NEPAL

हाउजिङ लीज
लीजमा दिने व्यक्तिकाअधिकारहरू
घरभाडा भुक्तान गर्न अनुरोध गर्ने अधिकार
- लीजमा दिने व्यक्तिले लीजमा लिने व्यक्तिलाई घरभाडा बुझाउन अनुरोध गर्न सक्नेछ (नागरिक ऐनको धारा 618) ।
घरभाडा वृद्धि गर्न अनुरोध गर्ने अधिकार
- कर‚ सार्वजनिक सेवा शुल्क‚ र लीजमा लिएको घरको अन्य शुल्कमा वृद्धि भए‚ वा लीज सम्झौताको अवधिमा आर्थिक परिस्थितिमा भएको परिवर्तनले तय गरिएको घरभाडा वा धितो अनुचित भए‚ लीजमा दिने व्यक्तिले त्यस पश्चात प्रत्याशित वृद्धिको माग गर्न सक्नेछ (हाउजिङ भाडा सुरक्षा ऐनको धारा 7(1) को पूर्वभाग) ।
लीजमा दिईएको सामग्री फिर्ता गर्न माग गर्ने अधिकार
- लीजमा दिने व्यक्तिले लीज सम्झौता समाप्त भएको समयमा लीजमा लिने व्यक्तिलाई लीजमा दिईएको सामग्री फिर्ता गर्न अनुरोध गर्न सक्नेछ । यस्तो मामिलामा‚ लीजमा दिने व्यक्तिले लीजमा दिईएको सामग्रीलाई मर्मतसम्भार गरी पूर्ववत् अवस्थामा फिर्ता गर्न लीजमा लिने व्यक्तिलाई अनुरोध गर्न सक्नेछ (नागरिक ऐनको धाराहरु 615‚ 618 र 654) ।
लीजमा दिईएको सामग्रीको संरक्षणका लागि आवश्यक मानिएका अन्य गतिविधी पूरा गर्ने अन्य अधिकारहरु
- लीजमा दिने व्यक्तिलाई लीजमा दिईएको सामग्रीको संरक्षणका लागि आवश्यक मानिएका कुनै पनि गतिविधी पूरा गर्न लीजमा लिने व्यक्तिले विरोध गर्ने छैन (नागरिक ऐनको धारा 624) ।