NEPAL

हाउजिङ लीज
मुभिङ कम्पनीको छनोट‚ सान्दर्भिक विवादको समाधान‚ आदि
बसाईं सराईंको प्रकारबारे निर्णय
सामान्य मुभिङ कम्पनीले ठाउँ सारेको खण्डमा‚ सेवाग्राहीले आफ्नो सामान आफैंले पोको पार्ने र मिलाउनु पर्नेछ र ढुवानी सञ्चालकले (यसपछि “व्यवसाय सञ्चालक” भनिने) गन्तव्यसम्म ढुवानी गर्नेछ ।
पूर्ण सेवा दिने मुभिङ कम्पनीले ठाउँ सार्न सहयोग गरेको खण्डमा‚ सेवाग्राहीले व्यवसाय सञ्चालकलाई मालसामान प्याकेजिङ र प्रबन्ध मिलाउन अनुरोध गर्नेछ र मालसामान प्याकेजिङ‚ ढुवानी र व्यवस्थापन लगायतका सम्पूर्ण प्रकृयाको जिम्मा लिनेछ ।
व्यवसाय सञ्चालकबाट बोलपत्र अनुरोध
- कसरी ठाउँ सर्ने भन्नेबारे निर्णय गरेर सेवाग्राहीले कुनै व्यवसाय सञ्चालकबाट बोलपत्र अनुरोध गरेपछि‚ व्यवसाय सञ्चालकले एउटा बोलपत्र तयार गरी जारी गर्नेछ (मालसामानको मापदण्ड बमोजिमको सम्झौताको धारा 4) .
व्यवसाय सञ्चालकको छनोट
- विभिन्न व्यवसाय सञ्चालकको बोलपत्र पाएपछि तिनीहरुबीच तुलना गरी‚ सेवाग्राहीले एउटा व्यवसाय सञ्चालक छनोट गर्नेछ । ठाउँ सर्ने क्रममा भएका नोक्सानको क्षतिपूर्ति सजिलै पाउन ल्यान्ड ईन्फ्रास्ट्रक्चर एन्ड ट्रान्सपोर्ट मन्त्रीले स्विकृती दिएको व्यवसाय सञ्चालक छनोट गर्न सल्लाह दिईन्छ ।
· कोरिया फ्राईट फर्वार्डर्स एसोसिएसनको वेबसाईट (www.kffa.or.kr) हेर्नुहोस् र व्यवसाय सञ्चालकको खोजी गर्नुहोस्‚ सि/गुन/गु को कार्यालयमा सोधपुछ गर्नुहोट्ठ्‚ वा व्यवसाय सञ्चालकले स्विकृती पाएको सुनिश्चित गर्न बोलपत्र पाउँदा वा सम्झौता सम्पन्न गर्दा व्यवसाय सञ्चालकबाट ट्रक ढुवानी व्यवसायको अनुमतिपत्रको एक प्रतिलिपी पनि माग्नुहोस् ।
लिखित मालसामान ढुवानी सम्झौताको तयारी
- सम्झौता पूरा नगर्दा भएको नोक्सान वा मालसामानमा भएको हानीको क्षतिपूर्ति प्राप्त गर्न मालसामान ढुवानी सम्झौता लिखित रुपमा तयार गर्न सल्लाह दिईन्छ ।
बसाईंसराईं
- सम्झौता धितो र मालसामान ढुवानी शुल्कको भुक्तानी
· लिखित सम्झौता जारी गर्दा‚ व्यवसाय सञ्चालकले मालसामान ढुवानीको कुल रकमको 10% बराबर हुन आउने रकम‚ आदि सम्झौता वापत धितो लिन सक्नेछ (मापदण्ड बमोजिमको मालसामान ढुवानी सम्झौताको धारा 6) ।
· सेवाग्राहीले ढुवानी र अतिरिक्त ढुवानी शुल्कभन्दा बाहेक पुरस्कार आदि‚ जस्ता अन्य शुल्क बुझाउनु पर्दैन । (मापदण्ड अनुसारको मालवाहक ढुवानीको धार 8 (3)) ।
माल ढुवानी सम्झौताको खारेजी र क्षतिपूर्ती
- मालवाहक ढुवानी सम्झौताको खारेजी
· आफ्नै कारणले कुनै सेवाग्राहीले सम्झौता खारेज गरेको खण्डमा‚ नीजले सान्दर्भिक व्यवसायलाई क्षतिपूर्तिका लागि दाबी गर्न सक्नेछ (मापदण्ड अनुसारको मालको सम्झौताको धारा 9 (1)) .
·कुनै व्यवसाय सञ्चालकले आफ्नै कारणले सम्झौता खारेज गरेको खण्डमा‚ सान्दर्भिक सेवाग्राहीलाई स्वयंले क्षतिपूर्ति दिनुपर्नेछख । यदि सेवाग्राहीले सम्झौताको धितो बुझाईसकेको भए‚ क्षतिपूर्ति बाहेक व्यवसाय सञ्चालकले सम्झौताको धितो पनि फिर्ता दिनुपर्नेछ (मापदण्ड अनुसारको मालको सम्झौताको धारा 9 (2)) ।
- क्षतिपूर्ति बुझाउने व्यवसाय सञ्चालकको दायित्व
·व्यवसाय सञ्चालक‚ ढुवानीका लागि नियुक्त गरिएका कर्मचारी र अन्य व्यक्तिहरु माल प्याकेजिङ‚ ढुवानी‚ भण्डारण‚ व्यवस्थापन‚ आदि लापरवाह भएको पुष्टि नगरेसम्म‚ सम्बन्धित सेवाग्राहीको क्षतिपूर्ति गर्ने जिम्मा व्यवसाय सञ्चालकको हुनेछ (मापदण्ड अनुसारको मालको सम्झौताको धाराहरु 14 (1) र (2)) ।
· व्यवसाय सञ्चालक वा उसको कामदारका कारणले नियतवश वा पूर्णतया लापरवाहीका कारणले भएको मालको नोक्सानी‚ क्षति वा आपुर्तिमा ढिलाई आदि वा नोक्सानी‚ क्षति वा आपुर्तिको ढिलाई सेवाग्राहीले पुष्टि गरे‚ व्यवसाय सञ्चालकले सामान्य क्षतिको सीमाभित्र सेवाग्राहीलाई क्षतिपूर्ति दिनेछ (नागरिक ऐनको धारा 393 र मापदण्ड अनुसारको मालको सम्झौताको धारा 14 (3)) ।
- ट्रक व्यवसाय सञ्चालकको क्षतिपूर्ति गर्ने विवादको समाधान
·मालसामानको नोक्सान‚ क्षति वा वितरणमा ढिलाई वापत ढुवानी व्यवसाय सञ्चालकले क्षतिपूर्ति दिने विषयमा भएको विवाद मिलाउन सेवाग्राहीले कोरिया कन्ज्युमर एजेन्सी (www.kca.go.kr), एउटा उपभोक्ता संघ‚ आदिलाई अनुरोधन गर्न सक्नेछ (ट्रकिङ ट्रान्सपोर्ट बिजनेस ऐनको धारा 7) ।
※ मालसामान ढुवानी सम्झौताबारे थप जानकारीका लागि कोरिया फ्राइट फर्वार्डर्स एसोसिएसनको वेबसाईट (www.kffa.or.kr) हेर्नुहोस् ।