NEPAL

विवाहका आधारमा आप्रवासी
विवाह मार्फत आप्रवासीहरूको बसोबासको हैसियत
कोरियाली नागरिकको पति वा पत्नीको हैसियत
- कुनै विदेशी नागरिकले गणतन्त्र कोरियाको नागरिकसँग विवाह गरेमा‚ सो व्यक्तिलाई गणतन्त्र कोरियाको नागरिकको पति वा पत्नीको हैसियत मिल्दछ ।
- यदि कुनै विदेशी नागरिकले गणतन्त्र कोरियामा गणतन्त्र कोरियाको नागरिकसँग विवाह गरेमा‚ सो व्यक्तिले आफ्नो पूर्वअवस्थालाई कोरियाली नागरिकका पति वा पत्नीलाई जारी गरिने रेजिडेन्स (F-2) हैसियत लिन सक्नेछन् । यदि उनीहरूले विदेशमै विवाह गरेमा‚ विदेशी पति वा पत्नीलाई म्यारिज माईग्रेन्ट (F-6) हैसियत दिईन्छ । यस्तो अवस्थामा‚ सो व्यक्तिले आफ्नो भिसा परिवर्तन गर्नु पर्दैन ।
म्यारिज माईग्रेन्ट (F-6) हैसियत
- म्यारिज माईग्रेन्ट (F-6) भिसाका लागि योग्य आवेदकहरू तल दिईए अनुसार छन् (अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन नियमको संलग्न तालिका 1):
1. कुनै कोरियाली नागरिकको पति वा पत्नी;
2. कुनै कोरियाली नागरिकसँगको वैवाहिक सम्बन्ध (कमन-ल विवाह समेत) बाट जन्मेको बच्चा हुर्काउने आमा वा बुवा जसलाई न्याय मन्त्रीले मान्यता प्रदान गरेको छ;
3. कुनै कोरियाली नागरिकको पति वा पत्नीको हैसियतमा गणतन्त्र कोरियामा बसोबास गरेको व्यक्ति‚ तर नीजको मृत्यु वा नीज बेपत्ता भएपछि वा सो व्यक्तिसँग असम्बन्धित कुनै कारणले विवाहलाई निरन्तरता दिन असमर्थ भएको र न्याय मन्त्रीले मान्यता दिएको व्यक्ति ।