सम्झौताका पक्षहरु जाँच्ने
सम्झौताका पक्षहरु जाँच्ने
- लीज सम्झौताका पक्षहरु भाडामा दिने व्यक्ति र भाडामा लिने व्यक्ति हुन् । सामान्यतया‚ घर मालिक स्वयं नै घर भाडामा दिने व्यक्ति हुन्छन्‚ तर घरको व्यवस्थापन गर्ने अख्तियार भएको वा घर भाडामा लगाउने कानूनी अधिकार पाएको व्यक्ति पनि घर भाडामा दिने व्यक्ति हुन सक्छन् (अप्रिल 23‚ 1999‚ मा सर्वोच्च अदालतले गरेको फैसला‚ मुद्दा नं. 98Da 49753).
- कुनै व्यक्तिले घर मालिकसँग सम्झौता सम्पन्न गरेको खण्डमा‚ सम्बन्धित व्यक्तिले स्थानीय पञ्जीकरण प्रमाणपत्रमा लेखिएको जानकारी पञ्जीकृत मालिकको व्यक्तिगत जानकारीसँग मिले–नमिलेको जाँच्नुपर्नेछ । घर मालिकको एजेन्टसँग सम्झौता सम्पन्न गरेका कुनै व्यक्तिले‚ अख्तियार हस्तान्तरण गरिएको अधिकार र व्यक्तिगत छापको प्रमाणपत्र जाँच्नु पर्नेछ ।
अचल सम्पत्तिको पञ्जीका जाँच्ने
अचल सम्पत्ति पञ्जीकाको अवधारणा
- “अचल सम्पत्ति पञ्जीका” भन्नाले जमिन र भवनजस्ता अचल सम्पत्तिको सूचक र अचल सम्पत्तिको अधिग्रहण र अधिकारको सम्बन्ध हटेको सम्बन्धमा भएका परिवर्तनको अभिलेख राख्ने सार्वजनिक खाता बुझिनेछ (सरकारी न्यायपालिका मन्त्रालय‚ वैधानिक शब्दभण्डार) ।
· अचल सम्पत्तिको सूचक: अचल सम्पत्तिबारे सामान्य जानकारी जस्तै स्थान‚ कित्ता नम्बर‚ जमिनको वर्गीकरण‚ संरचना‚ आकार‚ आदि ।
· अचल सम्पत्तिको अधिकारको सम्बन्ध: स्वामित्व‚ क्षेत्र‚ उपभोग‚ जोन्सेग्वोन (धितोको आधारमा लीजमा लिने–दिने अधिकार)‚ धितो‚ अधिकारको प्रतिज्ञा‚ दाबीमाथि सुरक्षा अधिकार‚ लीजमा दिने अधिकार‚ आदि को सिर्जना‚ संरक्षण‚ स्थानान्तरण‚ परिवर्तन‚ व्यवस्थापनमा बन्देज‚ समापन‚ आदि (अचल सम्पत्ति दर्ता ऐनको धारा 3) ।
पञ्जीका र पञ्जीकृत मामिलाहरुको प्रमाणपत्र
- “पञ्जीका” भन्नाले सर्वोच्च अदालतको नियमन अनुसार कम्प्युटरीकृत सूचना प्रशोधन प्रणालीमा राखिएको र त्यसबाट प्रशोधन गरिएको पञ्जीकरण सम्बन्धी जानकारी र तथ्याङ्कबाट तयार गरिएको सार्वजनिक खाता बुझिनेछ । जमिन र भवनहरुको दर्ताका लागि तयार गरिएको यो सार्वजनिक खाता दर्ता गर्न तोकिएको स्थानमा राखिएको छ । पञ्जीकाहरुलाई जमिन पञ्जीका र भवन पञ्जीकामा वर्गीकरण गरिएको छ (अचल सम्पत्ति दर्ता ऐनको धारा 2 को उपदफा 1 र धारा 14 (1)) ।
- “पञ्जीकृत मामिलाहरुको प्रमाणपत्र” पञ्जीकामा अभिलेख राखिएका सूचना प्रमाणित गर्ने दस्तावेज हो (अचल सम्पत्ति दर्ता ऐनको धारा 19 (1)) ।
पञ्जीकाको अध्ययन वा पञ्जीकृत मामिलाहरुको प्रमाणपत्र जारी गर्ने
पञ्जीकाको अध्ययन
- निश्चित शुल्क बुझाएपछि कुनै पनि व्यक्तिले कुनै पञ्जीकाको अभिलेख अध्ययन गर्न अनुरोध गर्न सक्नेछ: तर दर्ता गर्ने स्थानमा सम्बन्धित व्यक्तिको रुची भएको पञ्जीकरण अभिलेखको पूरक दस्तावेजका अंशहरु मात्रै अध्ययन गर्न अनुमति दिनलाई अनुरोध गर्न सक्नेछ [अचल सम्पत्ति दर्ता ऐनको धारा 19‚ अचल सम्पत्ति दर्ता नियमनको धारा 31‚ पञ्जीकृत मामिलाहरुको प्रमाणपत्रको शुल्कको नियमनको धारा 3‚ आदि र ईन्टरनेटमा भएका पञ्जीकृत अभिलेखको अध्ययन सम्बन्धी मामिलाहरुको निर्देशनको धारा 2 र 4‚ आदि (सर्वोच्च अदालतको फैसला नं. 1669)].
पञ्जीकृत मामिलाहरुको प्रमाणपत्र जारी गर्ने सम्बन्ध
- निश्चित शुल्क बुझाएपछि कुनै पनि व्यक्तिले पञ्जीकृत मामिलाहरुको प्रमाणपत्र जारी गरउन अनुरोध गर्ने सक्नेछन् (अचल सम्पत्ति दर्ता ऐनको धारा 19 (1)‚ अचल सम्पत्ति दर्ता नियमनको धारा 27‚ पञ्जीकृत मामिलाहरुको प्रमाणपत्रको शुल्कको नियमनको धारा 2‚ आदि र ईन्टरनेटमा भएका पञ्जीकृत अभिलेखको अध्ययन सम्बन्धी मामिलाहरुको निर्देशनको धारा 2 र 4‚ आदि).
पञ्जीकाको संयोजन र जाँच्नुपर्ने विषयवस्तुहरु
शीर्षक खण्ड
- जमिन पञ्जीकरण अभिलेखको शीर्षक खण्डमा सूचक संख्या‚ भर्पाई सम्बन्धी जानकारी‚ स्थान‚ कित्ता नम्बर‚ जमिनको वर्गीकरण‚ आकार‚ पञ्जीकरणको आधार‚ र अन्य जानकारी समावेश हुनेछ (अचल सम्पत्ति दर्ता नियमनको धारा 13 (1)).
- भवन पञ्जीकरण अभिलेखको शीर्षक खण्डमा सूचक संख्या‚ भर्पाई सम्बन्धी जानकारी‚ स्थान‚ कित्ता नम्बर‚ भवन नम्बर‚ भवनको विस्तृत विवरण‚ पञ्जीकरणको आधार‚ र अन्य जानकारी समावेश गरिएको हुनेछ (अचल सम्पत्ति दर्ता नियमनको धारा 13 (1)) ।
खण्ड A र खण्ड B
- खण्ड A र खण्ड B मा प्राथमिकता नम्बर‚ पञ्जीकरणको प्रयोजन‚ भर्पाई सम्बन्धी जानकारी‚ पञ्जीकरणको आधार‚ स्वामित्व धारण गर्ने व्यक्ति‚ र अन्य जानकारी समावेश गरिएको हुनेछ (अचल सम्पत्ति दर्ता नियमनको धारा 13 (2)) ।
- खण्ड A मा स्वामित्वममा भएको परिवर्तन‚ अस्थायी पञ्जीकरण‚ जफत गरिएको पञ्जीकरण‚ अस्थायी रुपमा जफत गरिएको पञ्जीकरण‚ लिलामी शुरु हुने फैसलाको पञ्जीकरण‚ अचल सम्पत्तिको मालिकलाई सम्पत्ति बेचबिखन गर्नबाट निषेध गर्ने अस्थायी प्रबन्धको पञ्जीकरण‚ आदि सम्बन्धमा जानकारी हुनेछ ।
- खण्ड B मा स्वामित्व बाहेक अन्य अधिकारीको जानकारी जस्तै धितो‚ जोन्सेग्वोन (धितोको आधारमा लिजमा लिने–दिने अधिकार)‚ आदि र धितोको सिर्जना‚ परिवर्तन‚ स्थानान्तरण र रद्द पञ्जीकरण‚ जोन्सेग्वोन‚ आदि सम्बन्धी जानकारी हुनेछ ।
पञ्जीकृत अधिकारको प्राथमिकताको क्रम
पञ्जीकृत अधिकारको प्राथिमकताक क्रम
- ऐनहरुले अन्यथा उल्लेख गरेको बाहेक‚ समान अचल सम्पत्तिमा पञ्जीकृत प्राथमिकताको क्रम पञ्जीकरणको क्रम अनसार हुनेछ (अचल सम्पत्ति दर्ता नियमनको धारा 4 (1)) ।
- एउटै गुमा पञ्जीकरण गरिएको प्राथिमकताको क्रम‚ क्रमको संख्या अनुसार हुनेछ; र अन्य गुमा पञ्जीकरण गरिएको प्राथमिकताको क्रम भर्पाई नम्बर अनुसार हुनेछ (अचल सम्पत्ति दर्ता नियमनको धारा 4 (2)) ।
- पूरक पञ्जीकरणको प्राथमिकताको क्रम मुख्य पञ्जीकरण अनुसार हुनेछ : तर मुख्य पञ्जीकरणसँग सम्बन्धित पूरक पञ्जीकरणमध्येको प्राथमिकताको क्रम पञ्जीकरणको क्रम अनुसार हुनुपर्नेछ (अचल सम्पत्ति दर्ता नियमनको धारा 5) ।
निश्चित मिति जाँच गर्ने‚ आदि
निश्चित मिति‚ आदि जस्ता जानकारी पाउन र जाँच गर्नलाई अनुरोध
- लीज सम्झौता गर्न चाहने इच्छुक व्यक्तिले निम्न जानकारी हेर्न वा यहाँ जारीगरिएका लिखित कागजातहरू रेकर्ड गर्नका लागि निश्चित मिति उपलब्ध गराउने एजेन्सीलाईअनुरोध गर्न लीजमा दिने व्यक्तिको सहमति प्राप्त गर्न सक्नुहुन्छ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3-6 (4) र हाउजिङ लीज प्रोटेक्सन ऐनको कानून कार्यान्वयन आदेशको धारा 6 (2))
· लीजको विषयवस्तु;
· दिईएको निश्चित मिति;
· भाडा र धितो;
· लीजको अवधि ।