NEPAL

हाउजिङ लीज
लीज अधिकारको उत्तराधिकार
उत्तराधिकार बिना लीजमा लिने व्यक्तिको मृत्यु भए
- यदि लीजमा लिने व्यक्तिको उत्तराधिकारी बिना मृत्यु भए‚ वास्तविक वैवाहिक सम्बन्ध र लीजमा लिएको घरमा सँगै बस्ने कुनै व्यक्तिले लीजमा लिने व्यक्तिको अधिकार र दायित्वहरुको एक्लो उत्तराधिकार लिनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 9 (1)) ।
※ “सँगै बस्ने” भन्नाले परिवारको सदस्यका रुपमा लीजमा लिने व्यक्तिसँगै बस्ने व्यक्ति बुझिनेछ ।
- यदि लीजमा लिने व्यक्तिको मृत्यु भएमा र नीज व्यक्तिसँग वास्तविक वैवाहिक सम्बन्ध भएको र लीजमा लिईएको घरमा परिवारको सदस्यका रुपमा सँगै बस्ने कोही नभए‚ लीजको अधिकार लगायत उत्तराधिकारमा पाएको सम्पत्ति राज्यको अधिनमा हुनेछ (नागरिक ऐनको धारा 1058 (1)) ।
लीजमा लिने व्यक्तिको मृत्यु भएमा र उत्तराधिकारी भएमा
- लीजमा लिने व्यक्तिको मृत्युको समयमा नीज व्यक्तिसँगै लीजमा लिईएको घरमा परिवारको सदस्यका रुपमा बस्ने उत्तराधिकारी भएमा‚ लीजको अधिकार वास्तविक वैवाहिक सम्बन्ध भएको व्यक्ति नभएर उत्तराधिकारले प्राप्त गर्नेछन् (नागरिक ऐनको धाराहरु 1000, 1001 र 1003) ।
- लीजमा लिने व्यक्तिको मृत्यु भएमा‚ नीजको मृत्युको समयमा लीजमा लिईएको घरमा परिवारको सदस्यका रुपमा नबसेको उत्तराधिकारी भए‚ मृतकसँग वास्तविक वैवाहिक सम्बन्ध भएको र लीजमा लिईएको घरमा सँगै बसेका दोश्रो श्रेणीको नातासम्बन्ध भएको आफन्त‚ लीजमा लिने व्यक्तिको अधिकार र दायित्वको संयुक्त उत्तराधिकारी हुनेछन् (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 9 (2)) ।