NEPAL

विवाहका आधारमा आप्रवासी
विदेशी नागरिकता परित्याग
गणतन्त्र कोरियाको नागरिकता प्राप्त गर्ने व्यक्तिहरूको विदेशी नागरिकता परित्याग गर्नुपर्ने दायित्व
- सामान्य मामिलाहरू
· गणतन्त्र कोरयाको नागरिकता प्राप्त गर्ने विदेशी नागरिकले गणतन्त्र कोरियाको नागरिकता लिएको एक वर्षभित्र विदेशी नागरिकता परित्याग गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विदेशी नागरिकता परित्याग गर्न असफल व्यक्तिले‚ उक्त म्यादको समाप्तिपछि गणतन्त्र कोरियाको राष्ट्रियता गुमाउनेछन् (राष्ट्रियता ऐनको धारा 10 (1) र (3)) ।
- अपवादका मामिलाहरू
· एक वर्षभित्र विदेशको नागरिकता परित्याग गर्ने दायित्व पूरा नगरे बावजुद‚ तल उल्लिखितमध्ये पर्ने व्यक्तिले‚ न्याय मन्त्री निर्धारण गरे अनुसार‚ कोरियाली नागरिकता कायम राख्न गणतन्त्र कोरियाको नागरिकता लिएको मितिले एक वर्षभित्र‚ कि विदेशको नागरिकता परित्याग गर्नेछन् कि न्याय मन्त्री समक्ष नीजको विदेशी नागरिकता गणतन्त्र कोरियामा अभ्यास गर्ने नियत नभएको प्रतिबद्धता पेश गर्नुपर्नेछ (राष्ट्रियता ऐनको धारा (2) र राष्ट्रियता ऐनको कानून कार्यान्वयन विधानको धारा 13) ।
1. अंगीकरणको स्विकृती पाउँदा तल उल्लिखितमध्ये कुनै एक अवस्थाका व्यक्ति;
A. कोरियाली पति वा पत्नीसँग विवाह गरेर‚ कम्तिमा पनि निरन्तर दुई वर्षसम्म गणतन्त्र कोरियामा एउटा निवास भएको व्यक्ति;
B. कोरियाली पति वा पत्नीसँग विवाह गरेको तीन वर्ष पूरा भएको‚ गणतन्त्र कोरियामा निवास भएको कम्तिमा निरन्तर एक वर्षा भएको व्यक्ति ।
2. विदेशको कानून र संस्थाका कारण विदेशी नागरिकता परित्याग गर्न व्यावहारिक नलागेको वा समान परिस्थितीमा भएको मानिने व्यक्ति;
3. सान्दर्भिक देशको कानून र योजनाका कारण‚ गणतन्त्र कोरियाको नागरिकता पाएपछि कुनै ढिलाई नगरी सान्दर्भिक देशको राष्ट्रियता परित्याग गर्ने प्रकृया शुरु गरे बावजुद‚ ऐनको धारा 10 (1) मा निर्दिष्ट गरिएको अवधिभित्र न्याय मन्त्रीसमक्ष नागरिकता परित्याग गर्ने प्रकृया पूरा गर्न परिस्थितजन्य कठिनाई प्रमाणित गर्ने कागजात बुझाएको व्यक्ति ।
· गणतन्त्र कोरिया र कुनै अर्को देश दुवैको नागरिकता भएको व्यक्ति (यसपछि “बहुराष्ट्रियता भएको व्यक्ति” भनिने) लाई गणतन्त्र कोरियाको कानून र नियमन कार्यान्वयन गर्दा गणतन्त्र कोरियाको नागरिकको रुपमा मात्रै व्यवहार गरिनेछ (राष्ट्रियता ऐनको धारा 11-2 (1)) ।
· सान्दर्भिक कानून र नियमन अन्तर्गत विदेशी नागरिकता कायम राख्दै आधिकारिक जिम्मेवारीहरू पूरा गर्न अनुमति नभएको क्षेत्रमा बहुराष्ट्रियता भएका व्यक्तिले संलग्न हुन चाहेमा‚ सम्बन्धित व्यक्तिले विदेशी नागरिकता परित्याग गर्नुपर्नेछ (राष्ट्रियता ऐनको धारा 11-2 (2)) ।
- राष्ट्रियता परित्याग गरेको प्रमाणपत्र बुझाउने
· माथि उल्लेख गरिएको उपदफा 3 अन्तर्गत विदेशी नागरिकता परित्याग गर्ने प्रकृया पूरा गरेको व्यक्तिले‚ कुनै ढिलाई नगरी नागरिकता परित्याग गरेको प्रमाणपत्र‚ आदि न्याय मन्त्रीलाई बुझाउनु पर्नेछ (राष्ट्रियता ऐनको कानून कार्यान्वयन विधानको धारा 13 (2)) ।
· माथि उल्लेख गरिएको नियमन अन्तर्गत नागरिकता परित्याग गरेको प्रमाणपत्र‚ आदि बुझाएको व्यक्तिलाई न्याय मन्त्रीले विदेशी नागरिकता परित्याग गरेको लिखित प्रमाण जारी गर्नेछन् (राष्ट्रियता ऐनको कानून कार्यान्वयन विधानको धारा 11 (2)) ।