NEPAL

विवाहका आधारमा आप्रवासी
बहुसाँस्कृतिक परिवारका लागि सहयोग ऐनबाट बहुसाँस्कृतिक परिवारको आवेदन दिएकाहरू
- “बहुसाँस्कृतिक परिवार” भन्नाले तल उल्लिखित कुनै पनि परिवारलाई बुझाउनेछ (बहुसाँस्कृतिक परिवारहरूका लागि सहयोग ऐनको धारा 2 को उपदफा 1):
1. गणतन्त्र कोरियामा बसोबास गर्ने विदेशी नागरिकलाई गरिने व्यवहार को ढाँचा ऐनको धारा 2 को उपदफा 3 मा व्याख्या गरिएको विवाह गरेको आप्रवासी र राष्ट्रियता ऐनको धारा 2 देखि 4 बमोजिम जन्मिएको समयदेखि गणतन्त्र कोरियाको राष्ट्रियता पाएको व्यक्ति भएको परिवार;
2. राष्ट्रियता ऐनको धारा 3 र4 बमोजिम गणतन्त्र कोरियाको राष्ट्रियता पाएको र माथि उल्लेख गरिएको ऐनको धारा 2 देखि 4 बमोजिम जन्मिएको समयदेखि गणतन्त्र कोरियाको राष्ट्रियता पाएको व्यक्ति भएको परिवार;
- यस बाहेक‚ विदेशी नागरिक र गणतन्त्र कोरियाको नागरिकबीच भएको वास्तविक वैवाहिक सम्बन्धबाट जन्मिएका सन्तानको लालनपालन गर्ने बहुसाँस्कृतिक परिवारका सदस्यहरूमा बहुसाँस्कृतिक परिवारहरूका लागि सहयोगको व्यवस्था लागू हुनेछ (बहुसाँस्कृतिक परिवारहरूका लागि सहयोगको ऐनको धारा 14) ।
- पारपाचुके वा अन्य कारणले कुनै बहुसाँस्कृतिक परिवार टुक्रिए‚ कुनै समयमा त्यस्तो परिवारको सदस्य रहेका बालबालिकाको हकमा बहुसाँस्कृतिक परिवारहरूका लागि सहयोगको ऐन लागू हुनेछ (बहुसाँस्कृतिक परिवारहरूको सहयोगको ऐनकको धारा 14-2) ।
※ बहुसाँस्कृतिक परिवारहरूको सहयोगबारे थप जानकारीका लागि वेबसाईट हेर्नुहोस् (https://m.easylaw.go.kr/MOM) र बहुसाँस्कृतिक परिवारमा जानुहोस् ।