NEPAL

हाउजिङ लीज
विरोधी शक्ति
विरोधी शक्तिको अवधारणा र आवश्यकताहरु
- “विरोधी शक्ति” भन्नाले तेश्रो पक्षलाई‚ अर्थात लीजमा लिईएको घरको सम्पत्तिको भागीदार‚ लीजको अधिकारको उत्तराधिकार पाएको व्यक्ति‚ र लीजमा लिईएको घरमा सरोकारवाला व्यक्ति‚ लीज सम्झौताको शर्त र बन्देजहरु दाबी गर्ने लीजमा लिने व्यक्तिको कानूनी शक्ति बुझिनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3 (1)) ।
- दर्ता नगरिए पनि‚ यदि लीजमा लिने व्यक्तिलाई ① घर उपलब्ध गराईए र ② र स्थानीय पञ्जीकरण पूरा गरे‚ त्यस दिनदेखि लीजमा लिने व्यक्तिसँग विरोधी शक्ति हुनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3 (1)) ।
घर उपलब्ध गराउनेबारे
- “घर उपलब्ध गराउनु” भन्नाले लीजमा दिईएको घरको रेखदेख गर्ने जिम्माको हस्तान्तरण बुझिनेछ । अर्को अर्थमा‚ घरको नियन्त्रण लीजमा दिने व्यक्तिबाट लीजमा लिने व्यक्तिमा आउनु भन्ने बुझिनेछ ।
स्थानीय पञ्जीकरण र गृह प्रवेश दर्ता
- गृह प्रवेश दर्ता गराएको समयमा स्थानीय दर्ता गरिएको मानिनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3 (1)) ।
- यदि कुनै घरधुरीका सबै वा केही सदस्यहरुले बसाईंसराईं गरे‚ त्यसको घटनाबारे सूचित गराउने दायित्व भएका व्यक्ति जस्तै घरमुली‚ आदिले नयाँ ठाउँमा बसाईंसराईं गरेको मितिले 14 दिनभित्र बसोबासको नयाँ क्षेत्रमा अख्तियारप्राप्त सि/गुन/गु का प्रमुख समक्ष गृह प्रवेशबारे सूचित गराउनु पर्नेछ (स्थानीय पञ्जीकरण ऐनको धाराहरु 10, 11 र 16 (1)) ।
विरोधी शक्ति लागू हुने समय
- यदि लीजमा लिने व्यक्तिलाई घर उपलब्ध गराईए र नीजले स्थानीय पञ्जीकरण पूरा गरे‚ सो दिनदेखि कुनै पनि तेश्रो पक्ष विरुद्ध विरोधी शक्ति लागू हुनेछ‚ र गृह प्रवेश गरेको सूचनाको समयदेखि नै स्थानीय पञ्जीकरण गरिएको मानिनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3 (1)) ।