NEPAL

विवाहका आधारमा आप्रवासी
गणतन्त्र कोरियामा विवाह दर्ता
विवाह दर्ता सम्बन्धी सामान्य प्रकृया
- यदि कोरिया गणतन्त्रमा कुनै कोरियाली नागरिकले भियतनामी नागरिकसँग विवाह गरेमासम्बन्धित विवाहका पक्षहरूले आफ्नो विवाहलाई <अन्तर्राष्ट्रिय विवाहको सामान्य जानकारी–अन्तर्राष्ट्रिय विवाहको संरचना–अन्तर्राष्ट्रिय विवाहका आवश्यकताहरू> अन्तर्गत “विवाहका लागि प्रकृयागत आवश्यकताहरू” मा उल्लेख गरिएको प्रकृया अनुसार दर्ता गराउनु पर्नेछ ।
- भियतनामी पति वा पत्नीले समाजवादी गणतन्त्र भियतनामको कानून अनुसार सम्पूर्ण आवश्यकताहरू पूरा गरेको पुष्टि गर्न‚ सम्बन्धित व्यक्तिले तल उल्लेख गरिएका कागजी प्रमाणपत्रहरू बुझाउनु पर्नेछ ।
विवाहको संरचनाको आवश्यकता अनुसार प्रमाणपत्रहरू बुझाउने
- विवाह दर्ता गराउँदा‚ सम्बन्धित विवाहका पक्षहरूले भियतनामी पति वा पत्नीले समाजवादी गणतन्त्र भियतनामको कानूनले व्यवस्था गरे बमोजिमका सबै आवश्यकता पूरा गरेको तल उल्लिखित कागजपत्रहरू संलग्न गर्नुपर्नेछ ।
1. भियतनामी राजदूत वा दक्षिण कोरियाका दूतले जारी गरेको विवाह सम्बन्धी पूर्वशर्त प्रमाणपत्र (कोरियाली नागरिक र भियतनामी नागरिकबीच हुने विवाहको प्रशासनिक प्रकृयाको निर्देशिकाको फारम 9)
2. भियतनामी पति वा पत्नीको राष्ट्रियता पुष्टि गर्ने कागजपत्र (समाजवादी गणतन्त्र भियतनामको कानून अनुसार नातासम्बन्ध कायम गरिएको कागजपत्र‚ जन्म दर्ता‚ राहदानी आदिको प्रमाणित प्रतिलिपी‚ आदि) र कोरियाली भाषामा अनुवाद गरिएको यी कागजातहरू
- समाजवादी गणतन्त्र भियतनामको विवाह तथा परिवार सम्बन्धी कानून अनुसार‚ पुरुषका लागि विवाहयोग्य उमेर 20 वर्ष र महिलाको हकमा 18 वर्ष तोकिएको छ । यदि विवाह दर्ता गर्ने दिनमा कुनै भियतनामी नागरिकको उमेर विवाहयोग्य उमेरभन्दा कम भए‚ सम्बन्धित व्यक्तिको आमाबाबुले विवाहको मञ्जुरी आदि तयार गरिए पनि विवाह दर्ता हुने छैन ।