NEPAL

हाउजिङ लीज
लीजमा लिने व्यक्तिकाअधिकारहरू
नाफा प्रयोग र लिने अधिकार (लीजको अधिकार)
- लीजमा लिने व्यक्तिले लीज सम्झौता मार्फत लीजमा लिईएको घर प्रयोग गर्ने र त्यसबाट नाफा आर्जन गर्ने लीजको अधिकार प्राप्त गर्नेछ (नागरिक ऐनको धारा 618) ।
लीजमा लिने व्यक्तिको पञ्जिकरण गर्न सहकार्य गर्नलाई अनुरोध गर्ने अधिकार
- लीजमा लिने र दिने व्यक्तिबीच कुनै विरोधाभाष सहमति नभएसम्म‚ लीजमा लिने व्यक्तिले लीजमा दिने व्यक्तिलाई घरको लीज दर्ता गराउने आवश्यक औपचारिकता पूरा गराउन सहकार्य गर्नलाई अनुरोध गर्न सक्नेछ (नागरिक ऐनको धारा 621 (1) र हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3-4) ।
घरभाडा घटाउन माग गर्ने अधिकार
- कर‚ सार्वजनिक सेवा शुल्क‚ र लीजमा लिएको घरको अन्य शुल्कमा वृद्धि भए‚ वा लीज सम्झौताको अवधिमा आर्थिक परिस्थितिमा भएको परिवर्तनले तय गरिएको घरभाडा वा धितो अनुचित भए‚ लीजमा लिने व्यक्तिले त्यस पश्चात प्रत्याशित ह्रासको माग गर्न सक्नेछ (हाउजिङ सुरक्षा ऐनको धारा 7(1) को पूर्वभाग) ।
- यदि लीजमा लिईएको घरको कुनै अंश‚ लीजमा लिने व्यक्तिको गल्तीले बाहेक नोक्सानी वा अन्य कारणले‚ प्रयोग गर्न नमिल्ने भए‚ वा त्यसबाट नाफा आर्जन गर्न असम्भव भए‚ लीजमा लिने व्यक्तिले क्षतिग्रस्त अंशको अनुपातमा घरभाडा घटाउन माग गर्न सक्नेछ । यस्तो मामिलामा‚ यदि लीजमा लिईएको घरको बाँकी अंश‚ लीजमा लिनुको उद्देश्य प्राप्त गर्न लीजमा लिने व्यक्तिलाई पर्याप्त नभए‚ लीजमा लिने व्यक्तिले सो सम्झौता रद्द गर्न सक्नेछ (नागरिक ऐनको धारा 627) ।
सहायक सामग्री खरिद वा हटाउन माग गर्ने अधिकार
- यदि लीजमा लिने व्यक्तिले लीजमा दिने व्यक्तिको मञ्जुरीमा लीजमा लिने व्यक्तिको फाईदाका लागि लीजमा लिईएको घरका लागि कुनै अनुच्छेद संलग्न गरेको खण्डमा‚ लीजको सम्झौता समाप्त भएको समयमा त्यसता सहायक सामग्रीहरु लीजमा दिने व्यक्तिले खरिद गर्नुपर्ने माग गर्न सक्नेछ । यस बाहेक‚ लीजमा लिने व्यक्तिले लीजमा दिने व्यक्तिबाट खरिद गरेको सहायक सामग्रीहरु पुन: लीजमा दिने व्यक्तिले नै खरिद गर्नुपर्ने माग राख्न सक्नेछ (नागरिक ऐनको धारा 646) ।
- यदि लीजमा लिने व्यक्तिले उक्त सहायक सामग्रीहरु लीजमा दिने व्यक्तिले खरिद नगरोस् भन्ने चाहेमा‚ लीजमा दिने व्यक्तिलाई लीजमा लिईएको घर फिर्ता गर्नु अघि त्यस्ता सहायक सामग्रीहरु हटाउन सक्नेछ (नागरिक ऐनको धाराहरु 654 र 615) ।
आवश्यक खर्चहरुको फिर्ता गर्न माग गर्ने अधिकार
- यदि लीजमा लिने व्यक्तिले लीजमा लिईएको घरको संरक्षण सम्बन्धमा आवश्यक खर्चहरु गरेको खण्डमा‚ नीजले त्यसता खर्चहरु गर्ने बित्तिकै भएका खर्चहरु लीजमा दिने व्यक्तिलाई फिर्ता गर्न माग गर्न सक्नेछ (नागरिक ऐनको धारा 626 (1)) ।
※ “आवश्यक खर्चहरु” भन्नाले लीज सम्झौताको उद्देश्य अनुसार लीजमा लिईएको घर प्रयोग गर्न र त्यसबाट नाफा आर्जन गर्नलाई घरको संरक्षण र मर्मतमा लाग्ने सम्पूर्ण आवश्यक खर्चहरु बुझिनेछ (नागरिक ऐनको धाराहरु 203 (1) र 618) ।
उपयोगी खर्चहरु फिर्ता गर्न माग गर्ने अधिकार
- यदि लीजमा लिने व्यक्तिले उपयोगी खर्चहरु गरेको खण्डमा‚ लीज सम्झौता समाप्त हुने समयमा वृद्धि भएको मुल्य अस्तित्वमा रहेको सीमासम्म‚ लीजमा लिने व्यक्तिले भुक्तान गरेको रकम बराबर वा लीजमा लिईएको घरको मुल्य जति बढ्छ त्यति बराबर‚ लीजमा दिने व्यक्तिले भएका खर्चहरु लीजमा लिने व्यक्तिलाई फिर्ता गर्नुपर्नेछ (नागरिक ऐनको धारा 626 (2)) ।
※ “उपयोगी खर्चहरु” भन्नाले लीजमा लिईएको सामग्रीको वस्तुगत मुल्य वृद्धि गर्न लीजमा लिने व्यक्तिले गरेको खर्चहरु बुझिनेछ (नागरिक ऐनको धारा 203 (2) र अगष्ट 27‚ 1991‚ मुद्दा नं. 91Da 15591 सम्बन्धि सर्वोच्च अदालतको फैसला‚ र क्रस एक्शन 15607).