NEPAL

विवाहका आधारमा आप्रवासी
औद्योगिक दुर्घटना क्षमतिपूर्ती बीमा
औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमाको खरिद
- विदेशी नागरिकमा लागू हुने अवस्था
· गणतन्त्र कोरियाको कुनै पनि व्यवसाय वा कार्यस्थलमा कार्यरत विदेशी नागरिकहरूलाई औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा लागू हुनेछ (उनीहरूको जोखिम दर‚ आकारहरू‚ स्थानहरू‚ आदिका आधारमा निर्धारण गरिएका व्यवसाय बाहेक)
पेशागत दुर्घटना
- कुनै पनि पेशागत दुर्घटना वा रोगका कारण उत्पन्न भएको चोटपटक‚ रोग‚ अपांगता वा मृत्युबाट पीडित कामदारहरूलाई औद्योगकि दुर्घटना क्षतिपूर्ति बीमा ऐन अनुसार क्षतिपूर्ति दिईनेछ (औद्योगकि दुर्घटना क्षतिपूर्ति बीमा ऐनको धारा 5 को उपदफा 1 र धारा 37 (1)) ।
1. काम गरिरहेको बेला हुने दुर्घटना
A. रोजगार सम्झौता अन्तर्गत आफ्नो कर्तव्य पूरा गर्दा हुने दुर्घटना वा त्यस प्रकारका कुनै घटनाहरू;
B. व्यवसायको मालिकले उपलब्ध गराएको सुविधा‚ आदि प्रयोग गर्दा‚ कुनै त्रुटि वा त्यस्तो सुविधाको असावधानीपूर्वक गरिएको व्यवस्थापन‚ आदि कारणले भएका कुनै दुर्घटनाहरू;
C. व्यवसायको मालिकले उपलब्ध गराएको यातायातको माध्यम वा कामदारको मालिकको नियन्त्रण र व्यवस्थापन अन्तर्गत रहेको त्यसतै प्रकारको माध्यम प्रयोग गरी काममा आउँदा जाँदा हुने कुनै दुर्घटना;
D. व्यवसायको मालिकले प्रायोजन गरेको वा निर्देशन गरेको कार्यक्रममा सहभागी हुँदा वा त्यस्तो कार्यक्रम तयार गर्दा हुने कुनै दुर्घटना;
E. व्यवासयको मालिकको नियन्त्रण र व्यवस्थापन अन्तर्गत रहेको मानिएको कुनै गतिविधीको कारणले विश्रामको समयमा हुने कुनै दुर्घटना;
F. कामदारको कर्तव्य सम्बन्धमा हुने अन्य कुनै पनि दुर्घटना ।
2. पेशागत रोग
A. कामदारले आफ्नो जिम्मेवारी वा कर्तव्य पूरा गर्दा कुनै भौतिक एजेन्ट‚ रासायनिक पदार्थ‚ धुलो‚ किटाणुसँगको सम्पर्क वा प्रयोग गर्दा‚ सम्बन्धित कामदारको शरीरमा भार हुने काम गर्दा‚ वा सम्बन्धित कामदारको स्वास्थ्यमा समस्या निम्त्याउने अन्य कुनै एजेन्टका कारण उत्पन्न भएको कुनै रोग;
B. कुनै पेशागत चोटपटकका कारण उत्पन्द्द भएको कुनै रोग;
C. श्रम मापदण्ड ऐनको धारा 76-2 अन्तर्गत कार्यस्थलमा कार्यस्थलजन्य दुर्व्यवहारले निम्त्याउने मानसिक तनावसम्बन्धी रोग, सेवाग्राहीले गर्ने मौखिक दुर्व्यवहार वा अन्य कारणहरु;
D. सम्बन्धित कामदारको कर्तव्यसँग जोडएको अन्य कुनै पनि रोग ।
3 सामान्य ओहोरदोहोरका क्रममा हुने दुर्घटना
क) व्यापार मालिकको नियन्त्रण र व्यवस्थापन अन्तर्गत आवतजावत हुने दुर्घटनाहरू जस्तै, व्यवसाय मालिकले प्रदान गरेको सवारी चलाउँदा वा त्यस्तै प्रकारको अन्य सवारी चलाउँदा
ख) अन्य दुर्घटनाहरू जुन सामान्य मार्ग र तरिकामा हुन्छ ।
बीमा सुविधाहरूको वर्गहरू र विवरणहरू
- औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमाको सुविधाहरूलाई 8 प्रकारमा विभाजन गर्न सकिन्छ: चिकित्सकिय स्याहार सुविधाहरू‚ अस्थायी अवकाश सुविधाहरू‚ अपांगता सम्बन्धी सुविधाहरू‚ नर्सिङ सुविधाहरू‚ उत्तरजीवि सुविधाहरू‚ चोटपटक र रोग क्षतिपूर्ति पेन्शन‚ अन्त्येष्टिका लागहरू र व्यावसायिक पुनर्स्थापना सुविधाहरू (औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमाको धारा 36 (1)) ।
※ औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमाबारे थप जानकारीका लागि रोजगार तथा श्रम मन्त्रालयको वेबसाईट (http://www.moel.go.kr) हेर्नुहोस् ।