NEPAL

विवाहका आधारमा आप्रवासी
सुविधा पाउने योग्य प्रापक र यसको आवेदन प्रकृया
विदेशी नागरिकमा लागू हुने अवस्था
- विदेशी दर्ताका लागि दायर गरेको विदेशी नागरिक राष्ट्रियआधारभूत जीवनयापन सुरक्षा ऐन (राष्ट्रिय आधारभूत जीवनयापन सुरक्षा ऐनकोधारा 5-2 र राष्ट्रिय आधारभूत जीवनयापन सुरक्षा ऐनको प्रवर्तनविधानको धारा 4) अन्तर्गत योग्य मापदण्ड पूरा गर्नपश्चात योग्य प्रापक बन्ने छन्।
1. गणतन्त्र कोरियाको नागरिकसँग विवाह गरेर तल उल्लेख गरिएका कुनै एक बुँदा अन्तर्गत पर्ने विदेशी नागरिक;
A. गणतन्त्र कोरियाको नागरिसँग विवाह भएको अवस्थामा गर्भवती महिला वा गर्भवती पत्नी भएका व्यक्ति;
B. गणतन्त्र कोरियाको राष्ट्रियता भएको नाबालक सन्तान लालनपालन गर्ने व्यक्ति;
C. गणतन्त्र कोरियाको राष्ट्रियता भएको पति वा पत्नीको वंशको नातेदार(हरू) सँगै जीविका आर्जन गर्ने वा सँगै बस्ने व्यक्ति ।
2. गणतन्त्र कोरियाको राष्ट्रियता भएको पति वा पत्नीसँग पारपाचुके गरेका वा कोरियाली पति वा पत्नीको मृत्यु भएको‚ गणतन्त्र कोरियाको राष्ट्रियता भएको नाबालक सन्तान हुर्काउने वा मृतक पट्टिको सन्तानसहित गर्भवती रहेकी विदेशी नागरिक ।
राष्ट्रिय आधारभूत जीविका सुरक्षा सुविधाहरूको आवेदनको प्रकृया
- सुविधाहरूको आवेदन
· योग्य प्रापक‚ नीजको नातेदार‚ र अन्य ईच्छुक व्यक्तिले आफ्नो निवास क्षेत्रमाथि अधिकारक्षेत्र भएको विशेष स्वशाषित प्रान्त सरकार वा सि/गुन/गुका प्रमुखसँग योग्य प्रापकलाई सुविधाहरूको भुक्तान गर्न एउटा आवेदन दिन सक्नेछन्‚ (राष्ट्रिय आधारभूत जीविका सुरक्षा ऐनको धारा 21 (1)) ।
- बुझाउनुपर्ने कागजातहरू
·योग्य व्यक्तिले लाभका लागी निवेदन दिएमा निजले निम्नबमोजिम वित्तीय, ऋण वा बिमासम्बन्धी जानकारीको लागी लिखित सहमति पेश गर्नु पर्नेछ । (राष्ट्रिय आधारभूत जीविका सुरक्षा ऐनको धारा (3)‚ राष्ट्रिय आधारभूत जीविका सुरक्षा ऐनको कानून कार्यान्वयन विधानको धारा 36र राष्ट्रिय आधारभूत जीविका सुरक्षा ऐनको कानून कार्यान्वयन नियमको धारा 34 (1))
1. वित्तिय जानकारी
1) डिमान्ड डिपोजिट जस्तै नियमित बचत‚ बचत निक्षेप‚ नि:शुल्क बचत निक्षेप‚ विदेशी मुद्रा निक्षेप‚ आदि: बितेको 3 महिनासम्मको औसत बैंक ब्यालेन्स र कूल डिपोजिट
2) बचत निक्षेप जस्तै आवधिक निक्षेप‚ बचत किस्ता‚ आवधिक बचत‚ आदि : निक्षेप ब्यालेन्स वा भुक्तान गरिएको कुल रकम
3) स्टक‚ नाफा आर्जन गर्ने सुरक्षाहरू‚ लगानी रकम‚ लगानी शेयरहरू र रियल ईस्टेट (पेन्शन) ट्रष्ट:बन्द बजार मुल्यहरू । यो मामिलामा‚ सूचिकृत नगरिएका स्टकलाई पैतृक कर र उपहार कर ऐनको कानून कार्यान्वयन विधानको धारा 54 (1) अनुसार मुल्याङ्कन गरिनेछ ।
4) बोन्डहरू‚ प्रमिसरी नोटहरू‚ चेकहरू‚ दायित्व प्रमाणपत्रहरू‚ नयाँ स्टककका प्रिम्टिभ अधिकार सम्बन्धी प्रमाणपत्रहरू र हस्तान्तरण योग्य डिपोजिट प्रमाणपत्रहरूः मूल्य अनुसारका
5) वार्षिक बचतहरू: नियमित रुपमा भुक्तान गरिएको रकम वा अन्तिम ब्यालेन्स
6) 1) देखि 5) सम्मका वित्तिय सम्पत्तिबाट आर्जन गरिएको ब्याज र लाभांश वा छुट
2. ऋण जानकारी
1) कर्जा र बक्यौताको जानकारी
2) हिसाब मिलान नगरिएको क्रेडिट कार्डको ब्यालेन्स
3. बीमा जानकारी
1) बीमा योजना: समर्पण मुल्य वा अघिल्लो वर्ष भुक्तान गरिएको प्रिमियमहरू
2) वार्षिक बीमा: समर्पण मुल्य वा नियमित रुपमा भुक्तान गरिएको रुकम
※ राष्ट्रिय आधारभूत जीविका सुरक्षाको सुविधाबारे थप जानकारीका लागि स्वास्थ्य तथा कल्याण मन्त्रालयको वेबसाईट (http://www.mohw.go.kr) हेर्नुहोस् ।