NEPAL

हाउजिङ लीज
गृह प्रवेश सूचना र निश्चित मिति लिने सम्बन्धमा
नयाँ स्थानमा बसाईं सरेको 14 दिनभित्र सम्बन्धित घरमूलीले उक्त नयाँ स्थानमाथि अख्तियारप्राप्त सि/गुन/गु का प्रमुख समक्ष गृह प्रवेश गरेको सूचना दर्ता गराउनु पर्नेछ (स्थानीय पञ्जिकरण ऐनको धारा 16 (1)) ।
- उपयुक्त कारण बिना नयाँ स्थानमा बसाईं सरेको मितिले 14 दिनभित्र गृह प्रवेश दर्ता नगराउने व्यक्तिलाई 50,000 वोन ननाघ्ने गरी प्रशासनिक जरिवाना गरिनेछ (स्थानी पञ्जिकरण ऐनो धारा 40 (4)) ।
लीजको धितो सुरक्षाका लागि अधिमान्य पुनर्भुक्तान अधिकार प्राप्त गर्न‚ गृह प्रवेश दर्ता गराउँदा लीजको लिखित सम्झौता ल्याउनु पर्नेछ र निश्चित मिति प्राप्त गर्नुपर्नेछ ।