NEPAL

विवाहका आधारमा आप्रवासी
गणतन्त्र कोरियामा विवाह दर्ता
विवाह दर्ता गराउने सामान्य प्रकृया
- सम्बन्धित विवाहका पक्षहरूले आफ्नो विवाहलाई <अन्तर्राष्ट्रिय विवाहको सामान्य जानकारी–अन्तर्राष्ट्रिय विवाहको संरचना–अन्तर्राष्ट्रिय विवाहका आवश्यकताहरू> अन्तर्गत “विवाहका लागि प्रकृयागत आवश्यकताहरू” मा उल्लेख गरिएको प्रकृया अनुसार दर्ता गराउनु पर्नेछ ।
विवाहको संरचनाका लागि आवश्यक प्रमाणपत्रहरू बुझाउने
- विवाह दर्ता गराउँदा‚ सम्बन्धित पक्षहरूले जनगणतान्त्रिक चीनको कानूनले व्यवस्था गरे अनुसार चीनियाँ पति वा पत्नीले सबै आवश्यकताहरू पूरा गरेको कागजी प्रमाणपत्रहरू संलग्न गर्नुपर्नेछ (चीनियाँ पति वा पत्नी अविवाहित रहेको प्रमाणपत्र जनगणतान्त्रिक चीनको अख्तियार प्राप्त अधिकारीले जारी गर्नुपर्नेछ र जनगणतान्त्रिक चीनको विदेशी मामिला मन्त्रालय वा प्रान्त‚ स्वशासित क्षेत्र र नगरपालिकाको कुनै पनि विदेशी मामिला कार्यालयले प्रमाणित गरेको हुनुपर्नेछ) ।