यक्तिले लीज सम्झौता खारेज गर्न सक्ने अवस्थाहरु:
√ यदि लीजमा लिने व्यक्तिले लीजको अधिकार वा लीजमा लिईएको घर लीजमा दिने व्यक्तिको मञ्जुरी बिना अर्कैलाई हस्तान्तरण गरे वा सब-लीजमा दिए (नागरिक ऐनको धारा 629 (2));
√ भाडावालले बढीमा दुई किस्ताको भाडा नतिरेको भएमा (नागरिक ऐनको धारा 640 र हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 6 (3));
√ सम्झौताले निर्धारण गरे अनुसार वा घरको प्रकृतिका कारणले लीजमा लिने व्यक्तिले घर प्रयोग नगरे वा त्यसबाट नाफा आर्जन नगरेमा (नागरिक ऐनको धारा 654 अन्तर्तग सोही ऐनको धारा 610 (1) लागू भए अनुसार);
√ लीजमा लिने व्यक्तिले लीज सम्झौता गम्भिर उल्लंघन गरेमा ।