NEPAL

हाउजिङ लीज
हाउजिङ लीज प्रोटेक्सन ऐन अन्तर्गत सुरक्षित व्यक्ति तथा संस्थाहरु
प्राकृतिक व्यक्तिहरु
- सिद्धान्तत:‚ हाउजिङ लीज प्रोटेक्सन ऐनले गणतन्त्र कोरियाका नागरिकहरुलाई सुरक्षा दिनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 1) ।
विदेशी नागरिक र विदेशमा बसोबास गर्ने कोरियाली नागरिकहरु
- घर लीजमा लिएका विदेशी नागरिकले बसोबासको स्थान परिवर्तन गरी ठाउँ सरेको जानकारी गराएको खण्डमा‚ सम्बन्धित व्यक्तिलाई हाउजिङ लीज प्रोटेक्सन ऐनले असाधारण सुरक्षा प्रदान गर्नेछ (अध्यागमन ऐनको धारा 88-2 (2) र डिसेम्बर 16‚ 1993‚ मा सोल सिभिल डिस्ट्रिक्ट कोर्टको फैसला‚ मुद्दा नं. 93Gahap 73367 11: निर्धारित).
- दीर्घकालीन बसाईंका लागि घर लीजमा लिएका कुनै पनि कोरियाली नागरिक हाउजिङ लीज प्रोटेक्सन ऐनबाट सुरक्षित हुनेछन् (अध्यागमन ऐनको धारा 6 (1) र विदेशमा बसोबास गर्ने कोरियाली नागरिकहरुको कानूनी हैसियत) ।
निगमहरु
- कोरया ल्यान्ड एन्ड हाउजिङ कर्पोरेसन र आवासीय मामिलाका लागि स्थापित स्थानीय सार्वजनिक संस्था बाहेक‚ कुनै विशेष परिस्थिति नभएसम्म निगमहरुलाई हाउजिङ लीज प्रोटेक्सन ऐनले सुरक्षा दिने छैन (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 3 (2) को पछिल्लो अंश र हाउजिङ लीज प्रोटेक्सन ऐनको कानून कार्यान्वयन विधानको धारा 2) ।