NEPAL

हाउजिङ लीज
सब-लीजमाथिको प्रतिबन्ध
सब-लीजको अवधारणा
- लीजमा लिने व्यक्तिले नीजको लीजको अधिकारको आधारमा कुनै तेश्रो पक्षलाई लीजमा लिईएको घर प्रयोग गर्न र त्यसबाट नाफा आर्जन गर्न स्विकृती दिने सम्झौतालाई घरको सब-लीज भनिन्छ ।
सब-लीजमाथिको प्रतिबन्ध
- घरमा लीजमा लिने (वास्तविक) र सोही घरलाई पुन: लीजमा लिने (लीजमा लिने नयाँ व्यक्ति) व्यक्तिबीच सम्झौता मार्फत मात्रै सब-लीज सम्झौता वैध र अस्तित्वमा आउनेछ । यद्यपि‚ लीजमा दिने व्यक्तिको मञ्जुरी बिना लीजमा लिईएको सामग्रीलाई सब-लीजमा दिने छैन । यदि लीजमा लिने व्यक्तिले यो सम्झौता उल्लंघन गरेमा‚ लीजमा दिने व्यक्तिले लीज सम्झौता रद्द गर्न सक्नेछ (नागरिक ऐनको धारा 629) ।