NEPAL

विवाहका आधारमा आप्रवासी
गणतन्त्र कोरियामा विवाहको प्रतिवेदन
विवाहको प्रतिवेदनका लागि सामान्य प्रकृया
सम्बन्धित विवाहका पक्षहरूले आफ्नो विवाहलाई <अन्तर्राष्ट्रिय विवाहको सामान्य जानकारी–अन्तर्राष्ट्रिय विवाहको संरचना–अन्तर्राष्ट्रिय विवाहका आवश्यकताहरू> अन्तर्गत “विवाहका लागि प्रकृयागत आवश्यकताहरू” मा उल्लेख गरिएको प्रकृया अनुसार दर्ता गराउनु पर्नेछ ।
विदेशी पति वा पत्नीले सम्बन्धित व्यक्तिको देशको कानून अनुसार विवाहको प्रकृया पूरा गरेको पुष्टि गर्न‚ सम्बन्धित व्यक्तिले तल उल्लेख गरिएका प्रमाणहरू बुझाउनुपर्नेछ ।
1. विदेशी नागरिकसँग सम्बन्ध भएको र सम्बन्धित व्यक्तिको देशको कानून अनुसार विवाहको संरचना भएको पुष्टि गर्ने कागजी प्रमाणहरू (सम्बन्धित व्यक्तिको देशको कानून अनुसार पारिवारिक नातासम्बन्ध दर्ता‚ जन्म दर्ता प्रमाणपत्र‚ पासपोर्टको प्रतिलिपी‚ दर्ता गरिएका अन्य प्रमाणपत्रहरू‚ आदि);
2. विदेशी नागरिकको अख्तियारी पाएको अधिकारीले जारी गरेको र विवाहका सबै आवश्यकताहरू पूरा गरेको कागजी प्रमाणहरू ।
विवाहको संरचनाका लागि आवश्यक थप प्रमाणहरू
यदि विदेशी नागरिकले 2. मा उल्लेख गरिए बमोजिम प्रमाणहरू पेश गर्न असमर्थ भए‚ कोरियामा रहेका सम्बन्धित व्यक्तिको देशको दूत सामु शपथ ग्रहण गरेर एउटा लिखित शपथ बुझाउन सक्नेछ ।
यदि सम्बन्धित विदेशी नागरिकले 2 वा उल्लेख गरिए बमोजिमका कागजी प्रमाणहरू वा लिखित शपथ पनि बुझाउन नसके‚ सम्बन्धित व्यक्तिले ती कागजी प्रमाणहरू पेश गर्न असमर्थ भएको कागज पत्र तयार गरी सम्बन्धित व्यक्तिको देशको प्रचलित कानून बमोजिम सान्दर्भिक आवश्यकताहरू पूरा गरेको पुष्टि गर्ने कागजी प्रमाणहरू तयार गर्नुपर्नेछ र त्यसलाई नोटरी गराउनु पर्नेछ । त्यसपछि‚ सम्बन्धित व्यक्तिले स्वदेशको अख्तियारप्राप्त अधिकारीले जारी गरेको पहिचान खुलाउने कागज (जस्तै जन्म दर्ता‚ राहदानीको प्रतिलिपी‚ आदि) वा विदेशी पञ्जीकरण संख्या बुझाउनु पर्नेछ (विदेशी नागरिक खातामा सम्बन्धि व्यक्तिको पहिचान सम्बन्धी जानकारी लेख्नुपर्नेछ) ।
यदि कागजातहरू कुनै विदेशी भाषामा लेखिएको भए‚ अनुवाद गरिएका प्रतिलिपीहरू संलग्न राख्नुपर्नेछ (पारिवारिक नातासम्बन्धको दर्ता सम्बन्धी नियमको धारा 30 (2)) ।