NEPAL

विवाहका आधारमा आप्रवासी
गणतन्त्र कोरियाको नागरिक ऐन नै लागू हुने कानून भएको अवस्थामा विवाह बदर
विवाह बदर हुने कारणहरू
- पक्षहरूबीच विवाह गर्ने कुनै सहमति नभएको अवस्थामा विवाह अमान्य र बदर हुनेछ (नागरिक ऐनको धारा 815) ।
विवाह बदर गर्ने मुद्दामामिला
- विवाह बदर गर्नलाई सहमति आवश्यक छैन । पारिवारिक मुद्दामामिला ऐन」 ले अधिकारक्षेत्र‚ बदर गर्न संस्थागत गरिएको आधिकारिक व्यक्तिहरू‚ मुद्दामामिलाका अन्य पक्ष‚ आदिलाई परिभाषित गर्दछ । (पारिवारिक मुद्दामामिलामा ऐन」को धारा 2 (1), र धारा 22 देखि 24सम्म । धारा 50, (1) अन्तर्गत तोकिएको छ।).
विवाह बदर गर्नुका प्रभाव
- विवाहका पक्षहरूलाई प्रभाव
· एक पटक विवाह अमान्य र बदर भएपछि‚ विवाहका पक्षहरूलाई पति वा पत्नी मानिने छैन । विवाहित हैसियतमा भएका उत्तराधिकार र कुनै पनि अधिकारको परिवर्तन पनि बदर हुनेछ ।
· पक्षहरूबीच विवाह बदर भए‚ त्यसबाट उत्पन्न हुने कुनै पनि मानसिक वा सम्पत्तिको क्षतिपूर्तीका लागि एक पक्षले दाबी गर्न सक्नेछ (नागरिक ऐनको धारा 806 र 825) ।
- बालबालिकामाथि हुने प्रभाव
· पक्षहरूको सन्तानलाई वैवाहिक सम्बन्धबाट जन्मिएका बालबालिका मानिनेछ (नागरिक ऐनको धारा 855 (1) ।