NEPAL

हाउजिङ लीज
अन्य व्यक्तिहरुको घरको प्रयोगका प्रकारहरु
लीज
- “लीज” मा‚ एक पक्षले अर्को पक्षलाई कुनै वस्तु प्रयोग गर्न र त्यसबाट नाफा आर्जन गर्न सहमति जनाउँदछ‚ र त्यसो गर्नलाई वस्तु प्रयोग गरे वापत भाडा दिन सहमत हुन्छ । सामान्यतया‚ धितोका आधारमा र नागरिक ऐन अन्तर्गत जोनसेग्वोन को पञ्जीकरण (धितोको आधारमा लीज लिने–दिने अधिकार) बिना गरिने सामान्य प्रकारको मासिक लीज सम्झौता गर्ने गरिन्छ (नागरिक ऐनको धारा 618 हेर्नुहोस्)।
- हाउजिङ लीज भन्नाले सम्पूर्ण आवासीय भवन वा त्यसको केही अंशको लीज बुझिनेछ । हाउजिङ लीज प्रोटेक्सन ऐन अन्तर्गत कोरियाली कानूनले घर भाडामा लिने व्यक्तिहरुलाई विशेष सुरक्षा प्रदान गर्दछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धारा 2) ।