NEPAL

विवाहका आधारमा आप्रवासी
पुनर्प्रवेशको अनुमति
पुनर्प्रवेशको अनुमति र यस्तो अनुमतिबाट बन्देज लगाईएका व्यक्तिहरू
- पुनर्प्रवेशको अनुमति पाएको व्यक्तिहरू
· विदेशीनागरिकको रूपमा दर्ता गराएका वा यस्तो दर्ता गर्नबाट छुट पाएका विदेशी नागरिकलेआफूलाई बस्न अनुमति दिइएको अवधिभित्र अर्को देश प्रस्थान गरेपछि कोरिया गणतन्त्रमापुनः प्रवेश गर्न चाहेमा निजले न्याय मन्त्रालय (अध्यागमन ऐनको धारा 30 (1) कोमुख्य वाक्य) बाट अनुमति लिनुपर्ने छ।
- पुनर्प्रवेश अनुमतिको बन्देज
· स्थायीबसोबासको अनुमतिपत्र प्राप्त गर्न योग्य भएका र पुनः प्रवेश गर्ने अनुमतिबाट छुट पाउनकालागि राम्रो कारण देखाएका कुनै पनि व्यक्ति तल उल्लिखित कुनै पनि योग्यताभित्र पर्छन्भने निजलाई पुनः प्रवेश गर्ने अनुमतिबाट छुटदिइन सकिन्छ (अध्यागमन ऐनको धारा 30 (1) र अध्यागमन ऐनको प्रवर्तन नियमको धारा 44-2 (1) को मुख्य वाक्यले गरेको व्यवस्थाअनुसार):
√ प्रस्थान गरेको दुई वर्षभित्र कोरिया गणतन्त्रमा पुनः प्रवेश गर्न चाहने अध्यागमन ऐनको प्रवर्तन आदेशको संलग्न तालिका 1-3अन्तर्गत स्थायी निवासी (F-5) स्थिति भएको व्यक्ति;
√ प्रस्थान गरेको एक वर्ष (यस्तो अवधि एक वर्षभन्दा कम भएमा बाँकी रहेको अवधि) भित्र कोरिया गणतन्त्रमापुनः प्रवेश गर्न चाहने 1. कूटनीतिज्ञ (A-1)देखि 25. सँगै बस्ने श्रीमान/श्रीमती/बच्चा (F-3) वा विवाह भएर आप्रवासी (F-6) देखि 30. अन्य (G-1) मध्ये कुनै पनि बसोबासकोस्थिति भएका व्यक्ति।
※ अध्यागमनऐनको धारा 11 अन्तर्गत कोरिया गणतन्त्रमा प्रवेश गर्नबाट रोक लगाइएको विदेशीनागरिक र अध्यागमन ऐनको प्रवर्तन आदेशको धारा 10 को कुनै पनि उपअनुच्छेदअन्तर्गतपर्ने व्यक्तिलाई छुट दिइने छैन।
पुनर्प्रवेश अनुमतिको आवेदन
- पुन: प्रवेशको अनुमति प्राप्त गर्न चाहने विदेशीले अध्यागमन सेवा प्रमुख, अध्यागमन कार्यालय प्रमुख वा अध्यागमन शाखा प्रमुखलाई सम्बन्धित कारण खुलाई आवश्यक कागजातसमेत संलग्न गराई पुन: प्रवेशको अनुमतिका लागी (अध्यागमन नियन्त्रण ऐनको प्रवर्तन नियमको फारम 34) निवेदन दिनुपर्नेछ । (अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन नियमको धारा 39-6 (1))
- अघिल्लो पटकको बसाईंको अनुमति ननाघ्ने गरी पुनर्प्रवेशको अवधि निर्धारण गरिनेछ (अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन नियमको धारा 39-6 (3)) ।
- विदेशी नागरिकले पुनर्प्रवेशको अनुमति लिएपछि‚ राहदानीमा एउटा पुनर्प्रवेश छाप वा मोहर र अनुमतिप्राप्त पुनर्प्रवेश अवधिको छाप वा मोहर लगाउनु पर्नेछ र लेख्नुपर्नेछ‚ वा एउटा पुनर्प्रवेश स्टिकर टाँसिनेछ (अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन नियमको धारा 39-6 (4)) ।
अनुमतिप्राप्त पुनर्प्रवेश अवधिलम्ब्याउने आवेदन
- अवधि लम्ब्याउने कारणहरू
· यदि कुनै विदेशी नागरिक कुनै रोग वा लघुताभाष गराउने अन्य कुनै पनि परिस्थितीले पुनर्प्रवेश गर्न असफल भए‚ अनुमतिप्राप्त अवधिको म्याद सकिनु अघि नै विदेशी नागरिकले न्याय मन्त्रीलाई अनुमतिप्राप्त पुनर्प्रवेश अवधि लम्ब्याउनलाई आवेदन दिनुपर्नेछ (अध्यागमन नियन्त्रण ऐनको धारा 30 (3)) ।
- अवधि लम्ब्याउने आवेदन
· अनुमतिप्राप्त पुनर्प्रवेश अवधि लम्ब्याउन चाहने विदेशी नागरिकले अनुमतिप्राप्त पुनर्प्रवेश अवधि लम्ब्याउन‚ सम्बन्धित कारणहरू खुलाउने कागजात (अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन नियमको धारा 39-7 (1) संलग्न गरी‚ कुटनीतिक नियोगका प्रमुखलाई आवेदन (अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन नियमको फारम 61) दिनुपर्नेछ ।