NEPAL

विवाहका आधारमा आप्रवासी
गणतन्त्र कोरियाको नागरिक ऐन नै लागू हुने कानून भएको खण्डमा
विवाह र दर्जामा आएको परिवर्तनको सामान्य प्रभावहरू
- नातासम्बन्धको सिर्जना
· विवाह गरेपछि एक–अर्काको पति वा पत्नीको हैसियतले पति र पत्नी नातेदार हुन्छन (नागरिक ऐनको धारा 777 को उपदफा 3) । पति वा पत्नीको आमाबाबु र मावली साईनो चौथो श्रेणीको नातेदारी सहित विवाहपछि एक–अर्काको साईनो हुन्छ (नागरिक ऐनको धारा 777 को उपदफा) ।
- पति र पत्नीको थर
· पति र पत्नीको विवाहपछि पनि उनीहरूको वास्तविक थर कायम हुनेछ ।
- सम्पत्तिको उत्तराधिकारीको योग्यता
· पति वा पत्नीमध्ये कुनै एक मृत्यु भए‚ जीवित पति वा पत्नी मृतकको सम्पत्तिको उत्तराधिकारी हुने अधिकार (नागरिक ऐनको धारा 1003) ।
- विवाह गरेर बालिग हुने
· यदि विवाहयोग्य उमेर पूरा गरेका कुनै पनि नाबालिगले (18 वर्ष पुगेका) विवाह गरेमा‚ सम्बन्धित व्यक्ति बालिग भएको र वयस्क व्यक्ति सरहकै क्षमता भएको मानिनेछ ।
सम्पत्तिमाथि विवाहको प्रभाव
- विवाहपूर्वको सहमति
· विवाह गर्न ईच्छुक व्यक्तिहरूले विवाह अघि नै गरेको सहमतिलाई विवाहपूर्वको सहमति भनिन्छ । सामान्यतया यसमा विवाहपछि उनीहरूको सम्पत्तिमाथिको सम्बन्धको व्यवस्था उल्लेख गरिएको हुन्छ । विवाहपूर्वको सहमति भए‚ पति र पत्नीले सो सम्झौता पूरा गर्न बाध्य हुनेछन् । सिद्धान्तमा‚ विवाह दौरान यस्तो सम्झौता परिवर्तन गर्न मिल्दैन ।
· तर‚ यदि यस्तो सम्झौता परिवर्तन गर्नुपर्ने उपयुक्त कारण भए‚ अदालतको स्विकृती लिएर परिवर्तन गर्न सकिन्छ (नागरिक ऐनको धारा 829 (2)) ।
· विवाहपूर्वको सहमति विवाह दर्ताअघि नै दर्ता गरिनेछ जसले पति वा पत्नी वा तेश्रो पक्षको उत्तराधिकार विरुद्ध यस्तो सहमति लागू गर्न सजिलो हुनेछ (नागरिक ऐनको धारा 829 (4)) ।
- वैधानिक सम्पत्ति प्रणाली: बेग्लै सम्पत्ति प्रणाली
· यदि विवाहपूर्व कुनै पनि सहमति नगरिएको भए‚ पति र पत्नीको सम्पत्तिको सम्बन्ध नागरिक ऐनको धारा 830 देखि 833 अन्तर्गत व्यवस्थापन गरिनेछ । नागरिक ऐनले बेग्लै सम्पत्ति प्रणाली अवलम्बन गर्दछ जहाँ पति र पत्नीले आफ्नो सम्पत्ति आफ्नै स्वामित्वमा राख्न र व्यवस्थापन गर्न पाउने छन् ।
· त्यसैले‚ विवाहपूर्वको सहमति नगरिएको भए‚①विवाह अघिदेखि पति वा पत्नीको स्वामित्वमा रहेको सम्पत्ति र विवाह दौरान आफ्नै नाममा आर्जित सम्पत्ति सम्बन्धित व्यक्तिको नीजी सम्पत्ति मानिनेछ; ②पति र पत्नीबीच स्वामित्व अनिश्चित भएको जुनसुकै सम्पत्ति उनीहरूको सह–स्वामित्व भएको मानिनेछ (नागरिक ऐनको धारा 830); र③पति वा पत्नीले आफ्नो नीजी सम्पत्तिलाई नीजी रुपमा व्यवस्थापन‚ प्रयोग र नाफा आर्जन गर्न प्रयोग गर्न सक्नेछन् । (नागरिक ऐनको धारा 831) ।
- घरायसी मामिलाको सवालमा बाध्यकारी संयुक्त दायित्व
· यदि‚ सामान्य घरायसी मामिलाको सवालमा‚ पति वा पत्नीले कुनै तेस्रो व्यक्तिसँग न्यायिक कार्यमा सहभागी भए‚ सो व्यक्तिको पति वा पत्नी पनि त्यसबाट उब्जिने दायित्वमा संयुक्त र गम्भिर रुपमा भागिदार हुनेछ:
· तर‚ तेस्रो व्यक्तिलाई स्पष्ट रुपमा‚ सम्बन्धित व्यक्तिको पति वा पत्नीलाई यस्तो दायित्व लागू नहुने‚ अग्रिम जानकारी दिईएको खण्डमा यो व्यवस्था लागू हुने छैन । (नागरिक ऐनको धारा 832) ।
- दैनिक जीविकाको खर्च बाँड्ने
· पति र पत्नीका रुपमा सामुदायिक जीवन बाँच्नलाई आवश्यक खर्च‚ कुनै विशेष व्यवस्था नगरिएको अवस्थामा‚ दुवैले संयुक्त र गम्भिर रुपमा वहन गर्नेछन् (नागरिक ऐनको धारा 833) ।