NEPAL

विवाहका आधारमा आप्रवासी
बहुसाँस्कृतिक परिवारहरका लागि सन्तान स्याहारका सहुलियतहरू
योग्यता
- बहुसाँस्कृति परिवारको सहयोग ऐनको धारा 2 को उपदफा 1 मा व्याख्या गरिए अनुसार‚ बहुसाँस्कृतिक परिवारहरूका बालबालिकालाई बहुसाँस्कृतिक परिवारहरूका लागि सन्तान स्याहार सहुलियतहरू उपलब्ध गराईनेछ‚ जो ६ वर्षमुनि उमेरका प्रारम्भिक विद्यालयका बालबालिका हुन् (स्वास्थ्य तथा कल्याण मन्त्रालय‚ बाल स्याहार सेवा 2023 को पृ) ।
- बहुसाँस्कृतिक परिवारको सहयोग ऐनको धारा 2 को उपदफा 1 मा व्याख्या गरिए अनुसार‚ बहुसाँस्कृतिक परिवारको आप्रवासीको विवाहबाट नजन्मिएको सन्तान‚ र राष्ट्रियता ऐनको धारा 2 देखि 4 अन्तर्गत गणतन्त्र कोरियाको राष्ट्रियता पाएको व्यक्ति‚ तर बहुसाँस्कृतिक परिवारको आप्रवासीको विवाह र सम्बन्धित व्यक्तिको पूर्व पति वा पत्नीबाट जन्मिएको सन्तान भए परिवारको सदस्यको रुपमा बहुसाँस्कृतिक परिवारसँग बस्ने सन्तान भए मात्र बाल स्याहार सहुलियत पाउने योग्यत हुनेछ । सम्बन्धित सन्तान बाल स्याहार सहुलियत पाउन गणतन्त्र कोरियाको राष्ट्रियता भएको हुनुपर्नेछ ।
- विद्यालय भर्ना हुन पाउने हक भएका कुनै सन्तान (जनवरी 1, र डिसेम्बर 31, 2016 को बीचमा जन्मेको) विद्यालय भर्ना नभए‚ ६ वर्षभन्दा कम उमेरका पूर्वप्रारम्भिक विद्यालय जाने उमेरका उक्त सन्तानले बाल स्याहार सहुलियतहरू पाउन सक्नेछ । विद्यालय भर्ना नभएका सन्तानलाई‚ ६ वर्षभन्दा कम उमेरका पूर्वप्रारम्भिक विद्यालय उमेरका बालबालिकालाई एक पटक मात्रै बाल स्याहार सहुलियत उपलब्ध गराईनेछ र नुरी पाठ्यक्रमका लागि सहायताकोअवधि तीन वर्ष नाघ्ने छैन।
छनोटको मापदण्ड
- आमाबाबुको आम्दानी जे जति भए पनि बाल स्याहार सहुलियत उपलब्ध गराईनेछ ।
- बहुसाँस्कृतिक परिवारको आप्रवासीले (अंगीकरणको अनुमति वा मान्यताबाट गणतन्त्र कोरियाको राष्ट्रियता पाएका सहित)गरेको विवाहबाट जन्मिएको सन्तान‚ बहुसाँस्कृतिक परिवारको सहयोग ऐनको धारा 2 को उपदफा 1 व्याख्या गरिएको‚ र राष्ट्रियता ऐनको धारा 2 देखि 4 अन्तर्गत गणतन्त्र कोरियाको राष्ट्रियता पाएको व्यक्तीलाई सन्तान बहुसाँस्कृति परिवारसँग बसे वा नबसे पनि बाल स्याहार सुविधा पाउन योग्य हुनेछन् ।
- यद्यपि‚ विवाह गरेका आप्रवसी तल उल्लिखितमध्ये कुनै एक अवस्था अन्तर्गत परेमा बालबालिकालाई बहुसाँस्कृतिक बाल स्याहार सहुलियतहरूबाट बञ्चित गरिनेछ:
· आफ्नो वंशको नातेदार विदेश बसेको बेला जन्मिएर आप्रवासीविवाह गरेको पुरुष जसको सान्दर्भिक देशमा स्थायी रुपमा बसोबास गर्ने ईच्छा छैन‚ र विदेशी राष्ट्रियता लिएर बहुराष्ट्रिय व्यक्ति बनेको व्यक्ति सैन्य सेवाबाट उम्कने नियत नबनाई गणतन्त्र कोरियाको राष्ट्रियता परित्याग गरी विदेशी नागरिक भएको अवस्थामा;
· गणतन्त्र कोरियाको कुनै पुरुष नागरिकले विदेशी राष्ट्रियता लिएर विदेशी भएको र सैन्य सेवाबाट उम्कने नियतले गणतन्त्र कोरियाको राष्ट्रियता गुमाएको अवस्थामा;
· विदेशमा रहेका कोरियाली नागरिकको हैसियत सम्बन्धी ऐनको धारा 2 को उपदफा 2 मा व्याख्या गरिए अनुसार‚ 15 वर्षभन्दा कम अवधिसम्म विदेशी नागरिकता लिएर विदेशमा बसेको कुनै पनि कोरियाली नागरिक ।
- बहुसाँस्कृतिक परिवारको सहयोग ऐनको धारा 2 को उपदफा 1 मा व्याख्या गरिए अनुसार‚ बहुसाँस्कृतिक परिवारको आप्रवासीबाट नजन्मिएको सन्तान (अंगीकरणको मान्यता वा अनुमतिबाट गणतन्त्र कोरियाको राष्ट्रियता पाएका लगायत)‚ र राष्ट्रियता ऐनको धारा 2 देखि 4 अन्तर्गत गणतन्त्र कोरियाको राष्ट्रियता लिएको‚ तर एउटा बहुसाँस्कृतिक परिवारको आप्रवासीको विवाह र सम्बन्धित व्यक्तिको पूर्व पति वा पत्नीबाट जन्मिएको व्यक्ति यदि बहुसाँस्कृतिक परिवारसँगै परिवारको सदस्यका रुपमा सन्तान पनि साथै बस्ने भए बाल स्याहार सहुलियत पाउन योग्य मानिनेट । बाल स्याहार सहुलियतहरू पाउन सन्तानले गणतन्त्र कोरियाको राष्ट्रियता लिनुपर्नेछ ।
बुझाउनुपर्ने दस्तावेज
- आवेदकको योग्यता मुल्याङ्कन गर्दा उनीहरूको पारिवारिक सम्बन्धहरू‚ आदि‚ सामाजिक सुरक्षा जानकारी प्रणाली – हाङबोक–ए युम (परिवार जाँच्ने र परिवारको नातासम्बन्ध दर्ता) मार्फत जाँच गरिन्छ । यदि यस्तो जानकारी हाङबोक–ए युमबाट जाँच्न नसकिए‚ आवेदकले प्रामाणिक कागजातहरू व्यक्तिगत रुपमा बुझाउनु पर्नेछ ।
- बाल स्याहार सहुलियतका लागि आवेदन दिन ईच्छुक विवाह गरेका आप्रवासीले विवाह दर्ता प्रमाणपत्र र विदेशी नागरिक दर्ता प्रमाणपत्र बुझाउनु पर्नेछ ।
※ अध्यागमन नियन्त्रण ऐनको धारा 31 (1) अन्तर्गत विदेशी नागरिक दर्ताबाट छुट पाएको पुष्टि गर्ने विदेशी नागरिकता भएको कोरियालीको निवासको दर्ता कार्ड वा रोजगारको प्रमाणपत्र‚ आदि जस्ता कागजात विदेशी नागरिकता दर्ता प्रमाणपत्रको विकल्प हुनसक्छ ।
- विवाह गरेका आप्रवासीमध्ये‚ विदेशमा रहेका कोरियालीको अध्यागमन र वैधानिक हैसितयको ऐनको धारा 2 को उपदफा 2 मा व्याख्या गरिए अनुसार‚ विदेशी नागरिकता लिएका कुनै पनि कोरियालीले (निवासको सूचना कार्ड र पञ्जीकृत केही विदेशी बुझाएको) कोरिया प्रवेश र प्रस्थान गरेको प्रमाणपत्र बुझाएर‚ कम्तिमा 15 वर्षसम्म विदेशमा सबेको पुष्टि गर्नुपर्नेछ ।