NEPAL

विवाहका आधारमा आप्रवासी
विवाहका सान्दर्भिक आवश्यकताहरू
गणतन्त्र कोरियाको नागरिक ऐन नै प्रचलित कानून हुँदा विवाहका लागि सान्दर्भिक आवश्यकताहरू
1. दुवै पक्ष विवाह गर्न सहमत हुनुपर्नेछ; (नागरिक ऐनको धारा 815को उपदफा 1);
2. दुवै पक्षको विवाह गर्ने उमेर पुगेको हुनु पर्ने छ (18 वर्ष उमेर) (देबानी ऐनको धारा 807);
※विवाहयोग्य उमेर गणना गर्दा‚ सम्बन्धित व्यक्ति जन्मेको दिनलाई समावेश गरिनेछ ।
3. –नाबालिग वा उमेर नपुगेका वयस्कले विवाह गरेमा, उसले/उनले स्वीकृतिका लागि निम्न प्रकृयाहरू अपनाउनु पर्नेछ (नागरिक ऐनको धारा 808);
क. कुनै पनि नाबालिग (19 वर्षभन्दा कम उमेरको) ले विवाहका लागि माता पिता दुवैको स्वीकृति लिनु पर्नेछ । यदि नाबालिगको माता पिता मध्ये एकलाई स्वीकृति दिने अधिकार नभएमा दुवैमध्ये कुनै एकले स्वीकृति दिन सक्नेछन् । यदि माता पिता मध्ये कसैले पनि स्वीकृति दिने अधिकार नभएमा, नाबालिगले आफ्नो अभिभावकको स्वीकृति लिन सक्नेछन् ( नागरिक ऐनको धारा 808 (1)) ।
ख. उमेर पुगेका नाबालिगले आफ्ना माता/पिता वा वयस्क अभिवावकसँग स्वीकृति लिन सक्नेछन् (नागरिक ऐनको धारा 808 (2)) ।
4. यस्तो विवाह हाडनाताभित्र हुने छैन (नागरिक ऐनको धारा 809) ।
5. यस्तो विवाह दोस्रो विवाह हुने छैन (नागरिक ऐनको धारा 810) ।