NEPAL

विवाहका आधारमा आप्रवासी
गणतन्त्र कोरियाको नागरिक ऐन नै लागू हुने कानून भएको अवस्थामा मृतक पति वा पत्नीको सम्पत्तिको उत्तराधिकार
उत्तराधिकारमा‚ व्यक्तिहरू तलको अनुक्रममा उत्तराधिकारी बन्नेछन् र पति वा पत्नी सधै उत्तराधिकारी हुनेछन् (नागरिक ऐनको धारा 1000 (1)) ।
1. उत्तराधिकारीको वंशकासन्तति (वंशको प्रत्यक्ष रेखामा रहेका रगतको साईनो लाग्ने नातेदारलाई उद्धृत गर्दै – छोराहरू‚ छोरीहरू‚ नातिनातिना‚ पनातिपनातिनी‚ आदि);
2. उत्तराधिकारीको वंशका पूर्वजहरू (पूर्वजको प्रत्यक्ष रेखामा रहेका रगतको साईनो लाग्ने नातेदारहरूलाई उद्धृत गर्दै – आमाबाबु‚ हजुरबा–हजुरआमा‚ आदि);
3. उत्तराधिकारीको दाजुभाई र दिदीबहिनीहरू;
4. उत्तराधिकारीको चौथो श्रेणीको समपार्श्विक रगतको नातेदारहरू ।
पति वा पत्नीको उत्तराधिकारको अनुक्रम
- उत्तराधिकारीको जीवित पति वा पत्नी सधै उत्तराधिकारी हुनेछ । यदिउत्तराधिकारीको वंशको सन्तति र पूर्वज भए‚ उत्तराधिकारी जस्तै समान अनुक्रममा‚ पति वा पत्नी सह–उत्तराधिकारी हुनेछ । यदि कुनै उत्तराधिकारी नभए‚ पति वा पत्नी एक मात्रै उत्तराधिकारी हुनेछन् (नागरिक ऐनको धारा 1003 (1)) ।
उत्तराधिकारमा वैधानिक साझेदारी
- उत्तराधिकारीको जीवित पति वा पत्नीले पाएको अंश‚ उत्तराधिकारीको वंशको सन्ततिसँग संयुक्त अंश भाग लागेमा वंशको त्यस्तो सन्ततिभन्दा 50 प्रतिशत वृद्धि गरिनेछ‚ वा उत्तराधिकारीको वंशको पूर्वजसँग संयुक्त भाग लागेमा वंशको त्यस्तो पूर्वजभन्दा 50 प्रतिशतले सम्पत्ति वृद्धि गरिनेछ (नागरिक ऐनको धारा 1009 (2)) ।