NEPAL

विवाहका आधारमा आप्रवासी
राष्ट्रिय पेन्शन
विदेशी नागरिकको राष्ट्रिय पेन्शन योजनको बीमित हैसियतको प्राप्ति
- गणतन्त्र कोरियामा बसोबास गर्ने 18 वर्षभन्दा माथि र 60 वर्षभन्दा कम उमेरका कोरियाली नागरिकहरू राष्ट्रिय पेन्शन योजनामा सहभागी हुन योग्य हुनेछन् । कानून र नियमनले निर्धारण गरेको व्यक्तिभन्दा बाहेक‚ यो ऐन लागू हुने कार्यस्थलमा कार्यरत वा गणतन्त्र कोरियामा बसोबास गर्ने कुनै विदेशी नागरिक‚ निश्चित रुपमा‚ कार्यस्थलमा आधारित बीमित व्यक्ति वा व्यक्तिगत रुपमा बीमित व्यक्ति हुनेछ । यद्यपि‚ पारस्परिकताको सिद्धान्त अनुसार‚ स्वदेशको सान्दर्भिक कानून अनुसार यस्तो विदेशी नागरिकराष्ट्रिय पेन्शन योजनामा सहभागी हुन वा नहुन सक्छन् (राष्ट्रिय पेन्शन ऐनको धारा 6 र 126 (1)) ।
पेन्शन सुविधाहरूको वर्ग र विवरणहरू
- दुर्घटना र सुविधाहरूको प्रकारका आधारमा पेन्शन सुविधाहरूलाई वृद्धावस्थाको पेन्शन‚ अपांगता पेन्शन‚ उत्तरजीवि पेन्शन र एकमुष्ठ पुनर्भुक्तानमा विभाजन गर्न सकिन्छ (राष्ट्रिय पेन्शन ऐनको धारा 49) ।
※ राष्ट्रिय पेन्शन योजनाको बीमित हैसियत प्राप्तिबारे थप जानकारीका लागि राष्ट्रिय पेन्शन सेवाको वेबसाईट (http://www.nps.or.kr) हेर्नुहोस् र सामाजिक सुरक्षा सम्झौतामा जानुहोस् ।